मिराज अर्यालको दशैं-तिहार गीत ’सानी’ सार्वजनिक (भिडियो सहित)


काठमाडौं – मिराज अर्यालको दशैं-तिहार गीत  गीत/भिडियो सार्वजनिक भएको छ ।

छायांकन र सम्पादनमा आफुलाई स्थापित गर्दै आएका मिराज अर्यालले सामाजिक परिवेश अनुसारको झ-झल्को दिन परदेशी पीडालाई उठान गरेर दशैं तिहार गीत “सानी” सार्वजनिक गरेका हुन् ।

रिमा इन्टरटेनमेन्ट नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा स्वर मिराज अर्यालको रहेको छ भने शब्द/संगीत कृष्ण अर्यालको रहेको छ ।

गीतको परिकल्पना/निर्देशक राघव आचार्य (राम) ले गरेका छन् । यस भिडियोमा राघव आचार्य/पृशिला थापारशिव मगर/अलिफ खान र बाल कलाकार रिचा खनाल र गौरव अधिकारिको निकै राम्रो अभिनय देख्न सकिन्छ । नेपाली मौलिक कला तथा संस्कृति झल्कने शब्द तथा संगीतको प्रयोग गरिएको गीतको सम्पादन/छायांकन अर्याल आफैले गरेका छन् ।

 

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: