व्यवस्थित विकासमा इन्जिनियरिङकाे भूमिका


इन्जिनियर कृष्ण देव यादब, प्रबन्ध निर्देशक, एभरेष्ट इन्जिनियरिङ कन्सल्टेन्ट|

 

नेपालको विकास निर्माणलाई माथि उठाउन इन्जिनियरिङ क्षेत्रको निकै महत्वपूर्ण भूमीका रहेको छ । पछिल्लो समय व्यवस्थित रुपमा विकास अवधारणा अघी बढाउने क्रममा यस क्षेत्रको महत्व अझ बढेको छ । अहिले यस क्षेत्रको दायरा समेत निकै नै विस्तार भएको छ । पछिल्लो समय यस क्षेत्रमा निकै नै ठूलो सङ्ख्यामा युवाहरुको संलग्नता समेत बढेको छ । यहीँ नै इन्जिनियरिङ शिक्षाको औपचारिक शैक्षिक कार्यक्रम सञ्चालन हुनुले समेत निकै ठूलो सहयोग पुगेको छ ।

यद्यपि शैक्षिक संस्थाहरुबाट अध्ययन गरेका व्यक्तिहरुमा जुन दक्षता विकास हुनुपर्ने हो, त्यो भने हुन नसक्दा हामीले उनीहरुलाई सिधै सम्बन्धित कामको जिम्मेवारी दिन सकिने अवस्था भने कम कम छ । शैक्षिक संस्थाहरुबाट उत्पादित जनशक्तिमा व्यावहारिक र प्रयोगात्मक अनुभव नहुने कारण यस्तो अवस्था देखिएको हुनुपर्छ । यसकारण अध्ययन पश्चात् केही समयको आवधिक तालिम र्काक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता समेत देखिएको छ । यो पहल नेपाल सरकार मातहत नै हुनुपर्छ ।

 

-नेपालमा अहिलेको समयमा अझै पनि राज्यका सबै निकायहरु राम्रो तवरले सञ्चालन हुन नसकेको, अधिकार र कर्तव्यको स्पष्ट व्याख्या नभएको, नीतिनियमहरु आपसमा बाझिएका, कुनै कमजोरी हुँदा कारवाही गर्नको निम्ति सम्बन्धित निकायलाई प्रयाप्त अधिकार उपलब्ध नभएको, राजनीतिक प्रभावहरु कायम रहेका, आफ्नो उत्तरदायित्व बोध गरी कार्यसम्पादन गर्ने व्यक्ति र संस्थाहरुलाई सम्मान गर्ने परम्परा विकास हुन नसकेको लगायतका कारण समेत नेपालमा जुन तवरले पारदर्शिता र सुशासन कायम हुनुपर्ने थियो, त्यो हुन सकेको छैन ।

-नेपालमा अहिले सम्म पनि जुन रुपमा दिगो विकास अवधारणा बमोजिम विकास कार्यहरु हुनुपर्ने हो, त्यो हुन सकेको छैन । नेपालमा गाउँपालिका संरचनामा पहिलो पहिलो पटक लागु गरिएको हुनाले नयाँ योजनाहरु अघी बढाउने क्रममा दिगो विकासलाई ख्याल गरेर तय गर्नु जरुरी छ ।

राज्यको भूमीका 
जुनसुकै क्षेत्रलाई पनि व्यवस्थित गर्नको निम्ति राज्य संयन्त्रको विशेष भूमीका रहने गर्छ । नेपालमा यस इन्जिनियरिङ क्षेत्रलाई व्यवस्थित गर्ने क्रममा पनि नेपाल सरकारले जुन भूमीका निर्वाह गर्नुपर्ने थियो, त्यो अहिले सम्म भने हुन सकेको छैन । साथै निजी क्षेत्रका इन्जिनियरहरुको छाता सङ्गठनको रुपमा रहेको नेपाल इन्जिनियरिङ एसोसिएसनले पनि इन्जिनियरहरुको तालिम, प्रशिक्षण र व्यवस्थापनको लागि जुन रुपमा प्रभावकारी तवरले काम गर्नुपर्ने थियो, त्यो गर्न सकेको छैन । साथै यस क्षेत्रमा विभिन्न समस्याहरु छन् । कतिपय समस्या राज्यको नीतिका कारणले उत्पन्न भएका छन् भने कतिपय व्यवसायीहरुकै कारण सृजना भएका छन् । ती सबैलाई व्यवस्थित गर्ने कार्यमा राज्य संयन्त्र विशेष चासोको साथ लाग्नु जरुरी रहन्छ ।

इन्जिनियरिङ क्षेत्रमा मेरो संलग्नता 
म यस क्षेत्रमा वि.सं २०५२ देखि संलग्न भएको हुँ । ईन्जिनियरिङ शिक्षा अध्ययन पूरा भएसँगै म यस क्षेत्रमा संलग्न भएको हुँ । यस बीचमा मैले निजी क्षेत्र तथा नेपाल सरकार समेतका विभिन्न भूमीका रही कार्यभार सम्हालेको छु । नेपाल सरकार अन्तरगतको युएन पार्कको कार्यकारी निर्देशकको रुपमा रही मैले उक्त पार्कलाई व्यवस्थित तवरले सञ्चालन गर्नको निम्ति विशेष पहल गर्ने अवसर समेत पाएँ ।

मैले आफ्नो निजी पहलमा सञ्चालन गरेको एभरेष्ट इन्जिनियरिङ कन्सल्टेन्ट मार्फत समेत इन्जिनियरिङ अन्तरगतका थुप्रै प्रोजेक्टहरु सम्पन्न गरिसकेको छु । खासगरी नेपालमा सडक आयोजनाका विभिन्न आयोजनाको विस्तृत अध्ययन, सडक, पुल, खानेपानी योजना लगायतको विस्तृत अध्ययन तथा परामर्श लगायत निजी क्षेत्रबाट सञ्चालित योजनामा समेत मैले काम गर्दै आइरहेको छ । मैले दुर्गम क्षेत्र विकासको लागि समेत काम गरेको छु । शुरुका इन्जिनियरिङ फर्म सञ्चालन गरेपश्चात् शुरुका ७ बर्ष विभिन्न योजनाहरुका काम सम्पन्न गरिसकेपछि एडिबी, विश्व बैंक लगायतका दातृ निकायबाट सञ्चालित कार्यक्रमहरुमा समेत काम गर्ने अवसर पाएँ । मैले नेपाल सरकारको युएन पार्क विकास समितिमा कार्यकारी निर्देशकको रुपमा २ कार्यकाल गरी करिब ७ बर्ष सेवारत रहेपश्चात् अहिले पुन आफ्नै कन्सल्टिङ फर्म मार्फत काम गरिरहेको छु । पछिल्लो समय नेपालका पुल, झोलुङ्गे पुल, पक्की सडक लगायतका क्षेत्रमा सञ्चालित योजनाहरुको वातावरणीय अध्ययन गर्ने काममा मेरो संलग्नता रहँदै आएको छ ।

संघीय  नीति बुझ्न नसक्दा समस्या
अहिले मुलुक संघीय संरचनामा गएको कारण नेपालका ग्रामीण क्षेत्रका सरकारी कार्यालयहरुमा नयाँ कर्मचारीहरुले कामको जिम्मेवारी लिएर काम गरिरहेका छन् । यद्यपि अहिले भर्खर मात्र सेवामा प्रवेश गरेका कर्मचारी तथा इन्जिनियरहरुले नेपाल सरकारका नियमहरुको बारेमा राम्रो जानकारी प्राप्त गर्न नसक्ने भएका हुनाले कुन काम कसरी सम्पन्न गर्नुपर्ने हो भन्ने बारे जानकारी प्राप्त गर्न सकेका छैनन् । यसले गर्दा पनि कार्यालयहरु व्यवस्थित बन्न सकेका छैनन् । कुनै सेवा खरिद गर्ने राज्यका नियमहरु बुझ्न र आर्थिक प्रलोभनमा समेत परेको कारण रकम सही तवरले उपयोग हुन नसकेको मैले विभिन्न ठाऊँमा पाएको छु । राम्रो अनुभव नभएको र नियमहरु बुझ्न नसकेको कारण उत्पन्न हुने समस्या तालिम तथा सचेतनामूलक कार्यक्रमहबाट सुधार ल्याउन सकिन्छ । तर आर्थिक प्रलोभनमा परेर हुने कमजोरी भनेको व्यक्ति चरित्र र नियत सँग नै जोडिएर आउने समस्या हो । यसलाई समाधान गर्नको निम्ति नेपाल सरकारले छुट्टै निकाय स्थापना गरी नियमित रुपमा प्रभावकारी तवरले अनुगमन गर्ने र उपयुक्त कारबाहीको दायरामा ल्याउने व्यवस्था गर्नु जरुरी रहन्छ ।

पारदर्शिता र सुशासन आवश्यक छ 
नेपालमा अहिलेको अवस्थामा मुलुकको अर्थतन्त्रलाई माथि उठाउनको निम्ति सबै क्षेत्र पारदर्शी रुपमा सञ्चालित हुनुपर्छ । यसको लागि सबैभन्दा पहिले सबै तहका व्यक्तिहरु अर्थात नेपाल सरकारका विभिन्न निकायमा कार्यरत कर्मचारीहरु, परामर्शदाता, निर्माण व्यवसायी, राजनीतिक दल तथा स्थानीयहरु लगायत सबैमा सचेतना जागरण हुनु जरुरी रहन्छ । सबैले राष्ट्र प्रति आफ्नो भूमीका महत्वपूर्ण हुन्छ भन्ने कुरा बुझ्न सके मात्र आउन सक्ने यस्ता समस्याहरुलाई कमी ल्याउन सकिन्छ ।

नेपालमा अहिलेको समयमा अझै पनि राज्यका सबै निकायहरु राम्रो तवरले सञ्चालन हुन नसकेको, अधिकार र कर्तव्यको स्पष्ट व्याख्या नभएको, नीतिनियमहरु आपसमा बाझिएका, कुनै कमजोरी हुँदा कारवाही गर्नको निम्ति सम्बन्धित निकायलाई प्रयाप्त अधिकार उपलब्ध नभएको, राजनीतिक प्रभावहरु कायम रहेका, आफ्नो उत्तरदायित्व बोध गरी कार्यसम्पादन गर्ने व्यक्ति र संस्थाहरुलाई सम्मान गर्ने परम्परा विकास हुन नसकेको लगायतका कारण समेत नेपालमा जुन तवरले पारदर्शिता र सुशासन कायम हुनुपर्ने थियो, त्यो हुन सकेको छैन ।

नेपाल सरकार अन्तरगत अधिकार प्राप्त व्यक्तिमा समेत राष्ट्रको लागि नोक्सानीको निम्ति कुनै व्यक्तिबाट काम भएको खण्डमा आफूले जोखिम लिएर कारबाही प्रक्रियामा अघी बढाउनुपर्दा आफूलाई थप अप्ठ्यारो पर्ने भएको कारण त्यस्तो जोखिम लिन सक्ने अवस्था छैन । हामीले विभिन्न ठाऊँमा यस्ता अनियमितता भएको प्रमाण पाएको कारण हामीले आफ्नो समेत दायित्व सम्झिएर नेपाल सरकार अन्तरगतका निकायहरुलाई उपयुक्त व्यवस्था गर्नको निम्ति विभिन्न प्रयाशहरु नगरेका होइनौं । तर सम्बन्धित निकायबाट हामीले उपयुक्त व्यवस्थाको निम्ति पहल हुन सकेको भने पाएका छैनौं ।

आफू संलग्न क्षेत्रमा पूूर्ण रुपमा समर्पित हुनुपर्छ 
आफू संलग्न व्यक्तिले आफू जुन ठाऊँमा जुन कार्य सम्पन्न गर्ने उद्धेश्यले उक्त भूमीका निर्वाह गरिरहेको छ, त्यो भूमीका पूर्ण रुपमा उत्तरदायी तवरले पूरा गर्नुपर्छ । यसो हुन सकेमात्र हामीले आफ्नो कार्यलाई उत्तरदायी बनाउन सकिन्छ । यसको लागि सर्वप्रथम आफू अरुको निम्ति नभई आफ्नै निम्ति उत्तरदायी हुने क्षमता विकास गर्नुपर्छ ।

आवश्यक छ दिगो विकास अवधारणा 
नेपालमा अहिले सम्म पनि जुन रुपमा दिगो विकास अवधारणा बमोजिम विकास कार्यहरु हुनुपर्ने हो, त्यो हुन सकेको छैन । नेपालमा गाउँपालिका संरचनामा पहिलो पहिलो पटक लागु गरिएको हुनाले नयाँ योजनाहरु अघी बढाउने क्रममा दिगो विकासलाई ख्याल गरेर तय गर्नु जरुरी छ ।

संघीयतामा विकास मोडल 
संघीय संरचना बमोजिम विकास कार्य अघी बढाईंदा अहिले कुन ठाऊँको लागि कस्तो विकास आवश्यक छ, त्यसको अध्ययन गरी विकास कार्य अघी बढाउनुपर्छ । नेपालमा हामीले कुनै योजना कार्यान्वयनमा लैजानको निम्ति जुन मापदण्ड बनाएका हुन्छौं, सबै ठाऊँमा ती मापदण्ड लागु हुन सकेको पाईंदैन । सघन बस्तिको तुलनामा खाली ठाऊँमा मापदण्ड बमोजिम सबै सर्त पुर्याएर विकास गर्न सहज हुन्छ । ती ठाऊँमा बाटोघाटो निर्माण गर्दा वैज्ञानिक तवरले क्रसिङ, अण्डरपास, फ्लाई ओभर, व्यवस्थित पार्किङ लगायतमा विशेष ध्यान दिनुपर्छ ।

विकासको ढोका खुलेको छ 
अहिले स्थानीय योजनाहरुमा स्थानीय तहको नै संलग्नता रहने भएको कारण अहिलेको संरचना बमोजिम राम्रो तवरले काम गर्ने सोच र योजना हुने हो भने अब मुलुकका ग्रामीण क्षेत्रहरुको समेत विकासको लागि राम्रो ढोका खुलेको छ । आफैंले योजना निर्माण र बजेट उपयोग गर्न पाउने व्यवस्था भएको कारण अब विकास कार्य पनि व्यवस्थित तवरले अघी बढाउनुपर्छ । साथै विकास कार्यलाई गति दिन नेपालका ३ ओटै तहको उचित समन्वयन हुनु जरुरी छ ।

वास्तवमा अब यो क्षेत्रमा राम्रो सम्भावना छ । देशको समृद्धिको निम्ति इन्जिनियरिङ क्षेत्रको योगदान निकै महत्वपूर्ण रहने भएको कारण नेपालमा यस क्षेत्रलाई विशेष महत्वको रुपमा लिएर सोही बमोजिम अघी बढाउनुपर्छ ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: