नेपालमा एएसी ब्लक उत्पादनमा अग्रणी कम्पनीकाे रूपमा एराे ब्रिक

नेपालमा एएसी ब्लक उत्पादनमा अग्रणी कम्पनीकाे रूपमा एराे ब्रिक

कस्ताे छ नेपालमा एएसी ब्लककाे सम्भावना ?


  • सेतो घर
  • सोमवार, भदौ ३०, २०७६
  • 2470
    SHARES

एरो लाइट एएसी ब्लक कस्तो प्रोडक्ट हो ?
एएसी ब्लक ( Autoclaved Aerated Concrete AAC)) एउटा आधुनिक युगको नविनतम प्रविधियुक्त सुरक्षित निर्माण सामाग्री हो । एरो ब्रिक्स कम्पनि प्रा. लि. ले २०७३ साल देखि यी ब्लकहरु पूर्ण स्वचालित जर्मन प्रबिधि प्रयोग गरि एरो लाइट एएसी ब्रान्डमा उत्पादन गरि बजारीकरण गरिरहेको छ, जुन बालुवा, सिमेन्ट, चुना, जिप्सम र अल्मिनाको प्रयोग गरि निर्माण गरिन्छ । एएसीको अर्थ एरिएटेड प्रविधिबाट अटोक्लेभ मेशिनमा निर्मित कंक्रिट हो । कंक्रिट भित्र अनगिन्ती प्वालहरु बनाई कंक्रिटको आयतन बढाउने प्रबिधिलाई एरिएसन प्रविधि भनिन्छ, र बाफको मद्दतले चापद्वारा पकाउने मेशिनलाई अटोक्लेभ भनिन्छ । यिनै दुइ प्रविधि र मेशिनको सहयोगमा
निर्माण हुने कंक्रिट नै एएसी ब्लक हो । एएसी ब्लकहरु बजारमा पाइने अन्य परम्परागत माटोको इट्टा वा होलो ब्लकहरु भन्दा झन्डै ३ गुणा हलुका हुन्छन् ।

हलुका हुने भएकोले यसबाट बनेका घरहरु भूकम्पीय कम्पनमा समेत सुरक्षित हुन्छन् । यी ब्लकहरु अग्नि, ध्वनि, ताप र ओस प्रतिरोधक हुनुका साथै वातावरणमैत्री समेत हुन्छन् । सामान्य ब्लक वा इट्टाको तुलनामा यी ब्लकहरु ठुला हुने भएकाले निर्माण छिटो हुनुको साथ साथै खर्च पनि कम गर्दछ ।

 

गोबिन्द रिमाल, बजार तथा बिक्रि प्रबन्धक, एरो ब्रिक्स कम्पनि प्रा. लि.

एरो लाइट एएसी ब्लकको प्रयोग 
एएसी ब्लक जमिन माथि निर्माण हुने सम्पूर्ण निर्माण कार्यमा प्रयोग गर्न सकिन्छ । स्टिल स्ट्रक्चर, आर.सी.सी स्ट्रक्चर, अस्थायी किसिमका टहरा देखि आधुनिक गगनचुम्बी घरहरुमा पनि एएसी ब्लक प्रयोग गरि निर्माण गर्न सकिन्छ । बिशेष प्रकारका भट्टी निर्माण, अडिटोरियम, प्रयोगशाला, चिस्यान कक्ष, थिएटर र ध्वनि प्रतिरोधी स्टुडियोहरु निर्माण गर्न पनि एएसी ब्लकहरु उपयुक्त हुन्छन् ।
नेपालमा विगतका वर्षहरुमा भारतबाट आयात गरि केहि भवनहरुमा एएसी ब्लकहरु प्रयोग गरिएको छ । आजको दिन सम्म आइपुग्दा केहि महत्वपूर्ण निर्माणमा एएसीले आफ्नो उपस्थिति जनाइसकेको छ । कास्कीको रुदिखोला ‘ए’ हाइड्रो पावरको पावर स्टेसन, लमजुङ्गको रुदिखोला ‘बि’ हाइड्रोपावरको पावर स्टेसन यसका केहि उदाहरणहरु हुन् । आवासीय भवन, हाउजिङ्ग, अस्पताल, बिजनेस कम्प्लेक्स, अपार्टमेन्ट, विद्यालय, कलेज, होटल, सभाहल, सिनेमा हल, औद्योगिक भवन जस्ता निर्माणमा एरो लाइट एएसीको प्रयोग भइसकेको छ । एरो लाइट एएसी ब्लकलाइ पुनर्निर्माणको काममा समेत प्रयोग गर्न सकिन्छ ।  एएसी ब्लकहरु हलुका हुने हुँदा ग्रामीण तथा विकट क्षेत्रमा पनि सहजै पुर्याई भवनहरु निर्माण गर्न सकिन्छ्र । गाउँ सहर जताततै सबै प्रकारका भवन तथा पर्खाल निर्माण गर्न उपयुक्त यी ब्लकले निर्माणको दुनियामा चाँडै नै आफ्नो छाप छोडी क्रान्ति नै ल्याउने पक्का छ ।

एएसी प्रयोग गरि निर्मित घरहरुमा निर्माण पश्चात् पनि हिटिङ–कुलिंग, ध्वनी प्रतिरोध निर्माण खर्च समेत कम गर्दछ । दुर्गम तथा पहाडी ठाउँहरुमा निर्माण गर्नुपर्दा एएसी ब्लकले लागतमा ठुलै बचत गर्दछ्र । परम्परागत माटोको इट्टाको सट्टामा एएसी ब्लक प्रयोग गर्दा सिमेन्ट र बालुवाको खपत ५० प्रतिशत सम्म कम गर्दछ र ज्यालामा पनि ४० प्रतिशत सम्म कम हुन्छ भने गाह्रो निर्माण पछिको
प्लास्टरको कार्यमा पनि ३० देखि ४० प्रतिशत सम्म बचत हुन्छ ।

नेपालमा एएसी ब्लक उत्पादनको अवस्था 
विक्रम संवत २०७३ सालबाट मात्रै उत्पादन सुरु भएको एएसी ब्लक क्षेत्रमा आज सम्म आइपुग्दा देशमा ६ ओटा एएसी उत्पादक कम्पनिहरु संचालनमा आइसकेकाछन् भने भारतबाट आयात भएर पनि नेपालमा एएसी ब्लकहरु बिक्रीवितरण भइरहेकाछन् । पर्सा, चितवन, धादिङ, भक्तपुर र ललितपुरमा यस्ता कम्पनीहरुले ब्लकहरु उत्पादन गरि बिक्रिवितरण गरिरहेका छन् । नेपालकै पहिलो बालुवामा आधारित उत्पादक कम्पनि एरो ब्रिक्स कम्पनि प्रा.लि.ले चितवनको खैरहनीमा दैनिक ५०० घनमिटर ब्लक उत्पादन क्षमताको मेशिन जडान गरि हाल दैनिक ३३६ घनमिटर ब्लक उत्पादन गरि पूर्वमा मेची देखि पश्चिममा लम्की सम्म बिक्रि वितरण गरिरहेको छ । यस कम्पनीले देशभरि ८० भन्दा बढी वितरकहरुबाट आफ्नो उत्पादन उपभोक्ता सम्म पुर्याईरहेको छ । नेपालमा सामान्यतया ३ साइजकमा ब्लकहरु उत्पादन भइ बजारीकरण भइरहेकाछन् । लम्बाई २४ इन्च, उचाई ८ इन्चमा उपलब्ध ब्लकहरु ४, ६ र ८ इन्च सम्मका मोटाइमा बजारमा उपलब्ध छन् ।

जर्मन प्रविधिमा एरो ब्रिक्स एरो लाइट एएसी ब्लक 

एरो ब्रिक्सले उत्पादन गरिरहेको एएसी ब्लक विश्वस्तरिय जर्मन प्रविधिमा आधारित छ । कम्पनी स्थापना गर्दा विदेशी टेक्निसियनहरुले जडान गरि सफल उत्पादन सुरु गरेको यस कम्पनिले हाल विदेशीको निरन्तर परामर्श र अनुगमनमा नेपाली इन्जिनियर तथा टेक्निसियनहरुकै संलग्नतामा ब्लक उत्पादन गर्दै आइरहेको छ ।

उपभोक्तामा एएसी ब्लकबारे सचेतना 
कुनै पनि नयाँ सामाग्री बजारमा आउँदा सुरुमा यसबारे बुझ्न समय लाग्नु र प्रयोग पूर्व यसबारे अनुसन्धान हुनु सामान्य नै हो । जुन एएसी ब्लकमा पनि लागु भैरहेको छ । निर्माण क्षेत्रमा नविनतम प्रविधिको खोजि भइरहेको समयमा भित्रिएको एएसी छोटो समयमै उपभोक्ताहरुको माझमा लोकप्रिय भैसकेको छ, लामो समय देखि खोजिरहेको वस्तु बजारमा उपलब्ध भएकोमा इन्जिनियर, आर्किटेक्ट, कन्ट्रयाक्टर र निर्माण व्यवसायीहरु पनि खुसि भएका छन् । विनासकारी भुकम्पले नेपालको निर्माण अभ्यासमा सर्वसाधारणको आँखा खोलिदिएको छ, फलस्वरूप हलुका र वातावरणमैत्री एएसी जस्ता निर्माण सामग्रीको प्रयोग बढिरहेको छ । ३-४ वर्ष अगाडी विदेशबाट आयात गरि नगन्य मात्रामा प्रयोग भैरहेको एएसी आजको दिनमा स्वदेशमै ५–६ कम्पनिले उत्पादन गरि उपभोक्ता माझ पुर्याईरहेका छन् । परिणाम स्वरुप एएसीको बजार हिस्सा दिनानुदिन तिब्र गतिमा बढिरहेको छ भने सर्बसाधारण मानिसहरुमा पनि एएसी प्रयोग प्रतिको आकर्षण बढ्दो छ ।

एरो ब्रिक्सको एरो लाइट एएसीबाट निर्मित संरचनाहरु 
एरो ब्रिक्सले आफ्नो उत्पादनको ३ बर्ष पुरा गर्दै गर्दा केहि उल्लेखनीय निर्माणमा एरो लाइट एएसी प्रयोग गरि नेपाली उपभोक्ताको निर्माण प्राक्टिस बदल्न सफल भएको छ । विद्यालय भवन, काठमाडौँको मिल्सबेरी स्कुल, हिमालयन कलेज अफ एग्रिकल्चर साइन्स एण्ड टेक्नोलोजी, रिपुमर्दिनी सैनिक विद्यालय, शिशुनिकुञ्ज स्कुल, रुपन्देहीको नवप्रभात स्कुल, मायादेवी टेक्निकल इन्स्टिच्युट, रम्भादेवी उच्च मा.वि यसका केहि उदाहरणहरु हुन् । गोर्खाको लाप्राकमा गैर आवासीय संघले निर्माण गरेको ५७३ घरको सामुदायिक बस्ति, ललितपुरको इमाडोलमा अवस्थित डाउनटाउन रेसिडेन्सि, काठमाडौँ दरबारमार्गमा नेपाल ट्रस्टको जग्गामा बनेको व्यावसायिक भवन, काठमाडौँकै बल्खुमा बनेको एड्भान्स इन्जिनिरियंग कलेज, काठमाडौँको ठमेलमा बनेका होटेल र क्लबहरु यसका थप उदाहरणहरू हुन् । नवलपरासीको भुमहीमा बनेको हुलासको अटो मोटर क्राफ्ट, ब्रिज ग्लासको फ्याक्ट्री, नवलपुरको मेघा रिसोर्ट पनि एरो लाइट एएसीको प्रयोग गरि निर्माण भएका हुन् । सोलुखुम्बुको रेडियो स्टेसन भवन, रामेछापमा निर्माणाधिन खिम्ती हाइड्रोपावर, ताप्लेजुङको तमोर हाइड्रो, कास्कीको रुडी–ए र लम्जुङ्गको रुडी–बि हाइड्रोपावर पनि एरो लाइट एएसी ब्लकबाटै निर्मित संरचनाहरू हुन् । यिनीहरु त केहि उदाहरण मात्रै हुन् । गत ३ बर्षमा ५०० भन्दा धेरै साना ठुला आवासीय तथा व्यावसायिक निर्माणमा एरो लाइटले आफ्नो सफल प्रयोग गरिसकेको छ ।

एरो ब्रिक्स कम्पनिमा लगानी 
प्रारम्भिक रुपमा ६० करोडको लगानीमा सुरु भएको एरोब्रिक्समा आजसम्म पुग्दा करिब १ अर्ब रकम लगानी भएको छ । व्यापारिक साझेदारको रुपमा खजुरिको बिस्कुट उत्पादक कम्पनी, चिकेन र दानाको सफल व्यवसायी भ्याली ग्रुप, लगानी गर्ने कम्पनि सिड इन्फ्रा र केहि प्रतिष्ठित निर्माण व्यवसायी र आर्किटेक्टको यस कम्पनीमा संलग्नता छ ।

एरो ब्रिक्समा कर्मचारी संजाल 
एरो ब्रिक्स कम्पनिको उत्पादन युनिटमा ७० जना सहित हेड अफिस र बजारमा गरि १०० भन्दा बढी प्रत्यक्ष रोजगारी सृजना गरेको छ भने उत्पादन युनिट चितवनमा अन्य ५० भन्दा बढीले अप्रत्यक्ष रोजगार पाइरहेका छन् । कम्पनीले पूर्ण स्वचालित मेशिन प्रयोग गर्नुको साथै अधिकांश अपरेटरहरुमा स्थानीय महिलाहरु छन् । जसले गर्दा उक्त क्षेत्रको सामाजिक तथा आर्थिक उन्नतिमा समेत सहयोग पुगेको छ ।

एरो ब्रिक्स कम्पनीका आगामी योजनाहरु 
नेपालमा नवनिर्माण सामग्रीको रुपमा भित्र्याइएको एएसी ब्लकलाई निर्माण क्षेत्रको
एक अग्रणी निर्माण सामाग्री बनाउन कम्पनी लागिपरेको छ । अबको ३–४ बर्ष भित्र इट्टाको बजार हिस्साको २५ देखि ३० प्रतिशत एएसीले विस्थापन गर्ने कम्पनीका बजार तथा बिक्री प्रबन्धक गोबिन्द रिमालले बताउनुभयो । पूर्व मेची देखि महाकाली सम्मका सबै स्थानहरुमा आफ्नो वितरण संजाल निर्माण गरि आक्रामक बजारीकरण गरिरहेको पनि रिमालले बताउनुभएको छ । नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रिय स्तरको एएसी ब्लक उचित मुल्यमा उपलब्ध गराउनु कम्पनीको मुख्य उद्दश्य रहेको छ ।

अन्त्यमा,

नेपालमा एएसी ब्लकको उत्पादन सुरु भइ बजारीकरण गर्दैगर्दा भारतबाट अनियन्त्रित रुपमा कम गुणस्तरीय ब्लक भित्रिने क्रम पनि बढेको छ, यसले नेपाली लगानीकर्ता र उद्योगलाइ नकारात्मक असर पुग्ने हुँदा राज्यले नै यो व्यवसायलाई संरक्षण गर्न आवश्यक नीति निर्माण गरि स्वदेशी उत्पादनलाई प्रोत्साहन र विदेशी आयातलाइ कडाइ गर्नु जरुरि छ । राज्य स्तरबाट यो उद्योगलाइ सहि सम्बोधन भएमा यसले देश विकाशमा ठुलो टेवा पुर्याउने र एक दिगो उद्योग हुनेमा कम्पनि दुइमत रहँदैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2024 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : SobizTrend Technology