एसिया कप : भारतद्वारा नेपालसामु १ सय २१ रनको लक्ष्य


काठमाडौँ । थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत पाँचौँ खेलमा भारतले नेपालसामु १ सय २१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर भारतलाई ब्याटिङ गर्न नेपालले पठाएको थियो । पहिलो ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय २० रन बनायो ।

भारतका लागि शिखा पाण्डेले नटआउट रहँदै सर्वाधिक ३९ रन बनाइन् भने आपनर भेलास्वामी भनिथाले २१ रनको योगदान दिइन् । त्यस्तै अनुजा पाटिल र हरमनप्रित कौरले क्रमशः १६ र १४ रनको योगदान दिए ।

नेपालका लागि रुविना क्षेत्रीले २ तथा सीता मगर र करुना भण्डारीले १–१ विकेट लिए ।

जारी प्रतियोगितामा यसअघि चार खेल खेलेको नेपाल तीनै खेलमा पराजय भोग्दै अङ्क विहीन छ । नेपालले पहिलो खेलमा पाकिस्तानसँग नौ विकेटले पराजित भयो भने दोस्रो खेलमा श्रीलङ्कासँग आठ विकेटको लज्जास्पद हार बेहारेको थियो ।

त्यतिबेला नेपालले जम्मा २३ रन मात्र जोडेको थियो, जुन नेपाली महिला क्रिकेट इतिहासकै अत्यन्त न्यून स्कोर हो । यसअघि सन् २०१४ को इन्चोन एसियाली खेलकुद प्रतियोगितामा नेपालले बङ्गलादेशविरुद्ध खेलमा २६ रन बनाएको थियो ।

त्यसैगरी मङ्गलबार भएको खेलमा नेपाल बङ्गलादेशसँग ९२ रनले पराजित हुन पुग्यो । चौथो खेलमा नेपाल थाइल्याण्डसँग ८ विकेटले पराजित भएको थियो । लामो समयदेखि देशभित्र खेल्ने वातावरण पाउन नसकेको महिला टोलीले थाइल्यान्डमा पनि सन्तोषजनक नतिजा हात पार्न सकेन ।

प्रतियोगितामा आयोजक थाइल्यान्डबाहेक नेपालको सबै प्रतिद्वन्द्वी पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र भारत टेस्ट राष्ट्र टोली हुन् ।

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...