कनेक्ट आइपिएसका ग्राहकहरुलाई निःशुल्क फण्ड ट्रान्सफर


काठमाडौं । नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले connectIPS e-payment प्रणालीमा प्रयाेेगकर्ता बीच निःशुक्ल फण्ड ट्रान्सफरको सुविधा सुरु गरेको छ ।

सीमित अवधिका लागी सुरु गरिएको सो सुविधा अन्तर्गत connectIPS  प्रणालीमा आफ्नो बैंक खाता लि‌क गरी verify गराइसकेका ग्राहकहरुले मोबाईल नम्बरको आधारमा गरिने फण्ड ट्रान्स्फर निःशुल्क गरिएको छ । यस सेवाले connectIPS ग्राहकहरुलाई सिधैं आफ्नो बैंक खाताबाट रियल–टाइम फण्ड ट्रान्सफरगर्न थप सुविधा पुग्ने अपेक्षा गरिएको छ ।

एनसीएचएलले ५३ भन्दा बढि बैंक तथा वित्तिय संस्थाहरुमार्फत ग्राहकहरुका लागि बैंक खातामा आधारित रियल–टाइम भुक्तानी गर्न connect IPS e-payment प्रणाली संञ्चालन गरिरहेको छ ।

यस प्रणालीमा अनलाइन फण्ड ट्रान्सफर, पेमेन्ट प्रोसेसर (गेटवे), क्रेडिट कार्ड-बिलभुक्तानी लगायत सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोग आवेदन शुल्क भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोष सम्बन्धी भुक्तानी, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, नेप्से अनलाईन ट्रेडिङ्ग तथा सेयर ब्रोकरलाई भुक्तानी लगायतका सेवाहरु उपलब्ध रहेका छन् ।

बैंकका ग्राहकले connect IPS प्रणालीमा आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लि‌क तथा भेरिफाइ गराई यसमा उपलब्ध हुने भुक्तानी सेवाहरु प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले www.connectips.com मा गएर अथवा मोबाईल एप्सको प्रयोग गरी अथवा सेवा प्रदायकहरुको पोर्टलमा connect IPS काे पेमेन्ट प्रोसेसर (गेटवे)मा गएर भुक्तानी गर्न सक्नेछन् ।
थप जानकारी का लागि  www.nchl.com.np र www.connectips.com मा हेर्न सकिनेछ ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: