सुरक्षा बारे डिएसपी सुवेदी भन्छन्, चालकमा सवारी ज्ञानको कमी छ


नेपालका तराईका जिल्लाहरुमा सञ्चालित सिटी सफारी (इलेक्ट्रिक रिक्सा)को सम्बन्धमा यत्रतत्र विरोध भइरहेको छ । यद्यपि यो रिक्सा सञ्चालनमा विरोध गरिनुमा यी रिक्साहरु अनियन्त्रित भएको भन्ने आम जनताहरुको धारणा ठहर्छ । यसै सम्बन्धमा हाम्रो सेतोघर.कमका सहकर्मी सहदेव कार्कीले सिटी सफारी शहरको आवश्यकता हो वा होइन ? यदि हो भने यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ ? यसका विविध पक्षहरु बारे प्रशासनिक आधारमा इटहरी–सुनसरीका डिएसपी नरेशराज सुवेदीसँग जिज्ञासा राख्नुभएको थियो ।

प्रस्तुत छ डिएसपी सुवेदीको धारणा ः

 इलेक्ट्रिक मेसीनरी रिक्सा सिटी सफारी व्यवस्थापन के–कसरी गरिने भएको छ ?
ईलेक्ट्रिक रिक्साले छोटो दुरीका स्थानीयलाई र बसपार्क क्षेत्र आवतजावत गर्ने यात्रुहरुलाई सहज बनाइदिएपनि क्षमता भन्दा धेरै दर्ता भएको र अनुमति दिएको हुनाले यो शहर क्षेत्रलाई असहज र अस्तव्यस्त पारिरहेको पाइएको छ । बेलुकाको समय र बिहानको समय अर्थात पिक आओरमा सडक क्षेत्र जोखिमपूर्ण हुन्छ । इलेक्ट्रिक रिक्सा चालकहरुको पेशागत ज्ञानमा कमी छ । सडक र सवारी ज्ञानको अभाव, सडक सुरक्षा, सेफ ड्राइभिङको कमी, पैदल यात्रीको सुरक्षा प्रति अनविज्ञता भएको कारण ऊहाँहरुलाई कानुनी परिधिमा ल्याई प्रशिक्षित गराउनु पर्ने जरुरी देखिएको छ भने रोड ट्राफिक ज्ञान, क्षमता विकासको निम्ति विभिन्न सिप तालिम, दिनुपर्ने देखिन्छ । सिटीको दर्ता नम्बर टेम्पो, साना फोर ह्विल भेइकल रुट परमिट लिएर चलाउने भएपनि लथालिङ्ग छरिएर आवतजावत गर्ने, साँघुरो क्षेत्रमा जबरजस्ती घुसेर जाम भइरहेको, पैदलयात्रीहरुलाई असुरक्षित भइरहेको भेटिने गरेको कारणले अव्यावहारिक तरिकाले टर्निङ लिँदाधेरै दुर्घटना भएको पाइन्छ । उदाहरण स्वरुप गोल्डेल चोक, आलु गोदाम र बसपार्क जाने मोडमा साइकलयात्री मोटरसाइकल ठुला बस, ट्रकहरुमा ठोकिने जोत्तिने कारण दुर्घटना भएको अवस्था छ । यसबारे थप कुरा त्यहीँका स्थानीयबाट प्रष्ट जानकासरी हुनेछ । कतिपय मानिसहरुले लाइसेन्स लिएर नै सवारी चलाउँदै आएका भएपनि धेरैजसो चालकहरुसँग लाइसेन्स छ । साथै नियम विपरित प्रतिस्पर्धामा चलाउने गरेको पाइन्छ । यसैकारण विभिन्न दुर्घटना बढेको साथै धनजनको क्षति भएको हो । इन्जिनद्वारा चल्ने सवारी साधन सरकारी कानुन र सडक नियम परिधिमा चल्नुपर्छ भनेर यातायात कार्यालय, ट्राफिक कार्यालय, इलाका प्रहरी कार्यालयका प्रमुख सहित राजनीतिक दलका प्रतिनिधि र रिक्सा चालक संघका प्रतिनिधिहरु संयुक्त रुपमा बसेर छलफल गरी नियम संगत चल्नुपर्छ भन्ने निर्णय भएकोछ भने अनविज्ञ चालकहरुलाई वैकल्पिक विषय तयगरी प्रशिक्षित गराउनुपर्ने समेत संवाद भएको हुँदा इटहरी शहर क्षेत्रलाई दुर्घटना रहीत, सुरक्षित र व्यवस्थित गराउने योजनालाई सफल पार्न सबै पक्षको सहयोग हुनेछ । प्रहरीको दायित्व भनेको नागरिकहरुको शान्ति सुरक्षालाई हरदम व्यवस्थित गर्नु हो ।

 

इलेक्ट्रिक रिक्सा चालकहरुको पेशागत ज्ञानमा कमी छ । सडक र सवारी ज्ञानको अभाव, सडक सुरक्षा, सेफ ड्राइभिङको कमी, पैदल यात्रीको सुरक्षा प्रति अनविज्ञता भएको कारण ऊहाँहरुलाई कानुनी परिधिमा ल्याई प्रशिक्षित गराउनु पर्ने जरुरी देखिएको छ भने रोड ट्राफिक ज्ञान, क्षमता विकासको निम्ति विभिन्न सिप तालिम, दिनुपर्ने देखिन्छ । सिटीको दर्ता नम्बर टेम्पो, साना फोर ह्विल भेइकल रुट परमिट लिएर चलाउने भएपनि लथालिङ्ग छरिएर आवतजावत गर्ने, साँघुरो क्षेत्रमा जबरजस्ती घुसेर जाम भइरहेको, पैदलयात्रीहरुलाई असुरक्षित भइरहेको भेटिने गरेको कारणले अव्यावहारिक तरिकाले टर्निङ लिँदाधेरै दुर्घटना भएको पाइन्छ ।

 तिहार, छठ पर्व लगायतका भीडभाडको समयमा सुरक्षाको व्यवस्था कसरी गरिँदै आइएको छ ?

विशेष गरी नेपालीहरुको महान तिहार, छठ, दशैँ लगायतका पर्वको बेला धेरै प्रकारका अपराध हुने सम्भावनालाई मध्यनजर गरी सुरक्षा व्यवस्थालाई मजबुत बनाउन सम्बन्धित कार्यालयहरुबाट विभिन्न किसिमका आन्तरिक आदेश र निर्देशनहरु दिइएको थियो । अहिले म यहाँ आइ त्रिवर्षीय डाटा अब्जर गरिरहेको छु । कहाँ के–कस्ता अपराध घट्दा रहेछन् भन्ने तथ्याङ्क बुझेर नियन्त्रण गर्न आफ्नो तर्फबाट सुरक्षा सतर्कता अपनाइरहेको छु । विशेष गरी मादक पदार्थ सेवन, विक्री वितरण, बस टिकट काउन्टरमा हुने भाडा ठगी, जुवा तास खेल, चन्दा आतंक, घरेलु हिंसा, विकृति, चोरी डकैती र सडक दुर्घटना हुने गरेको पाइएकोले त्यसतर्फ सबै भूगोलको अध्ययन गरी सबै खालको अपराध न्युन गर्न प्रहरी कडाइपूर्वक कारवाहीमा परिचालित हुनेछ भने नियम विपरीत भेटीएका जो–कोही पनि शान्ति सुरक्षा परिधि बाहिर रहेमा कडा कारबाही हुनेछ । यसैमा हामी केन्द्रित छौँ । विभिन्न चेक प्वाइन्ट राखेर चेक जाँच गर्ने अभियान तदारुकताका साथ चलेको छ । निषेधितकार्यमा भागिदार भएकालाई कानुन बमोजिम कारबाही हुनेछ ।

इटहरी नगर क्षेत्रमा मुख्य सुधार्नुपर्ने कुराहरु के होलान् ?

पहिलो समस्या भनेको त सडक एकदम कमजोर छ । क्षमता भन्दा बढी नै सवारी साधन गुड्ने गर्छन् । ट्राफिक कन्ट्रोल हुन सकेको छैन । सडक बत्तीको अभाव छ । राती साइन हेर्न समस्या पर्छ । लेनमार्क ठाउँ देखिँदैन । यस्तो जोखिम झेल्दै ट्राफिक प्रहरी, नेपाल प्रहरी, स्थानीय प्रहरीहरु, नागरिक सेवा सुरक्षाको निमित्त अहोरात्र खटिइरहेका छन् । सडक दुर्घटना न्युन गर्न चाहीँसडक विभाग र नगरपालिकाले घनीभुत ध्यान दिनु जरुरी छ । इटहरीको मूख्य ठाउँ ट्याङ्ग्रा खोलाको पुलको हविगत र आसपासको सडक हेर्दा चेत खुल्नुपर्ने हो कि कतिपय ठाउँहरुमा सडक विस्तार गर्नुपर्ने भएको छ । मर्मत सम्भारले पुग्दैन । त्यस्तै पैदल यात्रुको निम्ति पेटी क्षेत्र, साँघुरो घुम्ती र सडक किनार फराकिलो बनाई सुन्दरता थप्न र शान्ति सुरक्षाको अनुभव बटुल्न सबै नेपालीले पाइयोस् भन्ने हाम्रो मान्यता हो ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: