पेस्तोल सहित माछापोखरीबाट सात जना पक्राउ


प्रहरीले पेस्तोल र गोलीसहित काठमाडौंको माछापोखरीबाट सात जनालाई पक्राउ गरेको छ। शनिबार अपरान्ह ४ बजे प्रहरीले गुण्डागर्दीमा संलग्न रहेका सात जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए। पक्राउ परेकाहरूको पहिचान प्रहरीले खुलाएको छैन।

पेस्तोलसहित पक्राउ परेका उनीहरूसँग थप अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएकाे ५ । माछापोखरी र बालाजु क्षेत्रलाई आधार बनाएर गुण्डागर्दीमा संलग्न रहेको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको हाे ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: