हास्य टेलि शृङ्खला “कुरौटे”मा योगेन्द्र कार्की र डि.के हमालको संयुक्त निर्देशन


आजभोलि दिनप्रतिदिन नयाँ-नयाँ हास्य टेलिशृङ्खलाहरु प्रसस्त मात्रामा मिडिया तथा डिजिटल मिडियाहरुमा आउने क्रममा छन्। जसमध्ये एक हो अर्को एन.एन.बि.एल. इन्टरटेन्टमेन्ट (NNBL ENTERTAINMENT)ले उत्पादन गरेको हास्य टेलिशृङ्खला “कुरौटे”।

उक्त हास्य टेलि शृङ्खला “कुरौटे”मा समाजको सत्यतथ्य र वास्तविकतालाई चिरोफारो गर्दै विद्यामान समस्याहरुको समधान गर्ने उदेश्य अनुसार ब्याङ्गात्मक शैलिमा जनचेतनामुलक सन्देश फैलाउने यस “कुरौटे”सिरियलले भुमिका निर्वाह गरेको पाइन्छ।

जसको सम्पादक: दिपेन बस्न्यातले गरेको छ भने उत्पादन सल्लाहकार सुदिप कुवार रहेको छ।उक्त सिरियलमा कलाकारहरुको श्रृङ्गार दिपेन्द्र हमालले गरेको छ।

ध्वनि स‌ंयाेजनमा भने गोर्खा लामा घिसिङले महत्वपूर्ण भुमिका निभाइ सिरियललाई सुनमा सुगन्धित बनाएका छन् । उत्पादन तथा प्रबन्धक हेमन्त बस्यालले गरेक छन्।

गायक मोहन के.सि. रहेको छ।सिरियलमा जयन कुमार मोक्तानले कथा लेखन गर्नु भएको छ।सिरियललाई योगेन्द्र कार्की र डि.के हमालले संयुक्त रुपमा निर्देशन गर्नु भएको छ। सिरियलको निर्माता हरि चन्द्र फुयाल रहेको छ।

कलाकारहरुमा जयन कुमार मोक्तान, योगेन्द्र कार्की, डि.के हमाल, शारादा गिरि, रचना पौडेल, टंका खड्का, गोर्खा लामा घिसिङ, सबिन स्याङतन  रिया तामाङ,हरि चन्द्र फुयाल, कमल क्षत्री , हेमन्त बस्याल, इसा श्रेष्ठ, प्रेम थापा र रेजिना राई रहेका छन्।

थप जानकारीको लागी भिडियो हेर्नुहाेला

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: