चाडपर्वमा ग्यास अभाव हुँदैन, ढुक्क सँग सुरक्षित तवरले ग्यास प्रयोग गरौं


यस बर्ष दशैंतिहार लगायतका चाडपर्वहरुमा विगतका बर्षहरुमा जसरी ग्यासको अभाव नहुने स्थिति छ ।

बजारमा उपभोक्ताको माग बमोजिम उद्याेगबाट प्रयाप्त मात्रामा ग्यास डिलरमा आइरहेको र सहज रुपमा प्रयाप्त ग्यास अापुर्ति भइरहेकाे कारण यस बर्ष उपभोक्ताहरुले आफ्नो आवश्यकता बमोजिम मुख्य चाडपर्वहरुमा ग्यास ढुक्कले ग्यास प्रयोग गर्न सकिने स्थिति छ ।

बिक्रीवितरणमा केही समस्या भए उधोगी र हामी बिक्रेताहरु मिलेर समस्याको समाधानकाे लागि प्रयास गरी सहज रुपमा उपलब्ध गराउन सकिन्छ।

सामान्य अवस्थामा भन्दा ग्यासको प्रयोग चाडपर्वहरुको समयमा बढी हुने गर्छ । अहिले सबै क्षेत्रमा सर्वव्यापी बनिसकेकाे ग्यास संवेदनशिल र प्रज्वलनशिल वस्तु समेत भएको कारण यसलाई सही तवरले प्रयोग गर्न नजान्ने हो भने दुर्घटना समेत हुने गर्दछन् । यसैकारण ग्यासको प्रयोगको क्रममा सावधानी अपनाउनु नितान्त जरुरी छ ।

पछिल्ला बर्षहरुमा ग्यासको प्रयोग  ग्रामीण भेगमा समेत व्यापक रुपमा बढिरहेकाे अवस्थामा यसको प्रयोगबाट हुन सक्ने दुर्घटना न्यूनीकरणलाई लक्षित गरी ग्यास विक्रेता महासंघले विभिन्न सचेतनामूलक कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको छ । यद्यपि यो प्रयाप्त छैन । यसलाई राज्य मातहत नै सञ्चालन गर्नु जरुरी बनिसकेको छ ।

यसरी नै दुर्घटना न्यूनीकरणको निम्ति सम्बन्धित उपभोक्ता नै सचेत बन्नु नितान्त जरुरी रहन्छ । खासगरी गुणस्तरीय रेगुलेटर, गुणस्तरीय रवडको पाइप लगायतका सामानहरु प्रयोग गर्ने, कुच्चिएका ग्यास सिलिण्डर प्रयोग नगर्ने र अन्य सावधानी अपनाउने हो भने ग्यास प्रयोगको क्रममा हुने दुर्घटनालाई धेरै हद सम्म कमी गर्न सकिन्छ ।

अन्त्यमा, नेपालीहरुका महान चाडपर्वहरु विजयादशमी, दीपावली, छठ, नेपाल संवत, ल्हाेसार लगायत नजिकिएका छन् । सबै नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हाम्रो सम्पूर्ण ग्यास बिक्रेता महासंघ नेपाल परिवार सबै चाडपर्वकाे शुभकामना व्यक्त गर्दै सुरक्षित तवरले ढुक्कसँग खाना पकाउने ग्यास प्रयोग गर्नुहुन आग्रह गर्दछाैं ।

साथै चाडपर्व नजिकिँदै गर्दा जनताको अति आवश्यक इन्धनकाे रूपमा रहने खाना पकाउने ग्यासमा सरकारबाट पटक-पटक गरि प्रति सिलिन्डर रु ५० घटाइएको छ । यसमा पनि हामी व्यवसायीहरू खुशि व्यक्त गर्दछौं ।

ग्यास बिक्रेता महास‌घ नेपालका वरिष्ठ उपाध्यक्ष चन्द्र थापा सँग कुराकानीमा अाधारित

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: