नायब महालेखापरीक्षक काफ्लेलाई निजामती सेवा सम्मान


काठमाडौँ । महालेखापरीक्षकको कार्यालयका नायब महालेखापरीक्षक महेश्वर काफ्ले निजामती सेवा सम्मान २०७६ बाट सम्मानित भएका छन् ।
निजामती सेवाको माध्यमबाट देशको विकास र नागरिकप्रति समर्पित रही गरेको पवित्र र उत्कृष्ट कार्यको मूल्याङ्कन गर्दै १६ औँ निजामती सेवा दिवसका अवसरमा काफ्लेलाई सो सम्मान दिइएको हो ।
उनलाई महालेखापरीक्षकको कार्यालयमा पूर्ण इमान्दारीता, लगाव, परिश्रम र समर्पणका साथ आफ्नो जिम्मेवारी कुशलापूर्वक वहन गर्दै आएकोले सो सम्मान प्रदान गरिएको हो ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत नामावली सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिंहदरवारमा आयोजित एक कार्यक्रम बीच सार्वजनिक गरेको थियो ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: