नेपालमा स्ट्रक्चरल इन्जिनियरिङकाे विगत र वर्तमानः इ‍‌ मनोहर राजभण्डारी (स्ट्रक्चरल इन्जिनियर)


नेपालमा निर्माण भएका पुरातात्विक संरचनाहरुमा स्ट्रक्चरल इन्जिनियरिङको निकै राम्रो तवरले प्रयोग हुँदै आएको छ । जसले गर्दा निकै लामो समय पहिले बनेका दरबार, मन्दिर लगायतका संरचनाहरुमा कुनै परिवर्तन आएको छैन । राम्रो अध्ययन गरेर डिजाइन एवं निर्माण गरिएको न्यातपोल मन्दिर वि.सं १९९० को भूकम्पले समेत कुनै प्रभाव पार्न नसकेको मन्दिर हो । उक्त भूकम्पले यस मन्दिरको गजुर हल्का मात्र ढल्केको थियो । २०७२ को भूकम्पले पनि यस मन्दिरलाई कुनै असर परेको छैन । यस्ता अन्य थुप्रै संरचनाहरुमा ठूला प्रकोपले पनि कुनै असर पार्न सकेका छैनन् । जसले आधुनिक प्रविधिको विकास नहुँदै हाते उपकरण प्रयोग गरेर पूर्वाधार निर्माण गर्ने कार्यमा नेपालीहरु सक्षम थिए भन्ने पुष्टि समेत गर्दछन् ।

मनोहर राजभण्डारी (स्ट्रक्चरल इन्जिनियर-प्रबन्ध निर्देशक-एमआरबि एण्ड एसोसिएट्स प्रा.लि.

राम्रो अध्ययन गरेर डिजाइन एवं निर्माण गरिएको न्यातपोल मन्दिर वि.सं १९९० को भूकम्पले समेत कुनै प्रभाव पार्न नसकेको मन्दिर हो । उक्त भूकम्पले यस मन्दिरको गजुर हल्का मात्र ढल्केको थियो । २०७२ को भूकम्पले पनि यस मन्दिरलाई कुनै असर परेको छैन । यस्ता अन्य थुप्रै संरचनाहरुमा ठूला प्रकोपले पनि कुनै असर पार्न सकेका छैनन् ।

यसैगरी अर्को पुरातात्विक संरचना अन्तरगत काष्ठमण्डप पनि लिन सकिन्छ । यस मन्दिरको पहिलेको संरचना निकै राम्रो तवरले निर्माण भएको थियो । यद्यपि पुनःनिर्माण गर्ने क्रममा भने कमजोरी भयो । ठेक्कामा कामको जिम्मेवारी दिइएको कारण यस्तो कमजोरी भएको हो । अहिले नेपालमा पनि विश्वमा विकसित आधुनिक प्रविधिको प्रयोग गरेर भौतिक संरचनाहरु निर्माण गर्ने प्रचलन छ । यद्यपि अहिले निर्माण भएका संरचना भन्दा परम्परागत संरचना निकै नै बलिया समेत छन् । पुराना संरचनाहरु अध्ययन गरेर मात्रै डिजाइन भएका छन् । तर अहिले गरिएका डिजाइन तथा निर्माण कार्यमा भने मुनाफालाई नै मुख्य आधार बनाउने गरिएको छ । मुनाफाबाट बढी प्रभावित भएर निर्माण भएका संरचनाको गुणस्तरीयतामा केही न केही कमजोरी हुन सक्छ ।
नेपालीको सीप र कलाको प्रचार विश्वमा धेरै देशमा भएको पाइन्छ । अरनिको (जो नेपाली कलाकार हुन्)ले नेपालको कला र सीपलाई चीन सम्म विस्तार गरे । यो कुरा सत्यमोहन जोशीले थाहा पाउनुभएको थियो । यस्ता विभिन्न उदाहरणहरुले पुष्टि गर्छन् कि कति महत्वपूर्ण थिए हाम्रा प्राचीन कालका कला र मुर्तिहरु ।

अबका दिनमा पनि हामीले हाम्रो पहिचान स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने यस्ता संसचना निर्माणमा आगामी दिनमा पनि विशेष पहल गर्नु जरुरी छ । पूर्वीय संस्कारमा आधारित नेपाल र यहाँ विभिन्न जाती र समुदायका मानिसहरुसँगको ज्ञान साँच्चिकै विलक्षणयुक्त छ । अबका दिनमा पनि यस्ता विशेष क्षमता र कलाको सम्मान र संरक्षण हुनु जरुरी छ । यद्यपि व्यावसायिक मान्यताले मात्र हाम्रा गतिविधि अघी बढाउने हो भने कतिपय हाम्रो परम्परागत ज्ञानलाई हामीले बचाइरहन सक्दैनौं । नेपालमा विगत देखि नै गहन कला र विद्या जानेका सिद्धहस्त व्यक्तिहरुको योगदान स्वरुप नेपाल अहिले पनि विशिष्ट पशिचान बनाउन सफल छ । अबका पुस्ता समेत यस्ता गहन खोजमा आकर्षित हुुनुपर्ने बेला आएको छ ।

विगतमा पनि हामीसँग आवश्यक सबै किसिमका जनशक्ति थिए । सबै किसिमका सीप र प्रविधि हामीमा थिए । पूर्वीय दर्शनमा आधारित नेपालले ज्योतिष, आयुर्वेद, नीतिशास्त्र, राजनीतिशास्त्र, अर्थशास्त्र, वास्तुकला, विज्ञान, गणित लगायतका क्षेत्रमा गरेको प्रगति अतुलनीय छ । यद्यपि अहिले भने नेपालका यस्ता मौलिक र प्राविधिक विषयहरुलाई शैक्षिक कार्यक्रमको रुपमा नै अध्यापन गर्ने वातावरण मिलाउनुपर्ने भएपनि अहिले सम्म यसको लागि पहल हुन सकेको छैन ।

नेपालमा स्ट्रक्चरल इन्जिनियरिङ
नेपालमा पहिलो पटक निर्माण भएको आरसिसि स्ट्रक्चरको भवन सरस्वती सदन हो । जुन वि.सं २००२ मा निर्माण भएको हो । त्यसका डिजाइनर वेद प्रसाद लोहनी हुनुहुन्छ । तर कतिपयको विश्वास पाइन्छ कि त्यस भन्दा पहिले नै भारतीय राजदूतावास नेपालमा आरसिसिमा आधारित भई निर्माण भएको थियो । नेपालीहरु कमजोर थिएनन् भन्ने कुरा सरस्वती सदन निर्माण गर्दा प्रयोग गरिएका ड्रोन, क्यान्टिलेवर लगायतले नै दर्शाउँछ । यी उपकरणहरु अहिलेका आधुनिक प्रविधि प्रयोग गरेका इन्जिनियरको लागि समेत आश्चर्यका विषय हुन सक्छन् ।
साथै हामीले परम्परागत रुपमा निर्माण गरेका संरचनाहरुमा समेत यस्ता उपकरण र प्रविधिको प्रयोग हुनुले हामी नेपाली सँग रहेको सीप र क्षमताको प्रतिनिधित्व गर्छ । जसले गर्दा आरसिसि सिष्टम आएपश्चात् मात्र नेपालमा स्ट्रक्चरल इन्जिनियरिङ भित्रिएको भन्ने धारङणालाई गलत सावित गरिदिन्छ । विगतमा हामीले काठ, इट्टा, ढुङ्गा आदिमा स्ट्रक्चरल इन्जिनियरिङ गर्दै आएका थियौं ।

 

नेपालमा पहिलो पटक निर्माण भएको आरसिसि स्ट्रक्चरको भवन सरस्वती सदन हो । जुन वि.सं २००२ मा निर्माण भएको हो । त्यसका डिजाइनर वेद प्रसाद लोहनी हुनुहुन्छ । तर कतिपयको विश्वास पाइन्छ कि त्यस भन्दा पहिले नै भारतीय राजदूतावास नेपालमा आरसिसिमा आधारित भई निर्माण भएको थियो । नेपालीहरु कमजोर थिएनन् भन्ने कुरा सरस्वती सदन निर्माण गर्दा प्रयोग गरिएका ड्रोन, क्यान्टिलेवर लगायतले नै दर्शाउँछ । यी उपकरणहरु अहिलेका आधुनिक प्रविधि प्रयोग गरेका इन्जिनियरको लागि समेत आश्चर्यका विषय हुन सक्छन् ।

स्वयम्भू मन्दिरमा पाटी निर्माणमा भएकाे अभ्यास
स्वयम्भू मन्दिर प्राङगणको दायाँ पट्टि (जहाँबाट काठमाडौं देखिन्छ) प्रतापपुर नामक मन्दिर छ । यसको प्लेटफर्म अलि दबेको छ । साथै थोरै बाहिर पट्टि झुकेको छ । पहिले त्यस ठाऊँमा घर निर्माण गरिएको थियो । त्यस ठाऊँमा हारती माताको पूजा गरिन्थ्यो । बाग्मतीबाट स्नान गरेर शुद्धिकरण भएपश्चात् मात्र हारती मातालाई विश्राम गराएर मन्दिरमा लैजान पाइने व्यवस्था गरिएको थियो । पछि उक्त मन्दिर भत्कियो । त्यस पश्चात् नेपालमा ठूलो सङ्कट समेत आयो । हाराकार भयो । उक्त मन्दिरको भत्किनुको कारण खोज्न निकै गाह्रो पर्यो । साथै आगामी दिनमा कसरी त्यसलाई सुरक्षित बनाउने भन्ने बारे छलफल गर्न एउटा ठूलो समिति बनाइयो । उक्त छलफलमा सडक विभाग, भवन निर्माण लगायतका सरकारी निकायका उच्च पदस्थ व्यक्तिहरुको अलावा सामाजिक व्यक्तित्व र निजी क्षेत्रको समेत उपस्थिति थियो । उक्त मन्दिरलाई कसरी सुरक्षित तवरले पुनःर्निर्माण गर्न सकिन्छ भन्ने बारे व्यापक छलफल भएपनि कसैले कुनै उपाय निकाल्न सकेनन् । लामो सोचविचार र अध्ययन गर्दा ई. मनोहर राजभण्डारी आकाशबाट परेको पानी भित्र पसेको कारण समस्या आएको पत्ता लगाउनुभयो । सोही बमोजिम पानीबाट बचाएर पुःनर्निर्माण गर्नुपर्ने निचोड सहित काम अघी बढाउनुभयो ।

स्वयम्भू मन्दिर प्राङगणको दायाँ पट्टि (जहाँबाट काठमाडौं देखिन्छ) प्रतापपुर नामक मन्दिर छ । यसको प्लेटफर्म अलि दबेको छ । साथै थोरै बाहिर पट्टि झुकेको छ । पहिले त्यस ठाऊँमा घर निर्माण गरिएको थियो । त्यस ठाऊँमा हारती माताको पूजा गरिन्थ्यो । बाग्मतीबाट स्नान गरेर शुद्धिकरण भएपश्चात् मात्र हारती मातालाई विश्राम गराएर मन्दिरमा लैजान पाइने व्यवस्था गरिएको थियो । पछि उक्त मन्दिर भत्कियो । त्यस पश्चात् नेपालमा ठूलो सङ्कट समेत आयो । हाराकार भयो । उक्त मन्दिरको भत्किनुको कारण खोज्न निकै गाह्रो पर्यो ।

आफ्नो अध्ययन अघी बढाउने क्रममा खानी विभागबाट आवश्यक उपकरणहरु लिएर खन्दै गर्दा दिगो रुपमा उक्त कार्यलाई मजबुत बनाउनको लागि तल्लो भाग (पीँध)मा रिङ राख्ने, त्यसको लागि ड्रिल गरेर रकमा एङ्कर गर्ने उपाय निकाल्नुभयो । सिधै माटोमा मात्रै अड्याउँदा लामो समय टिक्न नसक्ने विचार गरी माथिल्लो रिङलाई तल्लो रिङको आड हुनेगरी राख्नुभयो । जुन किसिमले गरिने पुःनर्निर्माण निकै बलियो हुन्थ्यो भने यो अवधारणाको कसैले पनि विचार गर्न सकेको थिएन ।
डिजाइन पश्चात् सोही डिजाइन बमोजिम पुःनर्निर्माण गर्नुपर्ने थियो । यसको लागत अनुमान राजभण्डारी आफैंले गर्नुभयो । १६ लाख भारतीय मुद्रा । जुन तत्कालिन अवस्थामा नेपालका कुनै पनि निकायबाट बजेट उपलब्ध गराउन सम्भव नै थिएन । त्यस समयका मुख्य सचिवले समेत उक्त प्रोजेक्टमा लगानी गर्न नसकिने बताए । त्यसपश्चात् यस आयोजना निर्माणको लागि अन्तर्राष्ट्रिय जगतलाई आह्वान गरियो ।

राजभण्डारी आफैंले भारतको चर्चित कम्पनी Rodio Hazret- हाल Afcons लाई उक्त प्रोजेक्टको लागि विड गर्न आग्रह गर्नुभयो । फाउन्डेसनको मात्रै काम गर्ने उक्त कम्पनीले नेपालमा पनि धरान–धनकुटा सडक, फरेन फाइनान्स लगायतमा काम गरेको छ । विश्वको सबैभन्दा राम्रो मानिने यस कम्पनीले नेपालमा १६ लाख भारतीय मुद्रामा काम गर्न सकिने भन्दै विड गरे ।

बजेट विनियोजन र व्यवस्थापन
इण्डोनेसियामा रहेको सहस्र बुद्ध विश्वको एक चर्चित मुर्ति हो । जहाँ स्तुपा भित्र ठ्याक्कै वास्तविक स्वरुपमा देखिने बुद्ध ध्यानमग्न अवस्थामा छन् । बुझ्दै जाँदा हजार बुद्धका मुर्तिहरु एकै ठाऊँमा भएको उक्त मुर्ति युनेस्कोले निर्माण गरेको मैले जानकारी पाएँ । सहस्र बुद्ध इण्डोनेसिया जस्तो भूकम्प बढी जाने देशमा त बन्न सक्दो रहेछ र त्यसको लागि युनेस्कोले लगानी गरेको रहेछ भने नेपालले गर्न लागेको स्वयम्भूको पुःनर्निमाणको लागि पनि युनेस्कोलाई नै आग्रह गर्ने सोच आएसँगै राजभण्डारीले चिफ इन्जिनियरलाई उक्त आग्रह गर्नुभयो । र युनेस्को सँग कुराकानी अघी बढाइयो ।

तयार भयो युनेस्को 
युनेस्को फ्रान्समा आधारित संस्था हो । नेपालको आग्रहलाई स्वीकार गर्दै युनेस्कोले फ्रान्सबाट विज्ञ पठाए । राजभण्डारीले तयार गरेको रिपोर्टको व्यापकता हेर्दा उनी आफैं अलमलमा परे । राजभण्डारीको कामले निकै प्रशंशा पायो । साथै फ्रान्सेली विज्ञले उक्त रिपोर्टमा उल्लेखित विवरणहरुलाई राम्रो तवरले अध्ययन गरेपश्चात् नेपालमा उक्त प्रोजेक्टलाई अब कसरी अघी बढाउने भन्ने सम्बन्धमा काम अघी बढाउने क्रममा विश्वका त्यस समयमा प्रसिद्ध जियो टेक्निकल इन्जिनियर कोजान्सलाई निकै उच्च तलबमा भुक्तानी गर्ने गरी नेपालमा ल्याउने कुरा भयो । त्यस समयमा कोजान्सको प्रभाव विश्वव्यापी रुपमा राम्रो थियो ।

कोजान्स क्यालिफोर्नियामा बस्ने त्यस्ता व्यक्ति हुन्, जसले अनुमान र अध्ययन गरेको ठाऊँमा सुनचाँदी, पेट्रोलियम लगायतका वस्तु सहजै उत्खनन गर्न सकिन्थ्यो । अमेरिकाले नै तलब प्रदान गर्ने सर्तमा उनी नेपाल आउन तयार भए । कोजान्सले पनि राजभण्डारीको गहन अध्ययनको प्रशंशा गरे । उनले सस्पेन्सन ब्रिजको निम्ति हाइटेन्सन केवल मात्र परिर्तन गर्न सिफारिस गरे । सोही बमोजिम उक्त प्रोजेक्टको पुःनर्निर्माण सम्पन्न भयो ।

एमआरबि एसोसिएट्सका अन्य कामहरु 
हिमालयन प्याभिलियन एक्सपोर्ट, लुम्बिनीको जापानीज स्तुपा, परवानीपुरमा ४० मिटर स्पानको ज्योति स्पिनिङ मिलको डिजाइन, साँगाकाे महादेवमूर्ति तथा २००८ मा विराटनगरमा सुर्य गार्मेन्ट लगायतका थुप्रै महत्वपूर्ण आयोजनाहरुको स्ट्रक्चरल डिजाइनको काम गर्नुभएका मनोहर राजभण्डारी नेपालमा आगामी दिनमा आर्थिक लाभमा नपरी व्यवस्थित तवरले इन्जिनियरिङ अध्ययन गरेर निर्माणार्थ अघी बढाएका आयोजना मात्र सफल हुने बताउनुहुन्छ ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: