ड्रोन क्यामरा उडाएको आरोपमा तीन अमेरिकी पक्राउ


पर्वत । कुश्मा बजारमा ड्रोन क्यामरा उडाएको आरोपमा प्रहरीले तीन अमेरिकीलाई  पक्राउ गरेको छ ।

बडगाउँस्थित मुलुककै अग्लो झोलुङ्गे पुल वरपर ड्रोन क्यामरा उडाइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा रोबर्ट माइकल केम्पटन, हल स्पेन्सर ह्यारिसन र लाउरा डेभिड ओस्र्बन छन् ।

उनीहरु मुक्तिनाथबाट पोखरा फर्कने क्रममा अग्लो पुलको अवलोकन गर्न यहाँ आएका थिए । प्रहरीले ड्रोनबाट खिंचेका सामग्री नष्ट गर्न लगाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक शेखर खनालले बताए ।

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...