पर्यटन र सामाजिक यात्रामा सँगसँगै अघी बढेका पन्तको सफलता यात्रा


शुशिल पन्त- प्रबन्ध निर्देशक, गोर्खा इन्टरनेशनल ट्राभल्स प्रा.लि    अध्यक्ष, किवो नेपाल (सामाजिक संस्था)

 

नेपालमा पर्यटन क्षेत्रको सम्भावना बारे पन्तकाे अनुभव
‘नेपालमा पर्यटन क्षेत्र राम्रो सम्भावना भएको क्षेत्र हो । यो कुराको अनुभुति मैले पर्यटन क्षेत्रसँग नजिकिएपछि मात्र गरेको हुँ । पहिले देखि नै मैले पर्यटन क्षेत्रमा रुचि राख्ने भएपनि म शिक्षण पेशामा संलग्न रहेको कारण त्यो अवसर जुटेको थिएन । यद्यपि सर्वप्रथम सन् १९९८ को सेप्टेम्बरमा म विदेशी पर्यटकहरुसँग घुमफिर गर्ने क्रममा मैले पर्यटन क्षेत्रलाई नजिकबाट बुझ्ने अवसर पाएको हुँ । पर्यटकहरुसँग घुमफिर गर्ने क्रममा मैले पर्यटन क्षेत्रमा केही चुनौतीहरु हुँदाहुँदै पनि राम्रो अवसर र सम्भावना भएको देखेँ । त्इसैकारण म आफू पनि दृढ सङ्कल्पको साथ पर्यटन व्यवसायलाई नै अँगाल्न पुगेको हुँ । अहिले सम्म आइपुग्दा पर्यटन क्षेत्रलाई आधार बनाई मैले विभिन्न व्यावसायिक एवं सामाजिक क्षेत्रहरुमा आफूलाई माथि उठाउन म सफल भएको छु ।

म आफू विगतमा संलग्न रहेको शिक्षण पेशाबाट बाहिरिएर पर्यटन व्यवसायमा जोडिनु मेरो लागि त्यति बेला निकै चुनौतीपुर्ण कार्य थियो । तर अहिले आइपुग्दा भने मेरो निर्णय उपयुक्त रहेको मलाई महसुस हुने गर्छ । म आफु प्रत्यक्ष रुपमा शक्षण पेशाबाट बाहिरिएपनि शिक्षा प्रतिको मेरो रुचि भने अहिले पनि घटेको छैन । अहिले हाम्रो समूहबाट मेरो अध्यक्षतामा प्र्रे्सियस नेशनल एकेडेमी सञ्चालन भइरहेको छ । जहाँ अहिले करिब १ हजार व्यक्तिहरुले अध्ययन गरिरहेका छन्’ पर्यटन व्यवसायी पन्तले आफू पर्यटन व्यवसायमा जोडिँदाको सन्दर्भ यसरी व्यक्त गरे ।

पर्यटन यात्राः

पन्तले शिक्षण क्षेत्रलाई छोडेर पर्यटन क्षेत्रमा जोडिए पश्चात् १९९८ देखि २००२ सम्म रेडलाइन ट्राभल्समा म्यानेजरमा काम गरे, त्यसपश्चात् गुडलक ट्राभल्समा काम गरे । सन् २००३ देखि पन्त आफैंले ट्राभल व्यवसाय शुरु गरेका हुन् । दृढ विश्वासको साथ शुरु गरिएको कामबाट आफूले चाहेबमोजिमको उपलब्धि हासिल गर्न सकिन्छ भन्ने तथ्यलाई व्यावहारिकतामा बदलेका पन्तले मुलुक द्वन्द्वकालमा रहेको अवस्थामा नै गोर्खा इन्टरनेशनल ट्राभल कम्पनी सञ्चालन गरेर पनि राम्रो उपलब्धि हासिल गर्न सकेका छन् । नेपाल द्वन्द्वकालमा रहेको र दैनिक दर्जनौं नेपालीहरुले आन्तरिक द्वन्द्वकै कारण ज्यान गुमाइरहेको अवस्थामा पर्यटन व्यवसायमा संलग्न हुनु आफैंमा ठूलो जोखिम थियो । यद्यपि निरन्तर रुपमा अघी बढ्दा सफलता आफैं हात पर्दो रहेछ । सन् २००९ सम्म आइपुग्दा भने पन्त आफ्नो कम्पनी अमेरिकामा समेत स्थापना गर्न सफल उद्यमी बन्न पुगे ।

उद्यमी पन्त अहिले पर्यटन व्यवसायमा मात्र सीमित छैनन् । सामाजिक कार्यहरुमा समेत उनी निकै नै सक्रिय छन् । प्रेसियस नेसनल एकेडेमी (एल्ब्)का अध्यक्ष समेत रहेका पन्त अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लबका पनि त्यत्तिकै सक्रिय छन् । लायन्स क्लब अफ काठमाडौं स्वयम्भु टाउनका अध्यक्ष, जापानको इन्टरनेशनल स्टुडेन्ट को–अपरेसन अर्गनाइजेसन (किभो)का नेपाल संयोजक लगायतका विभिन्न भूमिकामा सक्रिय पन्त पेशाले अधिवक्ता समेत हुन् । सन् २००७ देखि पर्यटन क्षेत्रमा सक्रिय व्यवसायीहरुको सक्रियतामा स्थापना भएको टुरिजम डेभलपमेन्ट बचत तथा ऋण सहकारी संस्थामा समेत पन्त अहिले दोस्रो कार्यकाल अध्यक्षको भूमिकामा छन् ।

सुर्य प्रकाश श्रेष्ठको नेतृत्वमा सञ्चालित भिटो (भिलेज टुरिजम प्रमोसन फोरम नेपाल)को पहुँच विस्तार गर्न एवं यसलाई बाह्य जगतमा चिनाउनको लागि समेत पन्तको सक्रियता निकै महत्वपूर्ण रह्यो । जसअन्तरगत पन्त सक्रिय बन्नुपूर्व १५(२० सदस्य रहेको भिटोमा सदस्य सङ्ख्या विस्तार गरी करिब १ सय ५० को हाराहारीमा पु्याउनुमा पन्तकै भूमिका निकै सक्रिय रह्यो भने पर्यटन क्षेत्रमा सक्रिय एक महत्वपूर्ण संस्थाको रुपमा समेत भिटो परिचित हुन पुग्यो । नाट्टामा पहुँचवाला व्यक्तिहरु बढी मात्रामा रहेका र सामान्य लगानीमा पर्यटन व्यवसायमा संलग्न व्यवसायीहरु नाट्टामा सदस्य बन्न सक्ने अवस्था नरहेको परिस्थितिमा भिटोको स्थापनाले साना लगानीका पर्यटन व्यवसायीहरुलाई परिचित बनाउन समेत निकै महत्वपूण भूमिका निर्वाह गर्न सक्यो ।

शिक्षा क्षेत्रमा पन्तको सक्रियता 
सन् २००७ मा युथ भिजन कलेज स्थापना गरेका पन्त पछि उक्त कलेज विक्री गरे । हाल उक्त कले नामुद कलेजको रुपमा परिचित छ । अहिले सञ्चालित प्रेसियस कलेजमा करिब ८० जना व्यक्तिहरु विभिन्न भूमिकामा कार्यरत छन् भने करिब १ हजार विद्यार्थीहरुले यसमा अध्ययन गरिरहेका छन् ।

 

सामुहिक लाभमा केन्द्रित हुनुपर्छ व्यावसायिक संस्था 

पर्यटन क्षेत्रमा छाता सङ्गठनको रुपमा अहिले विभिन्न संस्थाहरु सक्रिय छन् । यद्यपि ती सबै संस्थाहरुले व्यावसायिक प्रवद्र्धन र हकहितको लागि काम गर्न भने सकिरहेका छैनन् । व्यक्तिगत लाभको लागि काम गर्ने कतिपय यस्ता संस्थाहरुमा राम्रो सोच भएका व्यक्तिहरु निर्वाचित हुने अवस्था निकै कम छ ।

संस्थागत विद्यालय क्षेत्रमा लगानी गरिरहेका पन्त ग्रामीण क्षेत्रका विद्यार्थीहरुलाई समेत लक्षित गरी उनीहरुको क्षमता अभिवृद्धिको लागि स्वयम्सेवी संस्था किवो (KIVO – JAPAN) नेपाल मातहत हरेक बर्ष करिब १ सय जना जापानी स्वयम्सेवी पर्यटकहरुलाई नेपालमा ल्याएर शिक्षाको क्षेत्रमा विभिन्न कामहरु गरिरहेका छन् । हाल यस संस्थाले विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामाग्रीहरु उपलब्ध गराउने, विभिन्न मोटिभेसनल कार्यक्रम सञ्चालन गर्ने, कल्चरल एक्सचेन्ज गर्ने, पुस्तकालय निर्माण गर्ने, ग्रामीण पर्यटनको प्रवद्र्धन गर्ने लगायतका विभिन्न कामहरु गर्दै आएको छ । हाल यस संस्थाले गोर्खाको पालुङटार नगरपालिका क्षेत्रमा एजुकेसन फर अर्फानको सहकार्यमा कपल्टार कम्युनिटी हेल्थ सेन्टर (Kamaltar Community Health Centre) समेत सञ्चालन गर्दै आएको छ । जुन करिब ३ रोपनी क्षेत्रफलमा फैलिएको छ । यो भर्खरै सञ्चालनमा आएको स्वास्थ्य केन्द्र हो ।

लायन्स क्लब मार्फत फरक क्षमताका व्यक्तिलाई सहयोग 
लायन्स क्लबको क्षेत्रमा पनि पन्तको त्यत्तिकै सक्रियता छ । लायन्स क्लब अफ स्वयम्भू टाउनका अध्यक्ष समेत रहेका पन्त लायन्स क्लबमा संलग्न भएपश्चात् यस संस्थाबाट नयाँ र उपलब्धिमूलक क्षेत्रमा काम गर्नुपर्ने मान्यता सहित अघी बढेको छ । सोहीबमोजिम विगतको मान्यतालाई परिवर्तन गर्दै असहायहरुको लागि काम गर्ने सोचमा रहेका पन्तले डिसेबल सेन्टर नेपाल (मष्कबदभि अभलतचभ ल्भउब)ि स्थापना गरी अशक्तहरुको लागि विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आएका छन् । हाल यस संस्थाको नाम परिवर्तन गरि ‘इन्टायर पावर इन सोसियल एक्सन’ नाममा परिवर्तन गरिएको छ । यस संस्थाले नेपालमा विभिन्न उत्कृष्ट गतिविधिहरु सञ्चालन गरिसकेको छ । छिटै यस संस्थालाई सिएनएन हिरोको रुपमा परिचित गराउने योजना सहित आफूहरुले विविध गतिविधिहरु सञ्चालन गरिरहेको समेत पन्तले बताए ।

पूर्ण अपाङ्ग कोही पनि हुँदैन भन्ने मान्यता स्थापित गर्न सफलः
कुनै पनि व्यक्ति पूर्ण रुपमा असक्षम हुँदैन, कुनै एउटा क्षमता नहुँदैमा त्यसलाई असक्षम वा अपाङ्ग भन्न नमिल्ने र उनीहरुलाई अवसर प्रदान गर्न आवश्यक रहने भएको कारण हरेक व्यक्तिलाई उसको क्षमता बमोजिमको अवसर सृजना गर्नु जरुरी रहन्छ । राम्रो अवसर पाउने र त्यसको लागि आवश्यक सीप सिक्ने अवसर मिल्ने हो र त्यस सीपलाई राम्रो तवरले उपयोग गर्ने अवसर पाउने हो भने हरेक व्यक्तिले आफूलाई अब्बल बनाउन सक्छन्, यसको लागि केवल उनीहरुलाई त्यस किसिमको वातावरण आवश्यक रहन्छ । सोही मान्यता बमोजिम हाल यस संस्थाले आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आएको छ । हाल यो संस्था तारकेश्वर नगरपालिका स्थित गोलढुंगामा सञ्चालनमा छ ।

फरक क्षमताका व्यक्तिहरुले पनि समाजको लागि केही योगदान दिन सक्छन् भन्ने भावना बमोजिम यस संस्थाका सदस्यहरुको संलग्नताबाट नै हाल लायन्स क्लब अफ काठमाडौं इप्साटाउन स्थापना गरी आफू जस्ता फरक क्षमताका व्यक्तिहरुको क्षमता अभिवृद्धिको लागि संस्थामा आवद्ध सदस्यहरुले नै आफू जस्ता फरक क्षमताका व्यक्तिहरुलाई लक्षित गरी डोनसन उपलब्ध गराउने काम समेत शुरु गर्ने आर्थिक हैसियत बनाइसकेका छन् । कसैको सहयोगबाट आफूहरुको अवस्था सुध्रिएकोमा उनीहरु गौरवान्वित उनीहरुले भर्खरै गुल्मीमा आएको पहिरोबाट पीडित जनताहरुको लागि १० हजार रुपियाँ डोनेसन उपलब्ध गराएका छन् ।

नेपाल भ्रमण बर्ष सम्बन्धमा पन्तको विचार र सक्रियता 
‘नेपालमा सन् २०२० लाई पर्यटन बर्षको रुपमा मनाउने योजना बमोजिम नेपाल सरकारले यसको प्रक्रिया अघी बढाएको छ । तर यस क्षेत्रका केही दिग्गज व्यवसायीहरुले भने यस पर्यटन बर्षको तयारी नपुगेको कारण अहिले यसलाई रोक्नुपर्छ भन्ने धारणा राख्दै रोक्ने प्रयाश गरिरहेका छन् । केही पहिले मात्र भ्रमण बर्षलाई लक्षित गरेर म आफैं बङ्गलादेश गएर फर्किएको थिएँ । म आफैं पनि पर्यटन बर्षलाई लक्षित गरी विभिन्न क्षेत्रको भ्रमणलाई तीव्र पारेको छु । अब तत्काल नै क्यानडा जाँदैछु । यद्यपि म बङगलादेशमा रहँदा त्यहाँ नेपाल पर्यटन बर्षलाई लक्षित गरी नेपाल सरकारबाट हुनुपर्ने गतिविधिहरु भने अत्यन्तै न्यून रहेको पाएँ । यस्तो अवस्थामा पुर्वघोषित नेपाल भ्रमण बर्ष २०२० सफल बनाउन राज्य पक्ष विशेष योजनाको साथ अघी बढ्नु पर्ने कुरा पन्त बताउँनुहुन्छ ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: