मोडल प्रेम तामाङले कसलाई भने होलान् “दशै‌ै तिहार मान्नलाई आउँदैछु” भनेर


महेन्द्र अधिकारी-काठमाडौ।मोडल प्रेम तामाङ तथा सञ्चारकर्मी सबिना भट्टको र साथीहरुको संयुक्त अभिनयमा “दशै‌ तिहार मान्नलाई आउँदैछु” बोलको गित केहि दिन अगाडिबाट सार्वजनिक भएको छ। लोकदोहोरी गितहरुमा अभिनय गर्दै चर्चा कमाउन सफल हुनुभएका मोडल तामाङले यस पटक भने दशै‌को गितमा आफ्नो छुट्टै प्रकारले अभिनय गरेर दशै तिहारको गितबाट आफ्नो चर्चा कमाउन सफल हुनु भएको छ । यस गितलाई मिलन फिल्मस प्रा.लि‍‍ले डिजिटल बजारमा सार्वजनिक गरेको छ ।

कोहि पनि अङ्ग प्रदशन गरेर हैन लोक गितलाई माया, सहयोगको साथमा चर्चित हुनुपर्ने मोडेल तामाङले बताए।

आफ्नो साङ्गितिक यात्रामा अभिनय नौलो गाउँ भन्ने गीतबाट भएकोमा फेसबूक आइडि हुँदै यस गीतसम्म स्थान पाउन स्रोताको राम्रो साथ पाएको उनको भनाइ छ।

सामाजिक सन्जाल सम्बन्धि जनचेतना छर्ने गीत फेसबूक आइ डि बोलको गीतबाट अझ थप स्थान पाएपछि झनै साङ्गितिक पाइलामा निरन्तर लाग्न मलजल हुन पुगेको समेत दाबी गर्नु भयो।यसैअ गरि निरन्तर लामो समयसम्म साङ्गितिक क्षेत्रमा लागी आफ्नो नाम र देश नाम बिश्व सामु चिनाउन चाहान्छु र सदैब आफ्नो नाम उच्च स्थानमा राख्न चाहान्छु मोडल तामाङले बताए ।

दशै‌ तिहार मान्नलाई आउँदैछु गितलाई मिलन श्रेष्ठले निर्देशन गर्नुभएको छ भने महेश नेपालको लय तथा शब्दमा गित बजारमा आएको छ । गितमा सुजन तामाङ र दुर्गा गौतमको स्वर रहेको छ । गितलाई भुमि नारायणले रमणिय स्थानमा छायांकन गर्नुभएको छ ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: