काठमाण्डौ । जनस्वास्थ्य तथा वातावरण प्रबद्र्धन केन्द्रको अनुसन्धानमा आधारित पैरवीलाई सम्बोधन गर्दै नेपाल सरकार, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय, नेपाल गुणस्तर तथा नापतौल विभागले तिन समुहका सौन्दर्य प्रशाधन (कस्मेटिक्स) हरुको लागि मापदण्ड तोकेको छ ।
माननीय उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृका प्रसाद यादवको अध्यक्षतामा हालै बसेको नेपाल गुणस्तर परिषदको १०१ औं वैठकले एकदमै दुरगामी निर्णय गर्दै नेपालमा आयात, उत्पादन, विक्रीवितरण एवं प्रयोग हुँदै आएका विभिन्न सौन्दर्य प्रशाधन (कस्मेटिक्स)हरुको मापदण्डहरुलाई पारीत गरी लागु गर्ने निणर्य गर्नुभएको छ ।
यी मापदण्डहरुले नेपाल गुणस्तरसँग सम्बन्धित सबै पक्षका निमित्त आवश्यक निर्देशिकाको कार्य गर्नेछ । निर्धारित कस्मेटिक्सहरुका मापदण्ड यस प्रकार रहेको छ ।
१. ने.गुण. ५६५ः२०७६ लिप्स्टिक
२. ने.गुण. ५६६ः२०७६ छालामा लगाउने क्रिम
३. ने.गुण. ५६७ःः२०७६ छालामा लगाउने लोसन
नेपाल गुणस्तर (प्रमाण चिन्ह) ऐन २०३७ द्वारा प्रदत्त अधिकार प्रयोग गरी नेपाल गुणस्तर निर्धारण गर्ने तर्फ नेपाल गुणस्तर तथा नापतौल विभागले सम्बन्धित सबै सरोकारबालाहरुसँग र खास गरी वन तथा वातावरण मन्त्रालय, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय, भन्सार विभाग, त्रिभुवन विश्वविद्यालय केन्द्रिय रसायन विभाग, जनस्वास्थ्य तथा वातावरण प्रबर्द्धन केन्द्र, सौन्दर्य प्रशाधन सम्बन्धि उद्योगहरु जस्तै डाबर नेपाल प्रा.लि., यूनिलिभर नेपाल लिमिटेड, ब्लूबेल हर्वल कम्पनी र सौन्दर्य प्रशाधनसंग सम्बन्धित सैलुन-पार्लर जस्तै रस्मिला फेसियल हाउस आदि संगको पटक पटकका सघनीभुत क्षलफलको माध्यमबाट यी मापदण्डहरुको तर्जुमा गरीएको थियो । जनस्वास्थ्य तथा वातावरण प्रबर्धन केन्द्र, उक्त सौन्दर्य प्रशाधनका सामग्रीहहरुको मापदण्डहरुको तयारी गर्न गठित प्राविधिक समिति तथा प्राविधिक उपसमिति दुवैमा सदृश्यको रुपमा काम गरेको थियो ।
यी सौन्दर्य सामग्रीहहरुको लागि बनाईएको मापदण्ड एकदमै बोधगाम्य रहेको छ । यसमा सौन्दर्य सामग्रीहरुका लागि चाहिने साधारण मिश्रण, अमलिय वा क्षारीयपना, शुक्ष्म जिवाणुहरुको उपस्थिति लगायत विभिन्न घातक गहुङ्को धातुहरु जस्तै शिशा (लेड), आर्सेनिक, पारो (मर्करी) र क्याडमियम आदिका अधिकत्म मात्रा सहितका विशेष मिश्रण, बट्टा-खोल सम्बन्धि व्यवस्था, सुचना (लेबलिङ) सम्बन्धि ब्यवस्था, नमूना संकलन र परीक्षण प्रविधि आदिबारे समावेश गरीएको छ ।
यी मापदण्डहरु तयारी सम्बन्धमा अरु देशहरुले र अन्तर्राष्ट्रिय संगठनले अपनाएका गुणस्तर निर्धारणका तरिका र ढाँचाहरुलाई ध्यानमा राखिएको थियो । विशेषगरी अन्तर्राष्ट्रिय गुणस्तर संगठन, छिमेकी मुलुकहरु श्रृलंका, बंगलादेश र भारत आदिका मापदण्ड निर्माण गर्ने संघ संस्थाहरुको तरिका र ढाँचाहरुलाई ध्यानमा राखिएको थियो ।
जनस्वास्थ्य तथा वातावरण प्रबद्र्धन केन्द्रले सौन्दर्य प्रशाधनका मापदण्ड उचित दिशामा आएको भनेर प्रशंसा गरेको छ । आम जनस्वास्थ्य र खासगरी बालबालिका, गर्भवती तथा स्तनपान गराईरहेको महिलाहरुलाई सौन्दर्य प्रशाधनबाट पर्ने दुष्प्रभावबाट जोगाउन बनाईएको मापदण्डको लागि नेपाल सरकार, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय, नेपाल गुणस्तर तथा नापतौल विभाग प्रति प्रति उच्च सम्मानका साथ हार्दिक कृतज्ञता ज्ञापन गर्दै उक्त निर्णयहरुको प्रभावकारी कार्यान्वयनको लागि जोडदार माग पनि गरेको छ ।
साथै नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधी व्यवस्था विभाग संग उक्त सौन्दर्य प्रशाधनका मापदण्डहरुलाई आत्मसात गरी सौन्दर्य प्रशाधन सम्बन्धि आवश्यक कानून (ऐन र नियमावली) बनाउन पनि जोडदार माग गरिएको छ ।
उक्त मापदण्डहरुको प्रभावकारी कार्यान्वयनबाट हाम्रा पक्षधर रहेका संयूक्त राष्ट्र संघिय बाल अधिकार महासन्धि, महिला विरुद्ध सबैप्रकारका भेदभाव उन्मुलन सम्बन्धि महासन्धि र मिनामाता मर्करी महासन्धिहरुले अन्तर्राष्ट्रिय रुपमा अनुशरण गरेकोे उद्देश्य पूरा गर्न पनि सहयोग पुग्नुको साथै यी महासन्धिहरु प्रति हाम्रो राष्ट्रिय दायित्व पनि परिपुर्ति हुने केन्द्रका कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक राम चरित्र साहको विश्वास रहेको छ ।
नेपाली बजारमा विक्रीवितरण र प्रयोग भैरहेका सोन्दर्य सामग्रीहहरुमा पाईने गरीएका अत्यधिक मर्करी, लेड, आर्सेनिक र क्याडमियम (CEPHEd-2012 & NBSM 2019) जस्ता रसायनहरु विश्व स्वास्थ्य संगठन अनुसार मानव स्वास्थ्य र वातावरणमा असर पुर्याउने विभिन्न मुख्य १० अति घातक रसायनहरु मध्येका चार प्रमूख रसायनहरु हुन् । यी रसायनहरुले स्नायू प्रणाली, स्मरण शक्ति, हेर्ने र सुन्ने क्षमतामा ह्रास, प्रजनन् प्रणाली, नवजात शिशु, गर्भवती महिलाहरु, शिशुको वृद्धिविकासमा अवारोध पुर्याउँदछ, मृगौला, मुटु, फोक्सो, मष्तिस्क आदिलाई हानी पुर्याउँदछ । यी रसायनहरुले क्यान्सर, हाड कमजोर वा भाँचिने लगायत वुद्धिमत्तात्मक क्षमतामा पनि ह्रास ल्याउँदछ ।