सानिमा बैंकबाट २१.०५ प्रतिशत लाभांश घोषणा


सानिमा बैंकले २१.०५ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको भदौ १६ गते सम्पन्न बैठकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई २१.०५ प्रतिशत लाभांश घोषणा गरेको हो । बैठकले १० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित ११.०५  प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

बैठकले बैंकको चुक्ता पूँजी ८ अर्ब १२ लाख ५५ हजार ४४० रुपैयाँबाट ८० करोड १ लाख २५ हजार ५४४ रुपैयाँको बोनस र ८८ करोड ४३ लाख ४६ हजार ७५९ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: