मेराे अनुभवमा काठमाडाै‌ महानगरपालिका व्यवस्थित बन्न नसक्नुका कारणहरुः डा‍ उत्तर कुमार रेग्मी


डा‍ उत्तम कुमार रेग्मी* विभागीय प्रमुख, शहरी पूर्वाधार विकास समिति (काठमाडौं महानगरपालिका)

 

– अहिले महानगरको विकासको लागि हामी सँग योजना छ । शून्यबाट काम गर्नुपर्ने अवस्था छैन । हाम्रो महानगरमा अनुभवी व्यक्तिहरु छौं । हामीसँग प्रविधि छ । हामीले अबका दिनमा हाम्रो विकास मोडल हामीले नै निर्माण गर्नुपर्छ भन्ने पनि छैन । अन्तराष्ट्रिय जगतबाट समेत त्यस बमोजिमको प्रविधि र योजनालाई नेपालको अनुकुलता बमोजिम भित्र्याएर काम गर्न सकिन्छ ।

– अहिले सम्म हामीले विकासको लागि अब कस्तो बाटो लिने भन्ने सम्बन्धमा एउटै टेबुलबाट निश्चित निचोड निकाल्न नसकेको कारण अहिलेको यो अवस्था आएको हुनुपर्छ । यस सम्बन्धमा हामी सबैले सोच्नु जरुरी छ ।

-कतिपय अवस्थामा तत्कालको अवस्थालाई मात्रै हेरेर सजिलो विकल्प दिने प्रचलन हाम्रो छ । तर सबै ठाऊँमा यसरी सजिलो विकल्प दिइनुहुँदैन । सिटामोल खान डाक्टरले सिफारिस गरेको अवस्थामा हामीेले काम चलिहाल्छ नि भनेर पारासिटामिल रोज्ने गर्छौं । यद्यपि ती दुईको अन्तर के पर्छ भन्नेमा हामीले कुनै विचार नै गर्दैनौं ।

 

म लामाे समय देखि पूर्वाधार क्षेत्रमा राजनीतिक दल, जनप्रतिनिधि, जनता एवं सरोकारवाला सबै पक्षसँग नजिक रहेर काम गर्दै आएको छु । म विचलित रुपमा विगत २५ बर्ष देखि यस क्षेत्रमा संलग्न छु, यद्यपि यस क्षेत्रमा भएका विकास सम्बन्धमा मैले २५ बर्षको अवधिमा पनि उपत्यकाको पूर्वाधार विकासको लागि उल्लेखनीय प्रगति भने केही पनि गर्न सकेको छैन । यस कार्यमा विभिन्न पक्षबाट कमजोरी भएको छ ।

काठमाडौं उपत्यकाको विकास कार्यले अहिले सम्म जुन गति लिनुपर्ने थियो, त्यो गतिको अघी बढ्न नसक्नुमा हाम्रो कमजोरी अवश्य पनि भएको छ । यस कार्यमा हाम्रो विकासको खाका के हुने भन्ने सम्बन्धी हामीले स्पष्ट खाका बनाउन नसक्नु नै मुख्य हो । यसको अलावा हाम्रा राजनीतिक दल, प्राविधिक जनशक्ति, हाम्रो नेतृत्व, मुलुकमा प्रविधि सही प्रयोगको अभाव लगायतका विभिन्न किसिमका समस्या आएका पनि हुन सक्छन् ।

अहिले सम्म हामीले विकासको लागि अब कस्तो बाटो लिने भन्ने सम्बन्धमा एउटै टेबुलबाट निश्चित निचोड निकाल्न नसकेको कारण अहिलेको यो अवस्था आएको हुनुपर्छ । यस सम्बन्धमा हामी सबैले सोच्नु जरुरी छ । यद्यपि अहिले सम्म यो अवस्था भने बन्न सकेको छैन । जसले गर्दा हामीले अहिले हामीले खरबाै‌ रकम खर्च गरेपनि जुन गतिमा हामीले त्यो उपलब्धि हासिल गर्नुपर्ने थियो त्यो हुन नसकी उपलब्धि केवल लाख र करोडमा सीमित हुन पुगेको छ । अहिले पनि नेपाल राम्रो ट्रयाकमा जान सकेको छैन । काठमाडौं महानगरपालिकाको अवस्था अहिले पनि उस्तै छ । हामीले काठमाडौं महानगरपालिकाको जुन सपना देखेका छौं । ती सपनाहरु कहिले सम्पन्न हुन्छन् भनेर अहिले पनि भन्न सकिने अवस्था अहिले पनि छैन । नेपालमा अहिलेको अवस्था झन् जटिल बन्दै गएको छ ।

विगतमा हामीले काम शुरु गर्दा नगरपालिकाको काम नगरपालिकाले र गाविसको काम गाविसले नै गर्नुपर्ने अवस्था थियो तर अहिले भने एउटा निकायमा काम गर्ने विभिन्न निकायहरु छन् । तर कुन काम कसले कसरी गर्ने, आफ्नो निकायमा सञ्चालित कुन प्रोजेक्ट सम्पन्न गर्न कहाँबाट कसरी पैसा आएको छ भन्ने सम्बन्धमा सर्वसाधारण जनता त के माथिल्लै निकायमा रहनेलाई समेत थाहा नहुने अवस्था छ । जनप्रतिनिधिहरु वास्तवमा जनताप्रति उत्तरदायि हुनुपर्ने भएपनि अहिले सम्म नेपालमा त्यस किसिमको परिस्थिति बन्न सकेको छैन ।

अबका दिनमा हामीले लिने बाटो के हुने भन्ने सम्बन्धमा सम्बन्धित सबै पक्ष विशेष छलफलको माध्यमबाट एउटै निचोडमा पुगेर समस्या समाधानार्थ काम गर्नु जरुरी छ । तर अहिले सम्म यस कार्यको लागि पहल नगरिँदा हाम्रो अवस्था कमजोर बनेको छ ।

हामी कमजोर छैनौं 
हामीसँग सीप छ । प्रविधि पनि छ । प्रविधिको उपयोग गर्ने क्षमता पनि छ । हरेक नेपाली अहिले आधुनिक विकसित सफ्टवेयर प्रति जागरुक छन् । सबैले आफ्नो लागि यस्ता प्रविधिहरु स्मार्टफोनमा डाउनलोड गरेर उपयोग गरिरहेका छन् । यद्यपि सामुहिक हितको लागि भने अहिले सम्म यस किसिमको पहल गर्न कसैले चासो राखेको अवस्था छैन । हामीले पनि सकेका छैनौं । तर अब ढिला गर्नुहुँदैन । हाम्रो अवस्था दिनानुदिन कमजोर बन्दै गएको छ । शून्य भन्दा पनि तल । अहिले माइनसमा छौं हामी । नेपाल अब त सुधार हुन्छ भन्दा भन्दै हाम्रो बौद्धिक जनशक्ति नेपाल कुरेर बसिरहन सक्ने अवस्था त अति नै न्यून छ । आगामी पुस्ता (जो आधुनिक प्रविधिमा अपडेटेड छन्, उनीहरु) नेपालमा रहिरहन सक्ने अवस्था पनि छैन । उनीहरु नेपालको अवस्था देखेर पलायन भइरहेका छन् । जसले गर्दा समग्र नेपालको अवस्था अझ कमजोर बन्दै गएको छ । यस प्रति कसैको पनि चासो जान नसक्नु दुखद कुरा हो ।

यस्तो अवस्थामा अब हाम्रो मुलुकलाई कसरी सही ट्रयाकबाट अघी बढाउने भन्ने सम्बन्धमा तत्कालै जनअपेक्षा सम्बोधन हुने किसिमको उपयुक्त समाधान दिन सरकारले कडा निर्णय गर्नु जरुरी छ । होइन भने आफ्नो र मुलुकको बारेमा सोच्ने बौद्धिक व्यक्तिहरुलाई मुलुकले पाउन अर्को एक शताव्दी कुर्नुपर्ने हुन्छ ।

सजिलो विकल्प नरोजौं 
कतिपय अवस्थामा तत्कालको अवस्थालाई मात्रै हेरेर सजिलो विकल्प दिने प्रचलन हाम्रो छ । तर सबै ठाऊँमा यसरी सजिलो विकल्प दिइनुहुँदैन । सिटामोल खान डाक्टरले सिफारिस गरेको अवस्थामा हामीेले काम चलिहाल्छ नि भनेर पारासिटामिल रोज्ने गर्छौं । यद्यपि ती दुईको अन्तर के पर्छ भन्नेमा हामीले कुनै विचार नै गर्दैनौं ।

राम्रो गर्नेलाई पुरष्कृत गर्न सक्नुपर्छ 
अझै नेपाल पूर्ण रुपमा बिग्रिइसकेको छैन । कतिपय व्यक्तिहरुले त यहाँ निकै राम्र्रो काम गरेका छन् तर उनीहरुको कामको मूल्यांकन भएको छैन । उनीहरु केवल आफ्नो सन्तुष्टिको लागि गरेका छन् । यद्यपि अधिकांशमा आफ्नो दायित्वबोध गरेर काम गरेको अवस्था भने निकै न्यून छ । नेपालमा काम गर्ने र नगर्ने बीचको दूरी एउटै रहने र गलत काम गर्ने व्यक्ति नै पुरष्कृत हुने साथै काम नगर्नेलाई दण्डसजायको व्यवस्था समेत हुने अवस्था नरहेको कारण नेपालले जुन तीव्र्र गतिमा विकास कार्य अघी बढ्नुपर्ने थियो, त्यो हुन सकेको छैन । महानगरपालिकाको अवस्था पनि त्यही छ । जसले गर्दा हामीले जुन द्रुतताको साथ अघी बढाउनुपर्ने थियो, त्यो हिसाबले दिगो योजना सहित काम गर्न सकेका छैनौं ।

|उत्प्रेरित गर्नुपर्छ, तरिका विभिन्न हुन सक्छन् 
हामीले आफू मातहतका कर्मचारी एवं सम्बन्धित पक्षलाई राम्रो तवरले मोटिभेट गर्न सकेको खण्डमा मात्र हामीले चाहेबमोजिम कामलाई गुणस्तरीय बनाउन सक्ने सम्भावना रहन्छ । यसको लागि उनीहरुलाई प्रोत्साहन मिल्ने गतिविधिहरु सञ्चालन गर्नुपर्छ । आफूले सिकेको ज्ञान, सीप शेयर गर्ने, अनुभव आदानप्रदान गर्ने, उनीहरुका अप्ठ्याराहरुको बारेमा जानकारी लिई समाधानको लागि पहल गर्ने, समय समयमा वर्कशप र सेमिनार आयोजना गर्ने, कार्यस्थलमा पुगेर हौसला दिने लगायतका तरिका अपनाएमा कामको गुणस्तरीयतामा समेत अवश्य सुधार गर्न सकिन्छ ।

योजना कार्यान्वयन महानगरकै नीतिबमोजिम हुनुपर्छ 
महानगरपालिका क्षेत्रमा कामको डुप्लिकेसन एक ठूलो समस्या बनेको छ । मुलुकका हरेक कामहरु योजना आयोगको प्रक्रिया अनुसार नै अघी बढाउने र ती कामलाई प्रभावकारी बनाउनको लागि सम्बन्धित सबै पक्षलाई जिम्मेवार बनाउनुपर्ने भएपनि अहिले सम्म त्यो हुन सकेको छैन । हामीले महानगर भित्र कुनै काम अघी बढाउने क्रममा त्यसलाई कस्तो गुणस्तरयुक्त बनाउने भन्ने कुरा महानगरको गुणस्तर नीति बमोजिम नै गर्नुपर्छ । यसको लागि एकद्वारबाटै नीतिलाई कार्यान्वयनमा लैजानुपर्छ । तर अहिले महानगरपालिकाको विकासको लागि प्रधानमन्त्री विकास कोष, सांसद विकास कोष, प्रदेश सरकार, स्थानीय सरकार, सडक विभाग लगायतका विभिन्न निकायले काम गरिरहेका छन् । यद्यपि ती निकायबीच न्यूनतम सहकार्य समेत छैन । जसले गर्दा गुणस्तरमा समेत एकरुपता छैन । जुनसुकै योजनाबाट बजेट आएपनि महानगरपालिका क्षेत्र भित्र हुने काम महानगरपालिकाले तोकेको मापदण्डमा रहेर सोही गुणस्तरको हुनैपर्छ भन्नेमा सबैलाई ज्ञान हुनुपर्छ । साथै आफू जुन निकाय र जिम्मेवारीमा भइन्छ, सोही जिम्मेवारीबाट गर्नुपर्ने काम पूर्ण जिम्मेवारीको साथ गर्नुपर्ने वातावरण सृजना हुन सकेको खण्डमा मात्र हामीले हाम्रो विकास कार्यलाई दिगो बनाउन सक्छौं ।

महानगरमा बाह्य हस्तक्षेत्र हुनुहुँदैन 
काठमाडौं महानगरपालिका क्षेत्रलाई कसरी व्यवस्थित गर्ने सम्बन्धमा त्यसको ठूलो जिम्मेवारी महानगरको मेयरकै हुने गर्छ । अहिले सबैको कार्यक्षेत्र स्पष्ट छ । यद्यपि अहिलेको अवस्थामा महानगरपालिकालाई बाह्य शक्तिबाट हस्तक्षेप गरिएको छ । जसरी आफ्नो घर भित्रको काम के गर्ने र कसरी गर्ने भन्ने कुराको जिम्मेवारी सम्बन्धित घरधनीकै हुने गर्छ, त्यसरी नै महानगर क्षेत्रलाई कस्तो बनाउने र कसरी त्यो अवस्थामा लैजाने भन्ने सम्बन्धमा पनि महानगरपालिका नै आधिकारिक निकाय भएकोले महानगर नै जिम्मेवार हुनुपर्छ । महानगरपालिकामा विभिन्न श्रोतबाट प्राप्त हुने रकमलाई कहाँ र कसरी खर्च गर्ने भन्ने सम्बन्धमा ती निकाय (सांसद विकास कोष, प्रदेश सरकार, संघीय सरकार, दातृ निकायहरु, वडा कार्यालय लगायत) सँग बसेर रकम आउने श्रोत र त्यसको खर्च कहाँ र कसरी गर्ने र त्यसबाट कस्तो उपलब्धि अपेक्षा गर्ने भन्ने सम्बन्धमा निक्र्योलमा पुग्नुपर्छ । साथै औचित्यपूर्ण तवरले त्यस्ता विशेष महत्वका कामहरु अघी बढाउनुपर्छ ।

महानगरमा नयाँ सोचको आवश्यकता छ 
काठमाडौं महानगरपालिका अहिले पनि सबैभन्दा बढी महत्व राख्ने सबैको चासो भएको नगरपालिका हो । यहाँ विभिन्न विकास गतिविधिहरु पनि भइरहेका छन्, नभएका होइनन् । तर ती कामलाई व्यवस्थित गर्न सकिरहेका छैनौं । अब हामी सोही बमोजिम निश्चित योजनाको साथ हाम्रा गतिविधि अघी बढाउन तयार हुनुपर्छ । तबमात्र हाम्रो महानगर जनताको चासोलाई सम्बोधन गर्दै दिगो विकास अवधारणा बमोजिम अघी बढ्न सफल हुनेछ ।

सबै चीज हामीसँगै छन् 
अहिले महानगरको विकासको लागि हामी सँग योजना छ । शून्यबाट काम गर्नुपर्ने अवस्था छैन । हाम्रो महानगरमा अनुभवी व्यक्तिहरु छौं । हामीसँग प्रविधि छ । हामीले अबका दिनमा हाम्रो विकास मोडल हामीले नै निर्माण गर्नुपर्छ भन्ने पनि छैन । अन्तराष्ट्रिय जगतबाट समेत त्यस बमोजिमको प्रविधि र योजनालाई नेपालको अनुकुलता बमोजिम भित्र्याएर काम गर्न सकिन्छ ।

अब हामीले हाम्रो सडकलाई सोही बमोजिम योजनावद्ध तवरले स्ट्राटेजी रोडहरु निर्माणको लागि पहल गर्दैछौं । अब महानगरले योजनाबद्ध विकासको ट्रयाक लिन लागेको छ । यसबाट मात्र हामीले चाहे बमोजिमको विकास सम्भव हुन सक्छ ।

दायित्व र कार्य दायरा भित्र रही काम गर्नुपर्छ 
हरेक निकायमा प्रत्येक व्यक्ति ठाऊँ अनुसार आफ्नो महत्वपूर्ण भूमिकामा हुन्छ । हुनतः म महानगरको विभागीय प्रमुख हुँ । तैपनि नक्सा पास गर्दा म भन्दा तल्लो स्तरको अमिनबाट आवश्यक सल्लाह लिनुपर्छ । मैले अमिनको कार्यक्षेत्रमा हस्तक्षेत्र गर्नुहुँदैन । तर दुखको कुरा अहिले महानगरपालिका अन्तरगत विभिन्न ठाऊँमा सडक निर्माण गर्ने योजना बनाईंदा पनि ३० बर्ष देखि उक्त सडक विस्तारमा अवरोध सृजना हुँदै आएको छ । महानगरपालिका क्षेत्रमा काम गर्ने निकायहरु बीच समन्वयन हुन नसक्दा हामीले उक्त अवरोध हटाउन सकेका छैनौं । यसको लागि सबै पक्षबीच सहकार्य गरी यस्ता दिगो विकासमा बाधक बन्ने अवरोध हटाउन सबैले पहल गर्नुपर्छ ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: