विश्वमा सबैभन्दा अग्लो कृष्ण मन्दिर बन्ने


१३ मंसिर, नयाँ दिल्ली । भारतले विश्वकै सबैभन्दा अग्लो मन्दिर निर्माण अभियान अघि बढाएको छ । उत्तर प्रदेशको वृन्दावनमा विश्वकै सबैभन्दा अग्लो धार्मिक भवन चन्द्रोदय मन्दिरको निर्माण शुरु भएको हो ।

चन्द्रोदय मन्दिर दुई सय मिटर भन्दा पनि अग्लो हुनेछ । साढे पाँच एकड इलाकामा फैलिएर बन्दै गरेको यो मन्दिरमा ७० वटा तला हुनेछन् । अहिलेसम्म विश्वको सबैभन्दा अग्लो धार्मिक भवनका रुपमा इजिप्टकव पिरामिड रहेको । इजिप्टको पिरामिडको उचाई १२८.८ मिटर रहेको छ। भ्याटिकनको सेन्ट पिटर भ्यासेलिकाको उचाई १२८.६ मिटर रहेको छ ।

कृष्ण भक्तहरुको यो मन्दिरको डिजाइन तयार गरिएको छ । मलेसियाको पेट्रोनास टवर, ताइवानको ताइपेइ १०१ र विश्वकै सबैभन्दा अग्लो साउदी अरबको जेद्दा टावरको निर्माण गरिसकेको थ्रोनटन टोमासेट्टी नामको स‌ंस्थाले यो गगनचुम्बी मन्दिर बनाउने जिम्मा पाएको छ। मन्दिरको निर्माण कृष्ण भक्तहरुको संगठन इस्कोन बैंगलोरले गराइरहेको छ। समाचार अनुसार रकेटको आकारको यो चन्द्रोदय मन्दिर भूकन्प प्रतिरोधी हुनेछ ।

Comment

Related News 

© 2016 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: