नेपाल भ्यालुयर्स एसोसिएसन पूर्वाञ्चल र मेची च्याप्टरको अधिवेसन सम्पन्न


नेपाल भ्यालुयर्स एसोसिएसन (पूर्वाञ्चल च्याप्टर)को तेस्रो अधिवेसन तथा मेची च्याप्टरको प्रथम अधिवेशन सम्पन्न भएको छ ।


भदौ २७ मा विराटनगर स्थित होटल इस्टर्न स्टारमा सम्पन्न भएको उक्त कार्यक्रम विराटनगर नगरपालिकाका मेयर भीम पराजुलीको प्रमुख आतिथ्यता र नेपाल भ्यालुयर्स एसोसिएसन केन्द्रीय कार्यसमितिका अध्यक्ष ई. ऋषि कोइरालाको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।

उक्त औपचारिक कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममा एसोसिएसनका केन्द्रीय अध्यक्ष तथा विशिष्ट अतिथि ई. ऋषि कोइरालाले मूल्यांकन क्षेत्रलाई थप व्यवस्थित बनाउन जरुरी रहेको र यसको निम्ति नेपाल राष्ट्र बैंकको भूमिका समेत अझ सक्रिय र प्रभावकारी हुनुपर्ने कुरामा जोड दिनुभएको थियो ।

साथै मूल्याङ्कन कार्यमा नगरपालिकाको समेत सहजीकरण आवश्यक रहेको बारे नगरपालिकाका मेयरलाई ध्यानाकर्षण गराउँदै चार किल्ला प्रमाणिकरण लगायतका विभिन्न कार्यहरु वैज्ञानिक तवरले गर्नुपर्नेमा विशेष जोड दिनुभयो । यसको अलावा मूल्यांकन क्षेत्रको अवस्था, समस्या र चुनौतीहरुमा समेत केन्द्रीत रहेर ई. कोइरालाले आफ्नो धारणा राख्नुभयो । वाफिया संशोधन र नेपाल राष्ट्र बैंकबाट मूल्यांकन निर्देशिका जारी गराउन नगरपालिका लगायतका निकायहरुबाट राजनीतिक पहल आवश्यक रहेको समेत बताउँदै ई. कोइरालाले यी विभिन्न कार्यहरुमा नगरपालिकाको तर्फबाट आवश्यक सहयोग प्राप्त हुनेमा आफूहरु विश्वस्त रहेको समेत बताउनुभएको छ ।

उक्त कार्यक्रम नेपाल भ्यालुयर्स एसोसिएसन पूर्वाञ्चल च्याप्टरका अध्यक्ष ईं आमोद राज आचार्यको सभापतित्वमा सम्पन्न भएको थियो ।
साथै कार्यक्रम चुनावी अधिवेसन सहित सम्पन्न भएको हुनाले अधिवेशन मार्फत पूर्वाञ्चल च्याप्टरको अध्यक्षमा पुनः ई. आमोद राज आचार्य नै दोहोरिएको र मेची च्याप्टरको अध्यक्षमा ई. रोशन सुवेदी निर्वाचित हुनुभएको जानकारी नवनिर्वाचित पूर्वाञ्चल च्याप्टरका कोषाध्यक्ष ई. विमल प्रताप शाक्यले सेतोघर डट कमलाई जानकारी गराउनुभयो ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: