के हो त न्युट्रास्युटिकल ?


न्युट्रिसन र फर्मास्युटिकल्स मिलेर बनेको न्युट्रास्युटिकलको अवधारणाले पोषण युक्त खाद्यान्नले नै रोगहरुबाट बचाउँछ भन्ने मान्यता राखेको छ । इ.सं. १९८९ मा स्वास्थ्य वैज्ञानिक srephen l. defelice   ले न्युट्रास्युटिकल अवधारणा प्रचलनमा ल्याउनुभएको थियो । शरीरलाई आवश्यक पोषक तत्वहरुको कमी भएमा मानिसलाई रोग लाग्ने हो । यसकारण खाद्यान्नको रुपमा नै हामीले पोषणयुक्त तत्व ग्रहण गर्ने हो भने रोग स्वतः निको हुन्छ भन्ने अवधारणा बमोजिम नयाँ विज्ञानको रुपमा न्युट्रास्युटिकलको आविष्कार भएको हो । खाद्यान्नको रुपमा उपलब्ध हुने, मेडिकल र हेल्थको रुपमा फाइदा पुग्ने र बाह्य रोगहरुबाट बचाउँदै पुराना जीर्ण रोगहरुलाई निको पार्ने र शारीरिक असन्तुलनलाई पहिलेको अवस्थामा नै फर्काउन सक्ने गरी वैज्ञानिक तवरले तयार पारिएका खाद्यान्नहरुलाई नै न्युट्रास्युटिकल फुडको रुपमा लिने गरिएको छ ।

विश्वनाथ शर्मा

प्रबन्ध निर्देशक

पतञ्जलि हब्र्स एण्ड एग्रो प्रोसेसिङ इण्डष्ट्रि

श्रृष्टिको उत्पत्ति देखि नै मानव स्वास्थ्य उपचारका पद्धतिहरु प्रगतिशिल रहेका छन् । त्यही प्रगतिको क्रममा समयानुकुल कैयौं पद्धतिहरु आविष्कार र विकास भए , त्यस मध्ये आयुवेर्दिक, चाइनिज मेडिसनल, युनानी, होमियोप्याथिक र हाल प्रचलित रहेको एलोपेथिक मुख्य हुन् । सबै पद्धतिका आफ्नै विशेषता छन्, त्यस मध्ये एलोपेथिक जति एड्भान्स भएपनि यसमा पनि कैयौं कमजोरीहरु देखा परेका छन्, यसै क्रममा न्युट्रास्यिुटिकल नयाँ पद्धतिको रुपमा विकास भएको छ ।

के हो त न्युट्रास्युटिकल ?nutra-products

न्युट्रिसन र फर्मास्युटिकल्स मिलेर बनेको न्युट्रास्युटिकलको अवधारणाले पोषण युक्त खाद्यान्नले नै रोगहरुबाट बचाउँछ भन्ने मान्यता राखेको छ । इ.सं. १९८९ मा स्वास्थ्य वैज्ञानिक srephen l. defelice   ले न्युट्रास्युटिकल अवधार
णा प्रचलनमा ल्याउनुभएको थियो । शरीरलाई आवश्यक पोषक तत्वहरुको कमी भएमा मानिसलाई रोग लाग्ने हो । यसकारण खाद्यान्नको रुपमा नै हामीले पोषणयुक्त तत्व ग्रहण गर्ने हो भने रोग स्वतः निको हुन्छ भन्ने अवधारणा बमोजिम नयाँ विज्ञानको रुपमा न्युट्रास्युटिकलको आविष्कार भएको हो । खाद्यान्नको रुपमा उपलब्ध हुने, मेडिकल र हेल्थको रुपमा फाइदा पुग्ने र बाह्य रोगहरुबाट बचाउँदै पुराना जीर्ण रोगहरुलाई निको पार्ने र शारीरिक असन्तुलनलाई पहिलेको अवस्थामा नै फर्काउन सक्ने गरी वैज्ञानिक तवरले तयार पारिएका खाद्यान्नहरुलाई नै न्युट्रास्युटिकल फुडको रुपमा लिने गरिएको छ । भिटामिन, खनिज, कार्बोहाइडे«ट, प्रोटिन, एमिनो एसिड लगायतका मानवीय शरीरलाई आवश्यक पर्ने सबै तत्वहरु मिलाएर तयार गरिएका न्युट्रास्युटिकल प्रडक्टहरु क्याप्सुल, झोल, धुलो लगायतका विभिन्न स्वरुपमा उपलब्ध छन् । यी उत्पादनहरुलाई फुड सप्लिमेन्टको रुपमा पनि उपयोग गर्न सकिन्छ । मानवीय शरीरलाई कुनै पनि साइड इफेक्ट नगर्ने भएको कारणले गर्दा विश्व जगतमा न्युट्रास्युटिकल प्रति सचेत व्यक्तिहरुको चासो बढ्दो छ । सन् २०१२ मा विश्व बजारमा गरिएको अनुसन्धान अनुसार सन् २०१८ सम्ममा २५० बिलियन डलर बराबरको कारोबार विश्व बजारमा हुने देखिएको छ ।

नेपालको सन्दर्भमा न्युट्रास्युटिकल ः

2039विश्व बजारमा विकास भएका प्रविधिहरु निकै लामो समय पश्चात् मात्र नेपालमा भित्रने गरेको पाइन्छ । यद्यपि नयाँ अवधारणाको रुपमा अघी बढेको न्युट्रास्युटिकल्सको नेपालमा नै उत्पादन गर्न सकिने प्रयाप्त सम्भावना हुँदाहुँदै पनि हाल सम्म यसलाई अघी बढाउन सकिएको छैन । सर्वसाधारणको जानकारीको लागि अहिले उपलब्ध न्युट्रास्युटिकल्स प्रटक्टहरुको चर्चा गर्ने गर्नुपर्ने आवश्यकता ठहर्छ । भारतको प्रसिद्ध कम्पनी क्योरगार्डेन (जुन कम्पनीले २५ ओटा उत्पादनहरुको पेटेन्ट लिएको छ)ले केही उत्पादन गरेका उत्पादनहरुमा अधिकांश नेपालमा नै सहज रुपमा प्राप्त हुने खाद्यान्नका मिश्रणहरुकै प्रयोग गरेको पाइन्छ । हामीले ती उत्पादनको प्रयोग गरेको खण्डमा रोगबाट बच्च सकिन्छ । सो कम्पनीबाट बेसार, अमला र विजयसालको सारबाट डेली डिफेन्स नामक क्याप्सुल बनाइएको छ । यी तीनओटै खाद्य वस्तुहरु नेपालमा नै उपलब्ध छन् । तर नेपालमा यसलाई न्युट्रास्युटिकलको रुपमा प्रयोग गर्न सकिएको छैन । सोही कम्पनीले उत्पादन गरेको अर्को उत्पादन हो कार्डियो प्रोटेक्ट, शुद्ध अनारदानाको कार्डियो प्रोटेक्टलले फ्रि रेडिकललाई नियन्त्रणमा राख्ने, एण्टिअक्सिडेन्टको रुपमा काम गर्ने र कोष नष्ट हुनबाट बचाउने काम गर्छ । त्यसबाहेक जोइन्ट रेस्क्यु पनि सोही कम्पनीले नै उत्पादन गर्दै आएको छ । यसले नेपालमा व्यापक समस्याको रुपमा रहेको हाडजोर्नीको दुखाइबाट बचाउने काम गर्छ । बेसारको सार र सालकीको सारबाट उत्पादित सो उत्पादनले हातजोर्नीको दुखाई र सुन्निने समस्या निको पार्छ । यी दुवै खाद्यवस्तुहरु नेपालमा प्रयाप्त उपलब्ध हुनुको साथै नित्य खानाको रुपमा पनि हामीले खाइ नै रहेका हुन्छौं । सोही कम्पनीले ब्लड सुगरको सन्तुलनको निम्ति उत्पादन गर्दै आएको ग्लुको ब्यालेन्समा पनि बेसार, अमला र विजयसालको सार रहेको पाइन्छ । नेपालमा अहिले सम्म यस स्वास्थ्य उपचार पद्धतिको विकास हुन नसकेको अवस्थामा नेपाल सरकारलाई ध्यानाकर्षण गराउँदै नेपालमा नै यो क्षेत्रको विकासको निम्ति सम्बन्धित सरोकारवालाहरु सङ्गठित हुनु जरुरी छ ।

अबको बजार ः

नेपालीहरुमा पछिल्ला दिनहरुमा स्वास्थ्य प्रति सचेतना बढ्दै गएको पाइन्छ । यससँगै नेपालमा सूचना प्रविधिको पनि विकास हुँदै गएको छ । विश्वबजारमा प्रविधिमा विकास हुँदै आएको अहिलेको अवस्थालाई हेर्दा अबको १० बर्ष भित्रमा नेपालका अधिकांश होटलहरुमा मानिसको स्वास्थ्यलाई केन्द्रित गरेर खानाको व्यवस्था हुन सक्ने अनुमान गर्न सकिन्छ । यसको निम्ति शुरुमा आफुमा भएका समस्याहरु कम्प्युटरमा प्रविष्ट गर्नुपर्नेछ । प्रविष्ट गरिएका तथ्याङ्कको आधारमा सम्बन्धित होटलले खाना उपलब्ध गराउनेछ । अहिले बैंकलोरमा यो प्रणालीको शुरुवात भइसकेको छ । आजको व्यस्त जीवन र जीवनशैलीको कारणले गर्दा पोषणयुक्त खाना आम जनताको निम्ति पहुँचमा छैन । व्यापारीहरुको बदनियत, कृषकबाट विषादियुक्त उत्पादन र फास्टफुडको जीवनशैलीले गर्दा पोषणयुक्त खाना सम्भव हुन सकेको छैन । यसैकारण हस्पिटलमा विरामीहरु थपिंदैछन् । औषधीका नयाँ कम्पनीहरु खुलिरहेका छन् । यस्तो चक्रव्युहबाट बाहिर आउनको निम्ति न्युट्रास्युटिकल नै यस्तो माध्यम हुन सक्छ, जसबाट शरीरलाई आवश्यक पर्ने पोषण तत्वको आपुर्ति गरेर रोगको रोकथाम गर्दै रोगमुक्त जीवन जिउन सकिन्छ ।

 

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...