सिटिजन लाइफ र ई–सेवाबीच साझेदारी


काठमाडौं /  सिटिजन लाइफ र ई–सेवा बीच सेवा साझेदारी भएको छ ।

ग्राहकहरुको सुरक्षा र निश्चिन्तताको लागि नवीनतम जीवन बीमा योजनाहरु ल्याउन अग्रसर सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले यस्तो समझदारी गरेको हो ।

अनलाईन पेमेन्ट सिस्टम ई–सेवासँग साझेदारी गर्दै ग्राहकलाई अझै बढि सेवा दिन आतुर रहेको कम्पनीले जनाएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल तथा प्रमुख संचालन अधिकृत दशरथमनि खड्का र ई–सेवाका कार्यकारी अधिकृत सुभाष सापकोटा बीच उक्त साझेदारी भएको थियो ।

उक्त साझेदारीले ई–सेवा अनलाईन पेमेन्ट मार्फत बीमा शुल्क भुक्तानीका लागि सहज र सरल भएको र सिटिजन लाइफका उपभोक्ताहरुलाई थप नयाँ सुविधा प्रदान गरेको छ ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: