नेपालमा रिजर्भ्वायर प्रविधिबाट जलविद्युत उत्पादन आवश्यक छः हाइड्राेपावर एसाेसिएसनका महासचिव अरूण रजाैराकाे अन्तरवार्ता


अरुण रजौरा- महासचिव* नेपाल हाइड्रोपावर एसोसिएसन , डिजिएम, जलविद्युत लगानी तथा विकास कम्पनी

अरुण रजौरा नेपालमा जलविद्युत क्षेत्रमा निकै लामो अनुभव समेट्नुभएका व्यक्ति हुनुहुन्छ । हाल नेपाल जलविद्युत लगानी तथा विकास कम्पनीमा डिजिएमको रुपमा कार्यरत रहनुभएका रजौरा हाल नेपाल हाइड्रोपावर एसोसिएसनका महासचिव समेत हुनुहुन्छ । उनै रजौरासँग नेपालको अहिलेको जलविद्युत उत्पादनको अवस्था, सम्भावना र चुनौती लगायतका विषयहरुमा रही गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

नेपालमाअहिले जलविद्युत उत्पादन कार्य कत्तिको व्यवस्थित रुपमा अघी बढेको छ ?
नेपाल जलविद्युत उत्पादनको हिसाबले निकै राम्रो सम्भावना भएको देश हो । नेपालको टोफोग्राफी समेत जलविद्युत उत्पादनको हिसाबले उपयुक्त छ ।नेपालमानदीहरु तल बग्ने क्रममा झुकाव बढी (हेड) भई तीव्र गतिमा वहनु र खोलाहरुमा प्रयाप्त पानी निरन्तर बगिरहनुलाई नै जलविद्युत उत्पादनको राम्रो सम्भावनाको रुपमा लिन सकिन्छ । जलविद्युत क्षेत्रमा भएका विभिन्न अध्ययनहरुले नेपालको निम्ति जलविद्युत उत्पादन क्षमता करिब ८३ हजार मेगावाट रहेको देखिन्छ ।

नेपालमा प्राकृतिक रुपमा नै जलविद्युत उत्पादनको लागि प्रयाप्त स्रोतहरुको उपलब्धता रहँदारहँदै पनि हामीले प्राविधिक तथा व्यवस्थापकीय पक्ष र पूर्वाधारहरुको राम्रो तवरले विकास गर्न नसकिएको कारणअहिले सम्म हामीले जुन रुपमा जलविद्युत उत्पादन गर्नुपर्ने थियो, त्यो रुपमा जलविद्युत उत्पादन गर्न सकिएको छैन । साथै विविध परिस्थितिलाई विचार गर्दा नेपालमा जलविद्युत विकास कार्य अझै पनि चुनौतीपूर्ण नै छ ।

 

जलविद्युत उत्पादनको निम्ति नेपाली कम्पनीहरु कत्तिको सक्षम बन्न सकेको अवस्था छ ?
नेपालमा अहिलेको अवस्थामा आइपुग्दा करिब १ सय मेगावाट सम्मका जलविद्युत आयोजनाहरु हामी नेपाली आफैंले नै निर्माण गर्न सकिने अवस्था सृजना भएको छ । साथै नेपालमा जलविद्युत उत्पादनको लागि आवश्यक वित्तीय व्यवस्थापन कार्यको लागि नेपालका बैंकहरु नै सक्षम र सशक्त बन्दै गएका छन् । वास्तवमा नेपालले पछिल्लो एक दशकको अवधिमा जलविद्युत उत्पादनको हिसाबले निकै राम्रो तवरले फड्को मारेको अवस्था छ ।

विगत १ दशक पहिले सम्म नेपालमा जलविद्युत आयोजना निर्माण कार्य कसरी अघी बढेको थियो ?
विगत १ दशक पहिले सम्म १० मेगावाटको कुनै जलविद्युत आयोजना निर्माण गर्ने कार्य समेत निकै नै ठूलो मानिन्थ्यो । जसले गर्दा एउटा १० मेगावाटको आयोजना निर्माण गर्नको निम्ति झण्डै १० ओटा वित्तीय संस्थाहरुसँग सहकार्य गर्नुपर्ने अवस्था थियो । तर पछिल्लो एक दशकमा भने १ सय मेगावाट क्षमता सम्मका आयोजना निर्माण कार्य समेत एउटै बैंकसँगको सहकार्यमा सम्भव हुने अवस्था सृजना भएको छ । सोही बमोजिम नेपालका बैंकहरु समेत सशक्त बन्दै गएको अनुमान गर्न सकिन्छ ।

नेपालमा जलविद्युत क्षेत्रमा भएको प्र्रगतिलाई कसरी लिन सकिन्छ ?
विगत केही दशक पहिले सम्मको जलविद्युत उत्पादनको अवस्थालाई हेर्ने हो भने नेपालमा जलविद्युत उत्पादन क्षेत्रको प्रगतिलाई राम्रो मान्न सकिन्छ । यद्यपि नेपालको जलविद्युत उत्पादनको इतिहास भने १ सय बर्ष भन्दा पनि छ । यस अवधिलाई हेर्ने हो भनेचाहिँ हामीले जलविद्युत क्षेत्रमा जुन किसिमले गर्नुपर्ने थियो, त्यो हिसाबले भने हाम्रो जलविद्युत विकास निकै कम हो । यद्यपि नेपालकाविभिन्न राजनीतिक उतारचढावहरुले नेपालमा जलविद्युत क्षेत्र पनि प्रभावित हुने गरेको छ । यद्यपि पछिल्लो समयमा भने नेपाल सरकारले पनि जलविद्युत आयोजनाहरुलाई विशेष स्थान दिँदै सोही बमोजिम आफ्ना गतिविधिहरु अघी बढाइ नै रहेको छ ।

अबका दिनमा नेपालमा जलविद्युत उत्पादनले कस्तो गति लिने अनुमान गर्न सकिन्छ ?
नेपालमा अहिले पनि थुप्रै जलविद्युत आयोजनाहरु निर्माणको क्रममा छन् । आगामी ५ बर्षको अवधिमा नेपालको निम्ति आवश्यक पर्ने जलविद्युत उत्पादन कार्य नेपालमा नै हुनेछ । त्यसबेला हामी जलविद्युतमा आत्मनिर्भर मात्र बन्ने छैनौं, हामीलाई आवश्यक परेको भन्दा बढी जलविद्युत उत्पादन हुने अवस्था समेत देखिएको छ, कारण बढी जलविद्युत छिमेकी मुलुकहरुमा विस्तार हुुने अवस्था समेत देखिएको छ ।

जलविद्युत आयोजना निर्माणको निम्ति कस्ता चुनौतीहरु सामना गर्नुपर्ने अवस्था छ ?
नेपालमा रहेर जलविद्युत आयोजना गर्ने क्रममा विभिन्न किसिमका समस्याहरु सामना गर्नुपर्ने अवस्था छ । यस क्षेत्रमा हामीले पछि आउन सक्ने समस्याहरुलाई राम्रो तवरले विचार गरी सोही बमोजिम अध्ययन गर्नु जरुरी रहन्छ । हामीले जलविद्युत क्षेत्रमा निर्माण गर्ने संरचना दिगो र बलियो हुनुपर्छ । सोही अनुसार अध्ययन पनि आवश्यक रहने हुनाले कुनै आयोजना अघी बढ्नुपूर्व ती आयोजनाको राम्रो तवरले अध्ययनको लागि तुलनात्मक रुपमा केही बढी रकम खर्च गर्न तयार हुनुपर्छ ।

नेपालको जलविद्युत उत्पादनको इतिहास भने १ सय बर्ष भन्दा पनि छ । यस अवधिलाई हेर्ने हो भनेचाहिँ हामीले जलविद्युत क्षेत्रमा जुन किसिमले गर्नुपर्ने थियो, त्यो हिसाबले भने हाम्रो जलविद्युत विकास निकै कम हो । यद्यपि नेपालकाविभिन्न राजनीतिक उतारचढावहरुले नेपालमा जलविद्युत क्षेत्र पनि प्रभावित हुने गरेको छ ।

नेपालमा हामीले कुनै आयोजना अघी बढाउने क्रममा जुन गहिराइको साथ अध्ययन गर्नुपर्ने हो, सोही बमोजिम हामीले हाम्रो अध्ययन गर्न सकेका छैनौं । साथै हामीले जुन रुपमा भौतिक पूर्वाधार निर्माणको निम्ति काम गर्नुपर्ने हो, सोही बमोजिम काम गर्न सकेका छैनौं । नेपालमा यस क्षेत्रमा काम गर्न हामीलाई ठूला आयोजना आफैंले नै निर्माण र परामर्श लगायतका काम गर्न सक्ने परामर्शदाता र निर्माण व्यवसायीहरुको समेत आवश्यकता छ । नेपालमा अहिलेको अवस्थामा सबै भन्दा ठूलो चुनौती भनेको क्यास फ्लो को अभाव रहेको साथै आयोजनाको समेत राम्रो अध्ययन नसकेको कारण जुन रुपमा विकास कार्य अघी बढ्नुपर्ने थियो, सोही बमोजिम अघी बढाउन सकिएको अवस्था छैन ।

नेपालको टोफोग्राफी समेत जलविद्युत उत्पादनको हिसाबले उपयुक्त छ ।नेपालमानदीहरु तल बग्ने क्रममा झुकाव बढी (हेड) भई तीव्र गतिमा वहनु र खोलाहरुमा प्रयाप्त पानी निरन्तर बगिरहनुलाई नै जलविद्युत उत्पादनको राम्रो सम्भावनाको रुपमा लिन सकिन्छ । जलविद्युत क्षेत्रमा भएका विभिन्न अध्ययनहरुले नेपालको निम्ति जलविद्युत उत्पादन क्षमता करिब ८३ हजार मेगावाट रहेको देखिन्छ ।

नेपालका आयोजनाहरु कत्तिको सुरक्षित रहेको पाइन्छ ?
कुनै पनि जलविद्युत आयोजना अघी बढाउने क्रममा तयार गरिएको रिपोर्टमा त्यस आयोजनाका विविध पक्षहरुको बारेमा उल्लेख गरिएको हुन्छ । उक्त आयोजनालाई कसरी दिगो र बढी फाइदामूलक बनाउन सकिन्छ भन्ने कुरा समेत त्यसमा उल्लेख भएको हुन्छ । यसको लागि हामीले विशेष गहन तवरले अध्ययन हुनु जरुरी छ । हामीले जलविद्युत आयोजना निर्माणको निम्ति शुरुमा नै अलि बढी नै रकम लगानी गर्न सक्ने हो भने राम्रो तवरले सुरक्षित आयोजनाहरु नै निर्माण गर्न सकिन्छ ।

जलविद्युत आयोजना निर्माणको क्रममा बाढीपहिरो, भूकम्प लगायतबाट हुन सक्ने क्षति नै जलविद्युत क्षेत्रको लागि सबैभन्दा ठूला क्षति हुन सक्छन् । नेपालको सन्दर्भमा नै कुरा गर्ने हो भने पनि नेपालमा आएको भूकम्पकै कारण पनि नेपालमा ठूलो क्षति हामीले खासै भोग्नुपरेन । अधिकांश आयोजनाहरु सुरक्षित रहेको अवस्थामा केही कुराहरुमा विचार नगरिएको कारण भोटेकोशी आयोजना ध्वस्त हुन पुगेको थियो ।

जलविद्युत आयोजनाको निम्ति वीमा कत्तिको आवश्यक छ ?
कुनै पनि आयोजना अघी बढाउने क्रममा त्यस क्रममा आउन सक्ने जोखिमहरुलाई शुरुमा नै पहिचान गर्नु जरुरी रहन्छ । हामीले शुरुमा नै ती जोखिमहरुको पहिचान गरी उक्त जोखिमबाट बच्नको लागि अपनाउनुपर्ने सबै किसिमका उपायहरु अबलम्बन गरेको खण्डमा हामीले आउन सक्ने ती जोखिमहरुबाट बच्न सक्ने अवस्था समेत रहन्छ । क्षति पश्चात् त्यसको भरणपोषणको लागि वीमा कार्यक्रमले निकै ठूलो सहयोग गर्न सक्छ । साथै कुनै आयोजना निर्माणको क्रममा कस्ता जोखिमहरु हामीले सामना गर्नुपर्ने छ, सोही कुरालाई विचार गर्दै सोही बमोजिम हामी सचेत रुपमा ती आयोजनामा आउन सक्ने समस्याहरुको बारेमा सचेतपूर्वक काम गर्नु जरुरी छ । साथै नेपालको विकासको निम्ति सबै किसिमका उद्योगहरुको उत्ति नै आवश्यकता छ । त्यसमा पनि जलविद्युत क्षेत्र नेपालको विकासलाई छोटो अवधिमा नै माथि उठाउन सकिने राम्रो सम्भावना रहेको क्षेत्र हो । यसो भएको हुनाले यस क्षेत्रमा काम गर्ने क्रममा राज्यले समेत विशेष सहजीकरण गरिनुपर्ने जरुरी छ ।

आगामी ४-५ बर्षको अवधिमा नेपालको जलविद्युत उत्पादन कार्य कुन अवस्थामा पुग्न सक्ला ?

अहिले नेपालमा जलविद्युतको क्षेत्रमा हाम्रो इन्स्टल क्यापासिटी १ हजार मेगावाट देखि ११ सय मेगावाट क्षमता रहेको हुनुपर्छ । यो इन्स्टल क्यापासिटी हुँदैमा १२ महिना नै सोही क्षमता बमोजिम जलविद्युत उत्पादन हुन सक्छ भन्ने चाहिँ हुँदैन । अहिले नेपालमा जलविद्युत उत्पादनको निम्ति अपनाइएका अधिकांश प्रविधिहरु ‘रन अफ दि रिभर’ सिष्टम बमोजिम सञ्चालनमा छन् । यस्तो अवस्था रहेको कारण हामीले बर्षायाममा प्रयाप्त जलविद्युत उत्पादन गर्न सक्ने क्षमता हामीसँग छ भने हिउँदमा जलविद्युत अभाव हुने गर्छ । यस कुरालाई सम्बोधन गर्न अब हामीलाई रिजरभ्वायर प्रविधिमा आधारित जलविद्युत उत्पादन कार्यमा जोड दिनु जरुरी छ । यसको लागि नेपाल सरकार सोही बमोजिम अघी बढिरहेको छ । नेपाल जलविद्युत विकास कम्पनी पनि सोही बमोजिम नै अघी बढेको छ ।

नेपालमा विभिन्न बाधाव्यवधानहरु सामना गर्दै अघी बढ्नुपर्ने आवश्यकता छ । नेपालमा पछिल्लो समय निकै बढी क्षमताका र दिगो प्रभाव पार्ने जलविद्युत आयोजना समेत निर्माणको दिशामा अघी बढेका छन् । यस्ता आयोजना निर्माणको क्रममा अब हामी विशेष समन्वयनकारी भूमिका निर्वाह गर्दै अघी बढ्नुपर्ने जरुरी छ । नेपालमा अहिले बुढीगण्डकी लगायतका ठूला आयोजनाको बारेमा चर्चा भइरहेको बेलामा हामी प्राथमिकताको आधारमा हाम्रा आयोजनाहरु अघी बढाउनुपर्ने जरुरी छ ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: