पानी निर्यातको वृहद योजना सहित ‘नेपाल स्प्रिङ’ ब्राण्डको पानी बजारमा आउँदै

पानी निर्यातको वृहद योजना सहित ‘नेपाल स्प्रिङ’ ब्राण्डको पानी बजारमा आउँदै

दशैं पश्चात् सञ्चालनमा ल्याउने योजनामा स‌चालकहरु


  • सेतो घर
  • बुधबार, भदौ २५, २०७६
  • 1978
    SHARES

हाल सञ्चालनमा आउन लागेको वेभ नेपाल प्रा.लि.ले पूर्ण स्वचालित सिष्टमबाट पानी उत्पादन गर्दैछ । सम्भवतः यस कम्पनीले नेपाली बजारमा आफ्नो उत्पादन दशैं लगत्तै सार्वजनिक गर्ने योजना बनाएको कम्पनीका सञ्चालक शालिकराम ढुङ्गाना बताउँछन् । त्यसपश्चात् प्रक्रियागत रुपमा विदेशी बजारमा समेत पानी निर्यातको योजनामा आफूहरु रहेको उनले बताए ।

नेपालमा पानी उत्पादन क्षेत्रमा लामो समय देखि संलग्न केही जागरुक व्यवसायीहरु पानी निर्यातको लागि सक्रिय बन्दै गएका छन् । पछिल्लो समय पानी निर्यातको लागि एउटै व्यक्तिको लगानीबाट ठूलो क्षमतामा उद्योग सञ्चालन गर्न कठिनाई हुन सक्ने कारण व्यवसायीहरुले सामुहिक लगानी अवधारणा बमोजिम ठूलो लगानीमा यस्ता उद्योगहरु सञ्चालनको लागि काम अघी बढाइरहेका छन् ।

यसरी पानी निर्यातको लागि काम अघी बढाएका केही कम्पनीहरु मध्ये ठूलो क्षमतामा उत्पादनमा जान लागेको एउटा कम्पनी हो वेभ नेपाल प्रा.लि । यस कम्पनीले ‘नेपाल स्प्रिङ’ ब्राण्डमा पानी उत्पादन गर्न लागेको कम्पनीका अध्यक्ष विकास खत्रीले सेतोघर डट कमलाई बताउनुभयो । पूर्ण स्वचालित मेसिन जडित यस उद्योगले प्रति घण्टा १ हजार कार्टुन सम्म पानी उत्पादन गर्ने क्षमता राख्नेछ ।

बजारको माग बमोजिम उद्योग २४सै घण्टा समेत सञ्चालन गर्न सकिनेछ । यसैगरी कम्पनीले प्रति घण्टा ८ सय ५० जार पानी उत्पादन गर्ने र उक्त पानी सिधै आफैंले उपभोक्ता सम्म पु¥याउने योजना समेत बनाएको छ । यस कम्पनीले २० लिटर क्षमताको जारमा उपलब्ध हुने पानीको अलावा ३५० मि.लि, ५०० मि.लि, ९०० मि.लि. र १ लिटर क्षमताका आकर्षित बोत्तलमा समेत पानी प्याकेजिङ गरी बजारमा उपलब्ध गराउनेछ ।

पानी उत्पादन क्षेत्रका ४ जना अनुभवी व्यवसायीहरु शालिकराम ढुङ्गाना, विकास खत्री, राजु रिमाल, पुनकाजी महर्जन संलग्न रहेको यो कम्पनीले दशैं लगत्तै व्यावसायिक प्रयोजनले नेचुरल स्प्रिङ वाटर उत्पादन गर्नेछ । उक्त पानी शुरुका दिनमा नेपाली बजारमा नै उपलब्ध गराइनेछ भने क्रमशः बाह्य बजारमा निर्यातको लागि पहल गरिनेछ । खासगरी आफूहरु कतारलाई लक्षित गरी यो पानी उद्योग सञ्चालन गर्न लागेको समेत कम्पनीका अध्यक्ष खत्रीले बताएका छन् ।

हाल सञ्चालनमा आउन लागेको वेभ नेपाल प्रा.लि.ले पूर्ण स्वचालित सिष्टमबाट पानी उत्पादन गर्दैछ । सम्भवतः यस कम्पनीले नेपाली बजारमा आफ्नो उत्पादन दशैं लगत्तै सार्वजनिक गर्ने योजना बनाएको कम्पनीका सञ्चालक शालिकराम ढुङ्गाना बताउँछन् । त्यसपश्चात् प्रक्रियागत रुपमा विदेशी बजारमा समेत पानी निर्यातको योजनामा आफूहरु रहेको उनले बताए ।

निर्यात कहाँ हुँदैछ ?
यस कम्पनीको मुख्य लक्षित बजारको रुपमा कतार रहनेछ । नेपाली बजारमा उत्पादित पानी साउदी, दुबई लगायतका गल्फ मुलुकहरुमा निर्यात गर्ने योजनामा समेत छ यो कम्पनी । यसैगरी कम्पनीबाट उत्पादित पानी आवश्यकता बमोजिम भारतमा समेत निर्यात गर्न सकिनेछ ।

अबको सम्भावना 
अहिले नेपालबाट विदेशमा पानी निर्यातको लागि राम्रो सम्भावना भएपनि यसको लागि अझै राज्यबाट आवश्यक नीतिगत व्यवस्था भने नभएको कारण अहिलेकै अवस्थामा पानी निर्यात गर्दा विभिन्न समस्याहरु भोग्नुपर्ने अवस्था छ । यद्यपि अहिले पानी निर्यात राज्यको समेत प्राथमिकता प्राप्त क्षेत्र भएको कारण यसको लागि राज्यबाट छिट्टै आवश्यक व्यवस्था गरिनेमा यस कम्पनीका सञ्चालकहरु आशावादी छन् ।

राज्यको प्राथमिकतामा पानी निर्यात 
नेपालमा प्रशोधित पिउने पानी उत्पादन गरी विदेशी बजारमा निर्यात गर्दा थप मूल्य अभिवृद्धि गरी तुलनात्मक रुपमा स्वदेशी बजारको तुलनामा राम्रो मुनाफा लिन सकिने अवस्था छ । सोहीबमोजिम नै यस आर्थिक बर्ष देखि नेपालमा उत्पादित पानीलाई विदेश निर्यात गर्न समेत राज्यले बाटो खोलिदिएपछि व्यवसायीहरु निकै जागरुकताको साथ यस क्षेत्रका लगानी विस्तार गर्न आकर्षित भइरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2024 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : SobizTrend Technology