शुभ बिहानी युबा क्लबकाे आफ्नो संस्कृती जगेर्ना गर्दै दशै‌ मेला सफल पार्ने अभियान


प्रत्येक वर्ष झै यसपटक पनि दशैको अवसर पारेर शुभ बिहानी युबा क्लबले”आफ्नो स‌ंस्कृती जगेर्ना गरौं दशै मेला २०७६ सफल पाराैं”भन्ने नाराका साथ शुभकामना आदानप्रदान तथा सा‌ंस्कृतिक कार्यक्रम-२०७६ गर्ने भएको छ।

नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर ९ सिउरेनीमा रहेको उक्त क्लबका युवाहरू स्थानीय तहमा विभिन्न खेलकुद लगायत सस्कृत कार्यक्रम र सामाजिक कार्यमा समाबेश भइ सकारात्मक कार्यलाई आत्मसात अनि नकारात्मक कार्यलाई अन्त्य गर्ने उद्देश्यका साथ निरन्तर लागिपरेका छन्। कार्यक्रमको प्रमुख अतिथि नुवाकोट क्षेत्र नम्बर २ को प्रदेश(ख)का माननीय शांसद केशब राज पाण्डेको रहने कार्यक्रम आयोजक समितीको अध्यक्ष टिकाराम तामाङले बताएकाछन्।

उक्त कार्यक्रम २०७६ असोज २० गते महा नवमीको दिन हुनेछ । जसमा नगर प्रमुख राजेन्द्र रमण खनाल, समाजसेवी तथा बुद्धिजीवी जगत बहादुर गुरुङको समेत आतिथ्यता रहने छ।

कार्यक्रमलाई मनोरञ्जनमय पार्नका लागि राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड सांस्कृतिक प्रस्तुति रहने तामाङले बताए। कार्यक्रमक मुख्य आकर्षक कलाकारहरुमा अर्चना स्याङतन, जनक लामा, राजन बराल, रोलि तामाङ, त्रिशुली टेलिभिजनको हास्य टेलिसिरियल “हल्ली चल्ली”को हास्यकलाकार करण तामाङ

“बिर्खे”,भिमसेन दाहाल लगायत थुप्रै कलाकारहरु रहने आयोजक समितिले जनाएको छ। छन्।कार्यक्रम बेलकोटगढी नगरपालिका, लियो क्लब अफ नुवाकोट परोपकार, महारुद्र युवा क्लब, अबिशुरा युवा क्लब,बाखोर युवा क्लबको सह-आयोजना रहेका छन्।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: