उपसचिव र सहसचिवमा खुला प्रतिस्पर्धामा कर्मचारीलाई बन्देज


निजामति कर्मचारी सेवामै रहेर माथिल्लो तह उपसचिव र सहसचिवको खुला प्रतिस्पर्धामा भाग लिन नपाउने भएका छन् ।

राजपत्रअनंकित र राजपत्रांकित तृतीय श्रेणीसम्म कर्मचारीले खुला प्रतिस्पर्धाबाट उपसचिव र सहसचिवमा बढुवा हुन कार्यरत पदबाट राजीनामा दिनुपर्नेछ ।

प्रनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामति कर्मचारीसम्बन्धी विधेयकमाथिको छलफलमा सांसदे शुक्रबार यस्तो सहमति गरेका हुन् ।

राजपत्रांकित द्वितीय र प्रथम श्रेणी (उपसचिव र सहसचिव)मा आवश्यक संख्याको १०-१० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्दा यस्तो प्रावधान राख्न लागिएको हो ।

यो समाचार कान्तिपुर दैनिकमा ऋषिराम पौड्यालले लेखेका छन् ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: