उपत्यकाव्यापी हस्तलेखन प्रतियोगितामा नेशनल मोडल च्याम्पियन


बालाजु नेपालटार स्थित सञ्चालित नेशनल मोडल इङ्गलिस सेकेण्डरी स्कुलले उपत्यकाव्यापी हस्तलेखन प्रतियोगितामा सिनियर तथा जुनियर दुवै तर्फको उपाधि जित्न सफल भएको छ ।

कसमस एजुकेसनल ट्रेनिङ सेन्टर द्वारा शनिवार आयोजित उक्त कार्यक्रमकाे समापन समाराेहमा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादबले उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाई नगद, ट्रफि, मेडल र प्रमाणपत्र सहित सम्मानित गर्नुभएको थियो ।


यसपटकको प्रतियोगितामा नेशनल मोडल स्कुलमा कक्षा ७ मा अध्ययनरत छात्रा विरुना तामाङ जुनियर तर्फ प्रथम र कक्षा ८ मा अध्ययनरत छात्रा प्रिन्सिका बरालले सिनियर तर्फ प्रथम स्थान हासिल गरी जनहि २५ हजार नगद तथा ट्रफि र प्रमाणपत्र प्राप्त गरेका थिए ।

विद्यालयका प्रिन्सिपल डिएन अधिकारी उक्त विद्यालयले विद्यार्थीहरुलाई अध्ययन अध्यापनको अलावा अतिरिक्त शैक्षिक गतिविधिहरुमा समेत विद्यार्थीहरुलाई संलग्न गराउँदै आएको र विद्यार्थीहरुको अन्तरनिहित क्षमता प्रस्फुटन र वैयक्तिक विकासमा सहयोग पुर्याउँदै आएको कारण विद्यार्थीहरुले निरन्तर रुपमा यस्ता उपलब्धि हासिल गर्न सफल भएको बताउनुभयो ।

विद्यालयले यस भन्दा अघी पनि निरन्तर रुपमा राष्ट्रिय एवं अन्तराष्ट्रिय स्तरका विभिन्न उपलब्धि तथा पुरस्कारहरु हासिल गर्दै आएको छ ।

आगामी दिनमा समेत विद्यालयले संस्कार सहितको व्यावहारिक शिक्षामा जोड दिँदै थप शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने र महत्वपुर्ण शैक्षिक गञ्तव्यको रुपमा विद्यालयलाइ विकास गर्दै लैजाने योजनामा आफुहरु रहेको समेत प्रिन्सिपल अधिकारीले सेतोघर डट कमलाई बताउनुभएको छ ।

विद्यार्थीलाइ थप प्राेत्साहित गर्ने उद्देश्यले यसपटकको हस्तलेखन प्रतियोगितामा महत्वपूर्ण सफलता हासिल गर्न सफल विद्यार्थीहरुलाई विद्यालयकाे तर्फबाट समेत सम्मान गरिएको छ ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: