यसकारण सिङ्गापुर छोडेर नेपाल फर्केंः युवा पर्यटन उद्यमी राजेन्द्र जिसी

यसकारण सिङ्गापुर छोडेर नेपाल फर्केंः युवा पर्यटन उद्यमी राजेन्द्र जिसी


  • सेतो घर
  • शनिबार, भदौ २१, २०७६
  • 1347
    SHARES

राजेन्द्र जिसी, सञ्चालक, स्पोर्टस ट्राभल एण्ड टुर्स प्रा.लि. (झम्सिखेल)

नेपालमा सन् २००९ देखि पर्यटन व्यवसायमा संलग्न रहँदै आएका राजेन्द्र जिसीले हाल ललितपुरको झम्सिखेल स्थित स्पोर्टस् ट्राभल एण्ड टुर्स प्रा.लि. सञ्चालन गर्दै आउनुभएको छ ।
नेपालको अलावा सिङ्गापुरबाट ट्राभल, टुरिजम एण्ड हस्पिटालिटी विधामा अध्ययन गर्ने क्रममा करिब ५ बर्ष बिताउनुभएका जिसी नेपालमा नै केही गर्नुपर्छ भन्ने मान्यता राख्ने व्यक्ति हुनुहुन्छ । उत्पादनमूलक समयमा देशमा नै रही देशको हितमा आफ्नो योगदान रहनुपर्छ भन्ने मान्यताले नेपाली युवाहरुलाई उत्प्रेरणा जगाउने र आफूले पनि नेपालमा नै अवसर खोज्ने किसिमले काम गर्नुपर्छ भन्ने मान्यता सहित ऊहाँले काम गर्दै आउनुभएको छ ।

सिङ्गापुरमा रहँदा विभिन्न स्तरीय होटलहरुमा रही कार्य अनुभव समेत बटुल्नुभएका जिसीले त्यहाँको विकासले पछिल्लो समय तीव्र गतिमा प्रगति गरिरहेको परिस्थितिलाई समेत नजिकबाट बुझ्नुभएको छ । सिङ्गापुरको विकासको लागि त्यहाँको व्यवस्थित विधिको शासन र सबै मानिसमा सचेतना र जिम्मेवारीबोध नै महत्वपूर्ण पक्ष रहेको कुरालाई समेत जिसीले नजिकबाट बुझ्नुभएको छ ।

 

उनै जिसीले सिङ्गापुर रहँदा र नेपालमा व्यवसाय गर्दा समेटेकाे अनुभवमा अाधारित रही याे सामाग्री तयार गरिएकाे छ ।

पछिल्लो समय सिङ्गापुरले तीव्र गतिमा जुन आर्थिक प्रगति हासिल गरिरहेको छ, छोटो समयमा नै त्यस किसिमले प्रगति हुनुमा सिङ्गापुरको व्यवस्थापन पक्षको भूमिका समेत निकै नै महत्वपूर्ण छ । वास्तवमा सिङ्गापुरको विकासको पछाडि मानवनिर्मित संरचना नै मुख्य विषय हुन् । सिङ्गापुर नेपाल जस्तो प्राकृतिक सम्पदाको हिसाबले सम्पन्न मुलुक नभएपनि त्यहाँका मानिसहरुको सीप, दक्षता, अनुभव र जिम्मेवारीबोधको कारण सिङ्गापुरको पहिचान छोटो समयमा नै बदलिन पुगेको हो । 

सिङ्गापुरको अनुभव 
पछिल्लो समय सिङ्गापुरले तीव्र गतिमा जुन आर्थिक प्रगति हासिल गरिरहेको छ, छोटो समयमा नै त्यस किसिमले प्रगति हुनुमा सिङ्गापुरको व्यवस्थापन पक्षको भूमिका समेत निकै नै महत्वपूर्ण छ । वास्तवमा सिङ्गापुरको विकासको पछाडि मानवनिर्मित संरचना नै मुख्य विषय हुन् । सिङ्गापुर नेपाल जस्तो प्राकृतिक सम्पदाको हिसाबले सम्पन्न मुलुक नभएपनि त्यहाँका मानिसहरुको सीप, दक्षता, अनुभव र जिम्मेवारीबोधको कारण सिङ्गापुरको पहिचान छोटो समयमा नै बदलिन पुगेको हो । पछिल्लो समय सिङ्गापुर एसियामा तीव्र प्रगति गरिरहेको मुलुकको रुपमा समेत चिनिन्छ । साथै अहिले धेरै नेपालीहरुको आकर्षक भूमीको रुपमा समेत सिङ्गापुर पर्न गएको छ ।

पछिल्लो १० बर्षको अवधिमा नै सिङ्गापुरको मुद्रा झण्डै डबल बन्न पुगेको छ । यो तथ्य समेत तीव्र विकासको राम्रो सूचक हो । यसो हुनुमा राज्य पक्षका नेतृत्वदायी भूमिकाका व्यक्तिहरुको दृढ इच्छाशक्तिले समेत निकै नै महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । यद्यपि नेपाल भने अहिले सम्म राम्रो तवरले विकसित दिशामा अघी बढ्न सकेको छैन । वास्तवमा नेपाल प्राकृतिक संरचना, मानिसहरुको आत्मीयता, संस्कार, काम गर्न सक्ने क्षमता र तत्परता, आपसी सुसम्बन्ध लगायतका दृष्टिले निकै नै राम्रो देश हो । अहिले सम्म नेपाल राजनीतिक रुपमा सक्षम बन्न नसकेको र नेपालका युवाशक्तिको उचित उपयोगमा जोड दिन नसकेको कारण नेपालले राम्रो गति लिन सकेको छैन ।


सिङ्गापुरमा राम्रो काम गर्नेलाई पुरष्कार र नराम्रो गर्नेलाई दण्ड सजायको व्यवस्थालाई विशेष प्राथमिकता दिइएको छ । तर नेपालमा भने अहिले सम्म राम्रो काम गर्न चाहनेलाई हौसला प्रदान गर्ने प्रचलन विकास हुन सकेको छैन ।
सिङ्गापुरले श्रम र सीपको सम्मान गरको कारणले नै अहिलेको त्यो प्रगति हासिल गर्न सफल भएको हो । सिङ्गापुरमा रहँदा मैले पनि त्यहाँबाट धेरै कुरा सिक्ने मौका पाएँ । अहिले नेपालमा आएपश्चात् ट्राभल, रेष्टुरेन्ट लगायतका क्षेत्रमा मेरो संलग्नता त्यसैको परिणाम हो । कुनै पनि व्यवसायमा अघी बढ्ने क्रममा सबैभन्दा महत्वपूर्ण पक्ष भनेको आफू संलग्न क्षेत्रमा कसरी राम्रो प्रगति गर्न सकिन्छ, कुन उद्धेश्यले अघी बढे आफू जान सकेको आफूले चाहेको उपलब्धि हासिल गर्न सकिन्छ भन्ने कुरा आफैंमा निर्भर रहन्छ भन्ने मैले सिकेको छु । निश्चित उद्धेश्यको साथ सकारात्क भावले अघी बढेको खण्डमा अवश्य पनि त्यो अवस्थामा पुग्न सकिन्छ ।

अध्ययन पश्चात् नेपालमै फर्कें 
अहिले नेपाली युवा जनशक्ति निकै ठूलो सङ्ख्यामा वैदेशिक भूमिमा छन् । त्यस मध्ये एक थरी अध्ययनको लागि विभिन्न मुलुकहरुमा गएका छन् । उनीहरु बौद्धिक समुदाय अन्तरगत पर्छन् । नेपालबाट अध्ययनको लागि विदेशिए पश्चात् आफ्नो जीवनको उर्वर समय विदेशी भूमीमा नै बिताउने तर अन्तिम समयमा मात्र नेपालमा फर्किने व्यक्तिहरुले मुलुकको लागि खासै योगदान दिन सक्दैनन् । अर्काथरी नेपालीहरु श्रम गर्ने उद्धेश्यले नै विदेशिएका छन् । उनीहरुको निम्ति नेपालमा राम्रा अवसरहरु छन् भन्ने चेतना समेत विकास हुन नसकेको र छोटो समयमा नै राम्रो आर्थिक लाभ प्राप्त गर्ने उद्धेश्यले यस किसिमका मानिसहरु विदेशिएका हुन् । यी दुवै किसिमका मानिसहरुले विदेशी भूमीमा रहँदा सिकेको सीप र क्षमता नेपालमा प्रयोगमा ल्याउने हो भने नेपालले छोटो अवधिमा नै आफ्नो स्तरलाई माथि उठाउन सक्छ ।

जनशक्ति नेपालमा रहने वातावरण आवश्यक छ 
अहिले नेपालमा यी दुवै किसिमका मानिसहरुको खाँचो छ । नेपालमा बौद्धिक वर्गका व्यक्तिहरुको पनि खाँचो छ । श्रममूलक कार्यको निम्ति पनि ठूलो परिमाणमा जनशक्तिको खाँचो छ । अहिले नेपालका ग्रामीण वस्तिहरु खालि हुँदै गएका छन् । उर्वर भूमीहरु बाँझो बन्दै गएका छन् । नेपालीहरुलाई यस्तो अवस्थामा अझै पनि नेपालमा रहेका सम्भावनाहरुसँग परिचित गराउन र नेपालमा नै रहेर काम गर्नको निम्ति आकर्षित गर्ने काम गर्न सकिएन भने आगामी दिनमा नेपालको अवस्था निकै नै कमजोर बन्दै जाने कुरालाई विचार गरेर सोही बमोजिम युवाहरुलाई उत्प्रेरक गर्ने कार्यमा सबैले आ–आफ्नो ठाऊँबाट भूमिका खेल्नैपर्छ । यही सोचले नै म पनि सिङ्गापुर छोडेर नेपालमा आइ विभिन्न पर्यटनमूलक क्षेत्रमा आफूलाई अघी बढाएको छु । केही सङ्ख्यामा नेपालीहरुलाई रोजगारी समेत सृजना गरेको छु । नेपालमा रहेर आगामी दिनमा पर्यटनमूलक क्षेत्रहरुका अन्य विधामा समेत लगानी विस्तार गर्ने मेरो योजना छ ।

कुनै पनि व्यवसायमा अघी बढ्ने क्रममा सबैभन्दा महत्वपूर्ण पक्ष भनेको आफू संलग्न क्षेत्रमा कसरी राम्रो प्रगति गर्न सकिन्छ, कुन उद्धेश्यले अघी बढे आफू जान सकेको आफूले चाहेको उपलब्धि हासिल गर्न सकिन्छ भन्ने कुरा आफैंमा निर्भर रहन्छ भन्ने मैले सिकेको छु ।

नेपालमा पछिल्लो समय पर्यटन क्षेत्र निकै नै फस्टाउँदै गएको छ । यसो हुनुमा यस क्षेत्रको सम्भावना राम्रो हुनु नै महत्वपूर्ण कुरा हो । नेपालमा यस क्षेत्रमा युवाहरुको संलग्नता बढेको छ । प्राकृतिक संरचनाहरुमा आधारित पर्यटन नै नेपालको निम्ति अहिले सम्मको आकर्षणको रुपमा रहँदै आएको छ । जसरी सिङ्गापुरको पर्यटन विकासमा मानवनिर्मित संरचनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ, त्यसरी नै नेपालमा पनि अब हामीले आकर्षित भौतिक संरचनाहरु निर्माण गरेर ती संरचनाहरुलाई नै पर्यटन प्रवद्र्धनका माध्यम बनाउन सक्नुपर्छ ।


नेपालमा पर्यटन क्षेत्रमा संलग्न भएपश्चात् अहिले म यस क्षेत्रमा सन्तुष्ट छु । सिङ्गापुरबाट फर्किएपश्चात् म पर्यटन क्षेत्रमा जोडिनको निम्ति मेरो मामा शेखर थापाको महत्वपूर्ण साथ र सहयोग रह्यो । अल्पाइन ट्रेक्स एण्ड एक्स्पिडिसन सञ्चालन गर्दै आउनुभएका ऊहाँले पर्यटन क्षेत्रमा राम्रो अध्ययन भएका युवाहरुको आवश्यकता छ भन्ने कुरामा मलाई प्रेरित गर्नुभएको कारण म यस क्षेत्रमा जोडिएको हुँ ।

प्रविधिमा आधारित बन्दै पर्यटन 
नेपालमा पछिल्लो समय पर्यटन व्यवसाय प्रविधिमा आधारित हुँदै गइरहेको छ । विभिन्न अनलाइन पोर्टलहरुले यस क्षेत्रमा काम गरिरहेका छन् । हामीले पनि यस क्षेत्रमा शुरुका दिनमा केही चुनौतीको सामना गर्नुपर्यो । अहिलेको अवस्थामा आइपुग्दा हामी मातहत राम्रो टीम बनेको हुनाले हामीलाई अघी बढ्न सहज भएको छ ।

पर्यटन प्रवर्धनमा दिगो सोच आवश्यक छ 
पर्यटन व्यवसाय दिगो व्यवसाय हो । यस क्षेत्रमा रहेर काम गर्न दिगो सोचको आवश्यक पर्छ । यस क्षेत्रमा अहिले पर्यटकहरुलाई स्तरीय सेवा प्रदान गर्न कतिपय व्यक्तिहरुबाट केही कमजोरी समेत भइरहेको पाइन्छ । साथै अहिले सम्म स्तरीय पर्यटक भित्र्याउनको लागि समेत पहल हुन सकेको छैन । अहिले पर्यटन क्षेत्रमा काम गरिरहेका व्यक्तिहरु कतिपय एकेडेमिक शिक्षा लिएर प्रवेश गरेका व्यक्तिहरु हुनुहुन्छ भने अर्काथरी आफ्नै अनुभवबाट सिकेका व्यक्तिहरु हुनुहुन्छ । जुन पृष्ठभूमीबाट प्रवेश गरेपनि यस क्षेत्रमा राम्रो सम्भावना छ । आवश्यक जोखिम लिन र परिस्थितिसँग घुलमिल हुन सक्नुपर्छ । कहिलेकाहीँ तत्काल राम्रो मुनाफा चाहने हो भने यो क्षेत्र निकै जोखिमपूर्ण हुन सक्छ । यस क्षेत्रमा हामीले प्रदान गरेको सेवाले राम्रो भूमिका निर्वाह गर्छ ।

अन्त्यमा,
नेपालमा राम्रो वातावरण बन्न सकेको खण्डमा पर्यटन क्षेत्रले मुलुकमा ठूलो मात्रामा रोजगारी सृजना गर्न सक्छ । नेपाल एयरलायन्सको अवस्था राम्रो हुने, हवाइमैदानको अवस्था सुध्रने, राजनीतिक स्थिरता कायम रहने, नेपाली युवाहरुलाई स्वदेशमा नै अवसर सृजनाको लागि पहल गर्ने र नेपालमा राम्रो व्यावसायिक वातावरण बन्ने हो भने पर्यटन क्षेत्रको भविष्य समेत निकै नै राम्रो छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2024 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : SobizTrend Technology