लुम्बिनीका मूल्याङ्कनकर्ता इन्जिनियरहरुलाइ तालिम


नेपाल भ्यालुयर्स एसोसिएसन लुम्विनि च्याप्टरको आयोजनामा आयोजित ३ दिने Fixed Asset Training रूपन्देहि जिल्लाकाे मनिग्राममा अवस्थित Dreamland Gold Resort Pvt.Ltd मा सुरूवात भएको छ ।

उक्त कार्यक्रममा Senior Valuer/Trainner इ‍ देवेन्द्र कुमार श्रेष्ठ साथै Trainner इ‍ शुशिल अमात्य र Traineer इ‍ दिनेश पाठक (सचिव NVA Central Committee)का साथै इ पुरन सुवेदी (उपाध्यक्ष नेपाल भ्यालुयर्स एसोसिएसन चितवन च्याप्टर ) र इ सुमन कोइराला (सचिव-नेपाल भ्यालुयर्स एसोसिएसन चितवन च्याप्टर)ले Training मा सहजिकरण गर्नुभएको थियो ।

Fixed Asset Training मा रूपन्देही र भैरहवा जिल्लालाइ कर्मथलो बनाइ कार्यरत २२ जना विभिन्न इञ्जिनियरिङ कन्सल्टेन्सि फर्ममा आबद्द इञ्जिनियरहरूको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रम  नेपाल भ्यालुयर्स एसाेसिएसन लुम्विनी च्याप्टरका अध्यक्ष इ शैलेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

प्रमुख अतिथि नेपाल इञ्जिनियर्रस एसोसिएसन प्रदेश ५ का अध्यक्ष इ कुसुमराज ज्ञवाली हुनुहुन्थ्याे भने अन्य अतिथिहरुमा नेपाल भ्यालुयर्स एसोसिएसन केन्द्रका उपाध्यक्ष जीवन अर्याल तथा लुम्विनि च्याप्टरका सल्लाहकार दुजेन्द्र बस्नेत र टंक कँडेलको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहजिकरण नेपाल भ्यालुयर्रस एसोसिएसन लुम्विनि च्याप्टरका इ यमलाल पाण्डेले गर्नुभएको थियो ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: