पूर्वाञ्चलमा मूल्याङ्कनकर्ता इन्जिनियरहरुलाइ तालिम


इटहरी । सम्पत्ति मूल्यांकन गर्ने मूल्यांकनकर्ताहरूलाई तालिम दिईएको छ । नीतिगत अस्पष्टता र जग्गा मुल्याङकन सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको हो । करीब ३ दर्जन इन्जिनियरहरुलाई धनकुटाको भेडेटारमा नेपाल भ्यालुयर्स एसोसिएसन पूर्वाअञ्चलले तालिम आयोजना गरेको हो ।

चल, अचल सम्पत्तिको धितो मुल्याङकन सम्बन्धी तालिम दिईएको थियो । एक जना मुल्यांकनकर्ताले गलत गर्दामा निकै ठुलो आर्थिक क्षती हुने तथा पेशाप्रतिनै बदनाम हुने भन्दै यसलाई ब्यवस्थित बनाउँन तालिम आयोजना गरेको बताईएको छ । इन्जिनियरहरुलाई अझै दक्ष बनाउँदै लौजान तालिमको आयोजना गरिएको जनाएको छ ।


तालिममा पाँचथर देखि सिराह सम्मका ३१ जना मुल्याङकन कर्तालाई तालिम दिएको हो । तालिममा इन्जिनियर देवेन्द्रकुमार श्रेष्ठ,शुशिल आमात्य,दिनेशकमार पाठक लगायतले तालिम दिएका हुन । कार्यक्रममा भूतपूर्व मालमोत अधिकृत किरण भट्टराई,नापि अधिकृत प्रविण प्रताप शाह,नारायण कोईराला,बद्रिप्रसाद शर्मा लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रममा बोल्दै नेपाल भ्यालुयर्स एसोसिएसनका अध्यक्ष ऋषि कोइरालाले मुल्यांकनकर्तालाई सानो गल्तीमा समेत कानुनी प्रक्रिया बिनै कालोसुचिमा राख्ने तथा बैकिङ कसुर जस्ता बिभिन्न किसिमका लान्छना लगाएर हतोत्साहीत पार्ने काम भइरहेको बताए । उनले आफुहरु बलियो बन्न यस्ता तालिम आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममो समापनमा नेपाल राष्ट्रबैकका निर्देशक रोषणकुमार सिग्देलले सहभागीलाई प्रमाणपत्र दिएका थिए । कार्यक्रम नेपाल भ्यालुयर्स एसोसिएसनका पूर्वाअञ्चल अध्यक्ष आमोदराज आचार्यको अध्यक्षतामा भएको थियो । कार्यक्रमको संयोजक विमलप्रताप शाक्यले गरेका थिए ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: