ब्राजिली खेलाडीको निधनले मेसी, नेइमार र रोनाल्डो स्तब्ध


काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलका तीन स्टार स्ट्राइकर अर्जेन्टिनाका लिओनल मेसी, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र ब्राजिलका नेइमारले ब्राजिलियन क्लब कापेकोइन्सेका खेलाडीहरूको विमान दुर्घटनामा भएको निधनको घटनाप्रति शोक व्यक्त गरेका छन्।

दक्षिण अमेरिकी क्षेत्रको दोस्रो ठूलो प्रतियोगिता मानिने कोपा सुदामेरिकानाको पहिलो लेगको खेल खेल्न कोलम्बिया जाने क्रममा मंगलबार नेपाली समयअनुसार दिउँसो ३ बजे ब्राजिलको ‘ए’ डिभिजन क्लब कापेकोइन्सेका खेलाडीहरूको विमान दुर्घटनामा निधन भएको थियो।

घटनामा क्लबका तीन खेलाडीको जीवित उद्धार गरिएको थियो। उनीहरूको हाल कोलम्बियाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। मेसीले आफ्नो ट्विटरमार्फत निधन भएको खेलाडीका परिवार, मित्र तथा क्लबप्रति संवेदना व्यक्त गरेका छन्। यस्तै, नेइमार र रोनाल्डोले पनि यो घटनाबाट आफू स्तब्ध भएको बताएका छन्।

ब्राजिलियन खेलाडीको निधनप्रति मंगलबार ट्रेनिङ सत्रमा बार्सिलोनाका खेलाडीले मात्र होइन, म्याड्रिड र म्यानचेस्टर युनाइटेडका खेलाडीहरू पनि एक मिनेट मौन धारण गरेका थिए।

ब्राजिलको कापेकोइन्सेका क्लबमा समर्थकहरू क्लबको झन्डा बोकेर शौख सभामा सम्मिलित हुन आएका थिए। ब्राजिलका राष्ट्रपति मिसेल टेमेरले पनि यो घटनाबाट आफू स्तब्ध भएको भन्दै तीन दिन राष्ट्रिय शोकको घोषणा गरेका छन्।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: