मैलुङखोला जलविद्युतले रसुवाबासीलाइ ११लाख कित्ता सेयर बितरण गर्ने


अनु आचार्य, रसुवा,
– रसुवामा सञ्चालित मैलुङखोला जलविद्युत कम्पनी लिमिटेडले प्रभावित गाविस र आयोजना निर्माण भएको रसुवाका सर्वसाधारणको लागि प्राथमिक सेयर अर्थात आइपीओ जारी गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृतिको तयारीमा रहेकाले आयोजना निर्माणबाट प्रभावित भएका रसुवाको हाकु गाविस वडा नम्बर ९ र डाडागाउँ गाविस वडा नम्बर ७ र ९,का बासिन्दा र समग्र रसुवावासीको लागी लगानीमा समावेश गर्न लागिरहेको मैलुङखोला जलविद्युत कम्पनीका प्रबन्धक बसन्त मरहठ्ठाले जानकारी दिनुभयो । जलविद्युत् कम्पनीहरुले आयोजना प्रभावित स्थानियबासीलाई आईपीओ र थप सेयर अर्थात एफपीओ र निष्कासनका लागि इग्रा नामक सस्था मार्फत रेटिङको अन्तिम चरणमा पुगेकाले अबको ३ महिना भित्रमै जारी गर्न लागेको कम्पनीका प्रबन्धक बसन्त मरहठ्ठाले बताउनुभयो । मैलुङखोला दोभानमा संचालनमा रहेको कम्पनिले ११ करोड रुपैया बराबर हुन आउने ११ लाख कित्ता सेयर बितरण गर्न लागेको जनाइएको छ । मरहठ्ठाले भन्नुभयो–‘स्थानीयवासीलाई न्यूनतम १० प्रतिशतसम्म आयोजना प्रभावित स्थानीयलाई सेयर दिनुपर्ने नयाँ नीति कार्यान्वनमा आएपछि पहिलो चरणमा स्थानीयलाई सेयर निष्कासन गछौँ, अनि त्यसपछि हामि रसुवाबासि सबैलाई सेयर बितरण गर्नेछौँ । भूकम्प अघि नै निर्माण भएर सञ्चालन नै अबरुद्ध रहेको आयोजना अहिले पहिलेको जस्तै सञ्चालनमा रहेको आयोजनाबाट अहिले पाँच मेगावाट विद्युत उत्पादन भएर भदौ १ गतेदेखि केन्द्रीय प्रशारण लाईनमा जडान हुदै आएको कम्पनीका जनसम्पर्क अधिकृत हिमालय पौडेलले बताउनुभयो । कम्पनीले नेपाल स्टक एक्सचेन्ज अर्थात नेप्सेमा सूचीकरण गराई जारी गर्न लागेको शेयरको थप सेयर नभई प्राथमिक सेयर पुँजीको रुपमा जारी गर्न लागेको कम्पनीका प्रबन्धक बसन्त मरहठ्ठाले बताए ।आयोजनाको निर्माणबाट प्रभावित भएका स्थानीयवासीर्लाइ न्यूनतम १० प्रतिशतसम्म सेयर लगानीमा समावेश गर्ने नीति र आयोजनाको निर्माण तथा सञ्चालनमा स्थानीयलाई अपनत्व बनाउनको लागी लगानीमा समन्वयन गर्न लागेको कम्पनीका प्रबन्धक मरहठ्ठाले जानकारी दिनुभयो । पछिल्लो समयमा सर्वसाधारणको जलविद्युतमा चासो बढेपछि प्रवद्र्धक कम्पनीहरुले धमाधम स्थानीयका अतिरिक्त सर्वसाधारणलाई सेयर दिएर लगानीमा समन्वयन गर्दै आयोजनामा सबै पक्षको साझेदारी गराउने प्रयास गर्दै आएका छन् ।

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...