फर्निचर तथा फर्निसिङ एक्स्पोमा अवलोकनकर्ताको भीड

फर्निचर तथा फर्निसिङ एक्स्पोमा अवलोकनकर्ताको भीड

४० हजारले गरे अवलोकन


  • सेतो घर
  • शनिबार, भदौ २८, २०७६
  • 267
    SHARES

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । बुधबारदेखि सुरु भएको एक्स्पोको शुक्रबारसम्ममा ४० हजारभन्दा बढीले अवलोकन गरेका छन् ।

फर्नेक्स २०१९ का संयोजक मनीष अग्रवालका अनुसार शुक्रबार बेलुकासम्ममा ४० हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका छन् । ‘विगत वर्षको जस्तै अवलोकनकर्ताको उल्लेख्य सहभागिताले हामी उत्साहित बनेका छौं । ५ दिनमा ७५ हजारभन्दा बढीले एक्स्पो अवलोकन गर्ने विश्वास लिएका छौं ।’ अग्रवालले भने । उनका अनुसार बिहीबारसम्ममा ३० हजारभन्दभ बढीले मेला अवलोकन गरेका थिए ।

फर्नेक्स २०१९ को शिर्ष प्रायोजक जेम फ्लोरिङले गरेको छ भने मुख्य प्रायोजकमा हेरिटेज फ्लोरिङ कार्पेट इण्डस्ट्रिज प्रा.लि, हाइटेक्स कार्पेट, जेन्शा कार्पेट र हलेसी डेकोर रहेका छन् । एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको सपोर्ट छ । त्यसैगरी यस एक्स्पोलाई नेपाल हस्तकला महासंघ, नेपाल इन्टेरियर डिजाइनर एशोसीएसन र स्पेसेज म्यागजिनको पनि सपोर्ट छ । एक्स्पोको बीमा पार्टनर एभरेष्ट इन्स्योरेन्स रहेको छ ।

एक्स्पोको व्यवस्थापन इभेण्ट सोलुसन प्रालिले गरेको छ । एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १ सय २० भन्दा बढी प्रदर्शकहरुको सहभागिता रहेको छ ।

किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री एक्स्पोको मुख्य आकर्षण बन्ने विश्वास गरिएको छ । यसैगरि कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन पनि एक्स्पोको आकर्षण बन्ने छ ।

फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्याउने अपेक्षा गरिएको छ । नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१२ देखि नियमित रुपमा फर्नेक्स मेलाको आयोजना हुँदै आएको छ ।

नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा राजधानीको भृकुटीमण्डपमा जारी एक्स्पोको गत बुधबार उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गरेका थिए । एक्स्पो भदौ २९ गतेसम्म सञ्चालन हुनेछ ।

मुलुकभर १० हजार फर्निचर तथा फर्निसिङ व्यवसायीमार्फत ५ लाखभन्दा बढीले रोजगारी पाइरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2024 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : SobizTrend Technology