मेस्सी र रोनाल्डोलाई पछार्दै बने भर्जिल युरोपको उत्कृष्ट वर्ष खेलाडी


यस वर्षको युईएफए वर्ष खेलाडीको रुपमा लिभरपुलका डिफेन्डर भर्जिल भान डिजेक घोषित भएका छन् |

विश्व फुटबलमा एकछत्र राज गर्दै आएका वार्सिलोनाका लियोनल मेस्सी र जुभेन्ट्सका क्रिस्टियानो रोनाल्डोलाई पछाडी पार्दै यस वर्ष उत्कृष्ट पुरुष फुटबल खेलाडी बनेका हुन् |

युरोपियन फुटबलको प्रशासकिय निकाए युएफएले हरेक वर्ष वितरण गर्ने यस अवार्डमा मेस्सी र रोनाल्डो पछिल्ला वर्षहरुमा हावी हुँदै आएका थिए |

पछिलो पटक च्याम्पियन्स लिगको फुटबल फाईनलमा टोटनहमलाई पराजित गर्दै लिभरपुललाई २-० ले विजयी गराउन भर्जिलले महत्वपूर्ण भूमिका खेलेका थिए।

२८ वर्षका भान डिजेक युइएफए वर्ष फुटबलरको अवार्ड जित्ने पहिलो डिफेन्डर बनेका हुन् ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: