थापाथलीमा टाटाको नयाँ शोरुम


काठमाडौं । टाटाको नेपालमा लागि आधिकारिक विक्रेता सिप्रदी टे«डिङले थापाथलीमा आफ्नो नयाँ शोरुमको उद्घाटन गरेको छ । ४ हजार वर्गफिट क्षेत्रमा फैलिएको उक्त शोरुम नेपालकै ठूलो अटोमोबाइल शोरुम भएको दाबी कम्पनीले गरेको छ ।

टाटा मोटर्सका अन्तर्राष्ट्रिय व्यापार प्रमुख जोनी ओम्मेनले सिप्रदीसँगको साझेदारी निरन्तररूपले अघि बढ्ेकोमा खुसी लागेको बताए । देशभर फैलिएका ग्राहकसम्म पुग्ने निरन्तर प्रयासको परिणाम स्वरूप नयाँ शोरुमको निर्माण भएको उनको भनाइ छ ।

यस शोरुममा रहेका जेष्ट, बोल्ट, स्ट्रोम, टियागो र टिगोरलगायत गाडीहरू सिप्रदीले ग्राहकलाई उचित मूल्यमा उपलब्ध गराउनेमा आफू विश्वस्त रहेको ओम्मेनले उल्लेख गरे । सिप्रदीका सीईआ राजनबाबु

श्रेष्ठले नयाँ शोरुम मार्फत ग्राहकलाई सेवा पुर्याउन पाएकोमा उत्साहित भएको बताए । नयाँ शोरुमको उपभोक्तालाई सहज, सरल र सुलभ सेवा र अनुभव प्रदान गर्न सफल हुने विश्वास श्रेष्ठको छ । नयाँ शोरुम सातैदिन, बिहान ९ देखि राति ९ बजेसम्म खुला हुनेछ ।

जहाँ टाटा मोटर्सको प्यासेन्जर भेइकलका सम्पूर्ण रेञ्जहरू उपलब्ध हुनेछन् । योसँगै देशभर टाटा मोटर्सको २० प्यासेन्जर गाडीका शोरुम र २४ सर्भिस केन्द्रहरू छन् ।

Comment

Related News 

© 2016 All right reserved to

webs counters
Total Count
%d bloggers like this:
Loading...