बाल दिवस २०७६ – कवि दिनेश पाण्डे

बाल दिवस २०७६ – कवि दिनेश पाण्डे


  • सेतो घर
  • आइतवार, भदौ २९, २०७६
  • 605
    SHARES

पाएर मात्र हुनु के अधिकार सुन्न।

पाउन्न लाउन र उफ्रन खान खेल्न ।।

भोकै बसेर अझ भाषण सुन्छ आज।

यो बालको दिवस हो पनि भन्न लाज।।१

माता-पिता र गुरुको पनि छैन ढङ्ग।

खाली छ पेट अझ आङ सदा उदाङ्ग।।

यस्तै छ देशभर बालसमाज आज ।

यो बालको दिवस हो पनि भन्न लाज।।२

 

जो सान हो मुलुकको अनि हो भविष्य ।

जो राष्ट्रको सुमन बन्दछ रे अवश्य ।

खाते बनेर चिनिँदैछ समाज माझ।

यो बालको दिवस हो पनि भन्न लाज।।३

 

कोही सुनेर कविता सहजै छ दङ्ग ।

छोपिन्छ भाषण सुनी कसरी र अङ्ग ।।

थुन्दैछ नेत्र किन हो सरकार आज।

यो बालको दिवस हो पनि भन्न लाज।।४

 

       (२०७६ बालको दिवसको  अवसरमा  )

प्रतिक्रिया
ताजा अपडेट

© 2024 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : SobizTrend Technology