युवा शशक्तिकरण अभियानकाे अपिल, स्वराेजगार र उद्यमशिल बन्न चाहनेले भर्नुपर्नेछ निम्त ढाँचाकाे फाराम


नेपालमा वेरोजगारीका कारणहरु के हुन् ? नेपालमा उद्यमशिलताको अवस्था कस्तो छ ? कस्ता उद्योगहरुमा युवाहरुको संलग्नता कसरी भइरहेको छ ? लगायतका सन्दर्भमा नेपालका सम्बन्धित क्षेत्रका उद्योगी, विज्ञविशेषज्ञ तथा रोजगारदाता एजेन्सीसँग निरन्तर छलफल गर्दै समाधानको पहल गर्ने दिशामा हामी छौं । आगामी दिनमा युवाहरुका समस्या सम्बन्धमा श्रृङ्खलावद्ध रुपमा छलफल चलाउने उद्धेश्यको साथ उपस्थित विभिन्न क्षेत्रमा संलग्न महानुभावहरुलाई रोजगारी, उद्यमशिलता विकास र लगानी लगायतका विषयहरु उठान गरिएको यो फाराममा उपलब्ध गराएका सबै विवरणहरु भर्न युवा शशक्तिकरण अभियानले जागरूक युवाहरूलार्इ अाग्रह गरेकाे छ ।

अभियानले निकालेकाे प्रश्नावलीकाे शुरूमा नै यस्ता प्रश्नहरू राखिएकाे छ ।

के तपाईं काठमाडौंमा बसेर जागिरको खोजीमा हुनुहुन्छ ?

के तपाईं अहिले पनि घरबाट नै पैसा लिएर आफ्नो खर्च चलाउनुभएको छ ?

तपाईंको शिक्षा बमोजिम उपयुक्त जागिर पाउनुभएको छैन ?

के तपाईं रोजगारीको खोजीमा रहने क्रममा रोजगारदाता एजेन्सीहरुबाटै दिक्क हुनुहुन्छ ?

विदेशबाट पैसा कमाएर ल्याएको रकम लगानी गर्ने उपयुक्त प्लेटफर्म भेट्नुभएको छैन ?

के तपाईंको उद्योग-व्यवसायको लागि उपयुक्त परामर्श र आवश्यक स्तरीय जनशक्ति पाउनुभएको छैन ?

ती सबैको एउटै समाधानको माध्यम हुन सक्छ युवा शशक्तिकरण राष्ट्रिय अभियान । आउनुहोस्, हामीसँग जोडिनुहोस्, हामी युवालाई शशक्त र उद्यमशिल बनाउनको निम्ति युवाहरुका सरोकारका हरेक विषयमा काम गर्ने दृढ संकल्प लिएर अघी बढेका छौं । अहिले नेपालमा युवाहरुको मुद्दा विकराल बन्दै गएको छ । रोजगारीको निम्ति विदेशी भूमीलाई भरपर्दो माध्यम बनाउनुपरेको छ । नेपालका उब्जाउ भूमी अहिले नै बाँझो बनिरहेका छन्  । यस्तोमा नेपालमा नै रोजगारी सृजना गर्ने र युवाहरुलाई स्तरीय तालिम दिई उद्यमशिल बनाउनको निम्ति कसरी काम गर्ने भन्ने सम्बन्धमा आउनुहोस्, तपाईं हामी सँगै अघी बढौं । हाम्रा समस्या समाधानको निम्ति हामीले पहल नगरे कसले गर्ने ? अहिले नै पहल नगरे कहिले गर्ने ?

युवाहरूलार्इ भर्नकाे निम्ति उपलब्ध गरार्इएकाे प्रश्नावली भने यस्ताे छ ः

आवेदन फाराम ः

नाम ः

ठेगाना ः

क) स्थायी ः

ख) अस्थायी

फोन नम्बर ः

इमेल ः 

फेसबुक आइडी ः

रगत समूह ः

शिक्षा ः  

हालको आवद्धता ः

व्यक्तिगत रुचिको क्षेत्र (शोख) ः 

लिएका-सिकेका तालिम र कार्यदक्षता   ः

रुचि भएका कामहरु (क्रमश) ः क)        ख)           ग)

 

रोजगारीको लागि तपाईं कुन–कुन काममा क्षमता के छ ?

क) सामान्य जागिरबाट जिविकोपार्जन ख) केही रोजगारी दिन सक्छु ग) ठूलै उद्योग गर्ने सोचमा छु घ) मैले त सोचेकै छैन

तपाईंले चाहनुभएको न्यूनतम तलब रकम कति हो ? 

क) न्यूनतम १० हजार भए पुग्छ ख) २० हजार त चाहिन्छ नै  ग) कार्यदक्षताले आफैं निर्धारण गर्छ  घ) आफैं गर्दा पनि कम्तीमा ३० हजार त कमाइन्छ ।

तपाईंलाई युवाहरुको वेरोजगारी समस्याको कारण के हो जस्तो लाग्छ ?

क) शिक्षा ख) चेतनाको अभाव  ग) उपयुक्त तालिम र जानकारी नहुनु घ)  अन्य

युवा स्वरोजगार राष्ट्रिय अभियान कस्तो लाग्दैछ ?

क) युवाहरुको राम्रो प्रयाश  ख) समय बर्बादी मात्रै ग) नेतृत्व विकासको उपयुक्त प्लेटफर्म   घ) उद्धेश्यविहीन यात्रा पो हो कि ?

 

कार्यक्रममा किन उपस्थित हुन चाहनुहुन्छ ?

क) टाइम पास ख) आफैंलाई बदल्ने बारे सिक्न ग) आफ्नै प्रवद्धनको राम्रो माध्यम   घ) सिकेको अनुभव बाँड्न पनि त पाइन्छ

 शनिवारीय कार्यक्रममा उपस्थित नहुँदा दिनहरु कसरी बित्थे ?

क) दिनभर सुतेर बित्थ्यो ख) डेटिङ र भ्रमण ग) अध्ययन घ) समाचार हेरेर देशलाई सराप्थेँ  ङ) अन्य

तपाईंलाई रोजगारी किन पाइएन जस्तो लाग्छ ?

क) आफूमा सीप र दक्षता नभएर ख) जनसङ्ख्याको अधिक चाप ग) प्रतिष्पर्धामा भागै लिईंदैन घ) राजनीति र व्यक्तिगत सम्पर्क भए किन नपाइनु ?

रोजगारी पाएर पनि गर्नुभएको छैन भने  किन ?

क) मासिक न्यूनतम तलब पनि नभएर ख) राम्रो जिम्मेवारी नपाएर ग) अरुको शासनमा बस्नुपर्छ भनेर घ)आफ्नो क्रियटिभिटी उपयोग हुन सक्ने नदेखेर

काम प्रतिको रुचि कस्तो छ ?

क) जे पाए पनि जिम्मेवारपूर्वक गर्छु  ख) परिचितको आगाडि त लाज लाग्छ ग) काम, अनुभव र शिक्षाको तालमेल मिल्नुपर्छ घ) अरुलाई सचेत बनाउन पनि आफूले त गर्नैपर्यो

 

उद्यमी बन्ने सोचमा किन हुनुहुन्न ?

क) पैसा भए तत्कालै उद्योग खोल्छु ख) सीप र तालिमको खाँचो छ ग) समय र परिस्थिति मिल्नुपर्छ घ) नदुखेको टाउको किन दुखाउनु

 

देशको युवा समस्याको मूल कारण कहाँ हुनुपर्छ ?

क) आफैंमा ख) राज्य सत्ता ग) नीति र कार्यान्वयन घ) थाहा भएन

 

सामाजिक कार्यमा संलग्नता कसरी हने गरेको छ ?

क) डिस्को र रोधीघर ख) मेरो घर जुवा र तासको अखडा हो ग) सामाजिक दायित्व वहन गर्न भरसक प्रयासरत छु घ) समाजमा किन जोडिनु र ?

 

समाजसेवा किन गर्नुहुन्छ ?

क) व्यक्तिगत प्रचारको राम्रो माध्यम ख) सरकारले नै दायित्व बढाइदिएको छ ग) परिचितको अगाडि आफू किन कमजोर हुनु घ) भित्रै देखिको रुचि

 

कार्यक्रम कस्ता व्यक्तिलाई लक्षित गरेर अघी बढाउनुपर्ला ?

क) तत्काल रोजगार चाहने ख) तालिम लिइ उद्यमी बन्न चाहने ग) सानो लगानीका व्यवसाय प्रवद्धन चाहने घ) लगानीको स्रोत र व्यवस्थापन बारे समन्वय गराउने विज्ञहरु समेतको संलग्नतामा ङ) अन्य

 

तपाईंको सल्लाह सुझाव र प्रतिक्रिया के छ  ?

…………………………………………………………………………………

 

विस्तृत जानकारीको लागि 

मिति( २०७४ साउन  २८

 समय विहान ११ बजे

स्थान चप्पल कारखानाबाट चण्डोल जाँदा तेस्रो घर

फर्निचर हबको भुर्इतल्ला

फोन ः कमल ९८५११९०८७५

गोविन्द बोहोरा ः ९८६०२६३६४६

सुसान्त सर्मा ः  ९८०८९४२२२९

सुनिल महर्जन ः  ९८४९९५३००५

Comment

Related News 

© 2016 All right reserved to

webs counters
Total Count
%d bloggers like this:
Loading...