भोलिसम्म संविधान संशोधन प्रस्ताव दर्ता हुन्छ : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबारसम्म संविधान संशोधन प्रस्ताव संसदमा र्ता हुने बताएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको नेकपा माओवादी केन्द्रको पोलिटब्युरो बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले संविधान संशोधनका बारेमा भइरहेको छलफलका बारेमा जानकारी गराउँदै नेता अग्नी सापकोटाले जनाए ।

प्रधानमन्त्री दाहालले नेकपा एमाले र मधेस केन्द्रित दल संविधान संशोधनमा लचिलो देखिएका बैठकमा जानकारी दिनुभएको नेता सापकोटाले बताए ।

संविधान संशोधनको ड्राफ्ट तयार भएको र कांग्रेस, एमाले तथा मधेसी दलसहितको बैठकमा छलफल गरेर अन्तिम रुप दिइ बुधबार संसदमा दर्ता गर्ने तयारीमा रहेको प्रधानमन्त्रीले बैठकमा जानकारी दिएको नेता दिनानाथ शर्माले बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारी र मुख्य तीन दलका शीर्ष नेताबिचको सोमबार बेलुको छलफल सकारात्मक भएको रहेको प्रधानमन्त्रीले बैठकमा जानकारी गराए ।

पोलिटब्युरो बैठकमा नेता टोपबहादुर रायमाझीले भने संविधान संशोधन प्रस्तावमा प्रदेश नम्बर ५ टुक्र्याउन खोजिए त्यसको विरोध गर्ने बताए ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: