प्रेसीयसले गर्याे “स्वागत तथा विदाई”


आज काठमाडौंको म्हेपी, नयाँबजारमा अवस्थित प्रेसीयस नेशनल कलेजमा कक्षा ११ र विविएस प्रथम वर्षमा यस शैक्षिक शत्र देखि अध्ययन शुरु गरेका विद्यार्थीहरुको लागि स्वागत एवं कक्षा १२ र विविएस चौथो वर्ष सिध्याएका विद्यार्थीहरुको लागि विदाई कार्यक्रम सम्पन्न भएको छ ।

हरेक वर्ष नयाँ आउने विद्यार्थीहरुलाई स्वागत एवं एउटा तहको अध्ययन पूरा गरिसकेका विद्यार्थीहरुलाई विदाई गर्ने नियमित कार्यक्रमकै निरन्तरता अन्तरगत यो कार्यक्रम सम्पन्न भएको हो ।

“नियमित शैक्षिक क्रियाकलापहरुको अलवा विभिन्न रचनात्मक कार्यक्रमहरुमा विद्यार्थीहरुलाई निरन्तर सहभागी गराउँदै यस संस्थाले यस क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाएको छ । आजको बजार प्रतिष्पर्धामा खरो उत्रन सक्ने जनशक्ति उत्पादन गर्ने विषयमा संस्था प्रतिबद्ध छ ।” कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्राचार्य गोपीराज पराजुलीले बताउनुभयो ।

बरिष्ट साहित्यकार एवं सचारकर्मी डा. नवराज लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा विद्यार्थीहरुले अाफ्नाे प्रतिभा बमाेजिम विभिन्न प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि समेत रहनुभएका डा. लम्सालले भन्नुभयो । “आजको कार्यक्रम अवलोकन गरिरहँदा प्रेसीयस एउटा अब्बल शैक्षिक संस्थाको रुपमा पहिचान बनाइसकेको कुरा स्पष्ट हुन्छ । आजको दिनमा विद्यार्थीहरुलाई सार्थक जिवन जिउन सिकाउने शिक्षाको आवश्यकता छ । यस विषयमा प्रेसीयस अब्बल सावित हुनेछ ।”

विद्यार्थीहरुलाई रचनात्मक एवम् सकारात्मक बन्न प्रेरित गर्ने गरी प्रमुख अतिथिले धाराप्रवाह मन्तव्य दिइरहँदा विद्यार्थीहरु मन्त्रमुग्ध भएर सुनिरहेका थिए ।

कार्यक्रमलाइ चर्चित कलाकार देवी घर्तीको समेत विशेष प्रस्तुतीले कार्यक्रमलाइ अझ बढी अाकर्षित तुल्याएकाे थियाे ।

कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गीत, कविता, गजल लगायत प्रस्तुति दिएका थिए ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: