सरकारी चिकित्सकहरु देशब्यापी आन्दोलनमा, भोलिदेखि इमर्जेन्सी बाहेकका सेवा बन्द हुने


काठमाडौं । अनशनरत डा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै सरकारी चिकित्सक संघ (गोडान) ले देशब्यापी आन्दोलनको घोषणा गरेको छ ।

डा केसीले अनशन शुरु गरेको १९ औं दिन पुगिसकेको र उनको मुटुको चाल बिग्रिएको भन्दै गोडानले यस्तो अवस्थामा आफूहरु चुप लागेर नियमित विरामी जाँचिरहन सम्भव नहुने जनाएको छ ।

सरकारी चिकित्सक संघ (गोडान) ले जारी गरेको विज्ञप्तिमा भोलि, १७ मंसीरदेखि दुई दिनसम्म देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्थाहरुमा आकस्मिक सेवाबाहेकका सेवा बन्द रहने बताएको छ ।

गोडानले आफ्ना समपूर्ण सदस्यहरु र अस्पतालका कर्मचारीहरुलाई अस्पतालहरुका प्रांगणमा भेलाभई हातमा कालो पट्टी बाँधेर डा केसीको जीवन रक्षाको माग गर्न आग्रह गरेको छ ।

दुई दिनभित्र पनि डा केसीको अनशन टुंगिने अवस्था नआए थप सशक्त कदम चाल्ने गोडानले चेतावनी दिएको छ ।

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...