टानको नेतृत्व पर्यटन व्यवसायी खुमबहादुरकाे काँधमा


ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को शनिवार भएकाे निर्वाचनबाट अध्यक्षमा खुमबहादुर सुवेदी विजयी भएका छन् । सुवेदीले प्रजातान्त्रिक समूहबाट चुनावमा प्यानल सहित उम्मेदवारी दिएका थिए ।

टानको ४१ औँ वार्षिक साधारणसभासँगै नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा अध्यक्षका अर्का प्रत्यासी अञ्जन थापा (कुमार) लाई ८३ मतले पछि परेका हुन् ।

निर्वाचन समितिका अनुसार सुवेदीले ५२१ मत ल्याएर विजयी बनेका छन् भने पराजित थापाले ४३८ मत प्राप्त गरेका छन् ।

नयाँ कार्य समितिको अन्य पदमा दुवै समूहका मिश्रित प्रतिनिधित्व भएको छ । सुवेदी समूहबाट वरिष्ठ उपाध्यक्षमा नवीन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, द्वितीय उपाध्यक्षमा भरत सापकोटा, सचिवमा थापा समूहका दामोदर ढकाल निर्वाचित भएका छन् भने अन्जनकाे समुहबाट महासचिवमा सरिता लामा विजयी भएकी छिन् । कोषाध्यक्षमा सुवेदी समूहबाटै ऋतु ग्याम्दान र सहकोषाध्यक्षमा सुवेदी पक्षका सूर्यकुमार श्रेष्ठ निर्वाचित भएका छन्। सदस्यमा थापा समूहकी ङिमादिकी शेर्पा निर्वाचित भएका छन् ।

यसैगरी कार्यसमिति सदस्यहरूमा थापा समूहका पाँच जना ठाकुर सापकोटा, प्रेमबहादुर लामा, मिङमा तेन्जिङ शेर्पा, रामबहादुर गुरुङ र सुवेदी समूहका सनम शेर्पा, कान्छा शेर्पा, सिम्बर घले तथा सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन् । निर्वाचनमा जम्मा ९८१ मत खसेको थियो ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: