हास्य टेलि शृङ्खला “कुरा मात्रै भो”भाग १७ तीज विशेष


हरेक शनिबार राति ८:३० बजे एन टिभी प्लस (NTV Plus) मा प्रसारण हुदै आइरहेको हास्य सिरियल ‘कुरा मात्र भो’ १४ भाग प्रसारण भएको छ । छोटो समयमा नै दर्शकको मन जितेको यस सिरियललाई दर्शकमाझ लोकप्रिय बन्न थालेपछि यस सियिरयलका निर्देशक अर्जुन गौतम अहिले दंग परेका छन् । उनी भन्छन् ‘दर्शकले मन पराइदिएका कारण सिरियल दर्शकमाझ लोकप्रिय बन्न पुगेको हो ।
पछिल्लो समय दर्शकले यस सिरियलाई मन पराइदिएका छन् । अहिले समसामयिक घटनालाई हाँस्य खुराक मार्फत दर्शक हँसाइरहको छ । हास्य टेलिशृङ्खला”कुरा मात्रै भो” १७ भागमा तीजलाई विशेष प्राथमिकतामा राखिएको निर्देशक गौतमले बताएका छन् । सिरियल अहिले शनिबार राति ८:३० बजे एनटिभी प्लसमा प्रसारण हुँदै आइरहेको छ । उक्त सिरियललाई अर्जुन गौतम र भोला अधिकारीले निर्देशन गरेका छन् ।

पिके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको उक्त टेलिसिरियललाई दर्शकको रोजाइमा पर्न थालेको छ ।

सिरियलमा वर्तमान समय सापेक्षित विषयलाई हाँस्य खुराकको रुपमा पस्काइएको छ ।
निर्देशक गौतमका अनुसार सिरियलमा कमेडी र राजनीति विषयवस्तुलाई मुख्य आधार बनाइएको छ ।

उक्त सिरियलमा उत्तम अर्याल कोदे, लक्ष्मण चौलागाई, रोशनी सापकोटा, धर्मराज भट्टराई स्याल बुढो, भोला अधिकारी, दिनेश तामाङ, मनोज श्रेष्ठ, विरुप घले , सुमित्रा रिमाल, रामचन्द्र थापा लगायतको अभिनय रहेको छ ।
सिरियलमा साहित्यकार सनत आचार्यको कथा एवं पटकथा रहेको छ । रामचन्द्र थापाको प्रस्तुति रहेको यस सिरियललाई कमल श्रेष्ठले निर्माण गरेका हुन् । उत्त सिरियलमा समिर राइको छायाङ्कन र नविन पन्तको सम्पादन रहेको छ । राम प्रसाद महर्जन कार्यकारी निर्माता रहेको यो सिरियल पिके इन्टरटेन्टमेन्ट युट्युब च्यानलबाट पनि समेत हेर्न पाइने छ ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: