राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेटवार्ता


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटघाटमा राष्ट्रपति भण्डारीले संविधानको कार्यान्वयन गर्ने सन्दर्भमा सबै राजनीतिक दललाई मिलाएर लैजान सुझाव दिएकी थिइन् ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच एक घन्टा भएको भेटवार्तामा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

पछिल्लो राजनीतिक परिस्थितिका विषयमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालले राजनीतिक दलका नेतासँग भेटवार्ता गर्दै आएका छन् ।

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...