जलवायु परिवर्तन र उच्च हिमाली क्षेत्रमा यसको प्रभाव


पिके शेर्पा सफल पर्यटन व्यवसायी

पर्यटन क्षेत्रमा २ दशक देखि संलग्न रहँदै आउनुुभएका ताप्लेजुङका पिके शेर्पा खासगरी हिमालयन क्षेत्र सरसफाई अभियन्ताको रुपमा समेत आफ्नो पहिचान बनाउनुभएका व्यक्ति हुनुहुन्छ । कञ्चनजङ्गा टुरिजम प्रमोसन सेन्टरका अध्यक्ष समेत रहनुभएका शेर्पा पछिल्ला बर्षहरुमा जलवायु परिवर्तन र तापक्रममा आएको अस्वभाविक वृद्धि सम्पूर्ण विश्वकै लागि चिन्ताको विषय रहेको बताउनुहुन्छ । वातावरणीय परिवर्तन चिन्ताको विषय बनिरहेको अहिलेको अवस्थामा यसको संरक्षणमा केही योगदान पुर्याउन सकियोस् भन्ने मान्यताले स्थापित ‘ग्लोबल सेन्टर फर क्लाइमेट चेन्ज’ नामक संस्थामा समेत ऊहाँले अध्यक्षको भूमिका निर्वाह गर्दै आउनुभएको छ । साथै ऊहाँ ट्रेकि‌ग एजेन्सी एसोसिएसन अफ नेपाल (टान) मा कार्यसमिति सदस्यको भूमिकामा समेत हुनुुहुन्छ ।

प्रकृतिको संरक्षणमा शेर्पाको जोड 
आफू संलग्न रहेको पर्यटन व्यवसायलाई सामाजिक दायित्वसँग समेत जोड्दै आफ्ना गतिविधिहरु अघी बढाउनुभएका शेर्पा जुनसुकै सबै व्यवसायी आफू संलग्न क्षेत्रबाट व्यवसायमा मात्र लक्षित नभई प्रकृतिको संरक्षण सम्बन्धमा समेत जागरुक हुन आग्रह गर्नुहुन्छ । मानिस प्रकृतिमा नै रहेको र प्रकृति सुरक्षित हुनसके मात्र हामी सबैको अवस्था राम्रो बन्ने बताउँदै शेर्पा आफू अडिएको धरातल सम्बन्धमा पनि सोच्नुपर्नेमा सबैलाई आग्रह गर्नुहुन्छ । यसबाट मात्र प्रकृति हाम्रो लागि मात्र नभई भावी पुस्ताको लागि समेत त्यति नै उपलब्धिमूलक हुन सक्ने ऊहाँको धारणा छ ।

लामो समय देखि पर्यटन क्षेत्रमा संलग्न रहनुभएका शेर्पा पछिल्लो समय नेपालले यहाँका संस्कार तथा रीतिस्थिति र हाम्रा परम्परागत गतिविधिहरुलाई समेत पर्यटन आकर्षकको माध्यम बनाउने राम्रो सम्भावना हुँदाहुँदै पनि हाम्रो सस्कृति जगेर्नामा खासै ध्यान जान नसक्नु दुखद रहेको बताउनुहुन्छ । साथै नेपालमा पर्यटन क्षेत्रमा सम्भावना निकै राम्रो हुँदाहुँदै पनि सबै पक्षलाई राम्रो तवरले सम्बोधन हुने गरी विकास कार्य अघी बढाउनुपर्ने ऊहाँको धारणा छ ।

लामो समय देखि पर्यटन क्षेत्रमा संलग्न रहनुभएका शेर्पा पछिल्लो समय नेपालले यहाँका संस्कार तथा रीतिस्थिति र हाम्रा परम्परागत गतिविधिहरुलाई समेत पर्यटन आकर्षकको माध्यम बनाउने राम्रो सम्भावना हुँदाहुँदै पनि हाम्रो सस्कृति जगेर्नामा खासै ध्यान जान नसक्नु दुखद रहेको बताउनुहुन्छ । साथै नेपालमा पर्यटन क्षेत्रमा सम्भावना निकै राम्रो हुँदाहुँदै पनि सबै पक्षलाई राम्रो तवरले सम्बोधन हुने गरी विकास कार्य अघी बढाउनुपर्ने ऊहाँको धारणा छ । अबका दिनमा नेपालले दिगो पर्यटकीय गतिविधिहरु अघी बढाउनुपर्ने शेर्पाको धारणा छ । अहिले सम्म नेपालका पर्यटन व्यवसायीहरुले प्रकृतिको दोहन मात्र गरिरहेको अवस्थामा आगामी दिनमा यसलाई नियन्त्रण गर्नमा विशेष जोड दिनुपर्ने समेत बताउनुहुन्छ शेर्पा ।

नेपालमा पर्यटन क्षेत्रको सम्भावना 
नेपाल प्राकृतिक रुपमा समेत निकै राम्रो सम्भावना भएको मुलुक हो । यहाँको भौगोलिक परिस्थितिको विविधिकरण नै विदेशी पर्यटकहरुको लागि आकर्षणको माध्यम हुने गरेको छ । साथै मुलुकले दिगो पर्यटन गतिविधिहरुलाई प्राकृतिक वातावरणमा कुनै पनि प्रभाव नपर्ने गरी अघी बढाउनुपर्ने आवश्यकता छ । अब नेपालका सबै व्यवसायीहरुले प्रकृति अनुकुलका गतिविधिहरु सञ्चालन गर्दै आफ्ना गतिविधिहरु सञ्चालन गरेको खण्डमा मात्र व्यवसायलाई समेत दिगो बनाउन सकिन्छ भन्ने बारे सचेत बन्नुपर्ने बेला आएको छ ।

पर्यटन क्षेत्रलाई अझ व्यवस्थित गर्नु जरुरी 
नेपालमा पछिल्लो समय पर्यटन क्षेत्रले निकै राम्रो तवरले गति लिइरहेको छ । यस क्षेत्रमा नयाँ सम्भावनाका ढोकाहरु समेत खुलिरहेका छन् । यद्यपि यी सम्भावनाहरुलाई हाम्रो अनुकुल बनाउनको निम्ति समेत पर्यटन क्षेत्रलाई व्यवस्थित रुपमा अघी बढाउनु जरुरी छ । विगतमा नेपालको पर्यटन क्षेत्रमा संलग्न विभिन्न संस्थाहरुबाट समेत विभिन्न समस्याहरु सृजना भएको कारण पर्यटन क्षेत्रले जुन गति लिनुपर्ने हो, त्यो लिन सकेको छैन । आगामी दिनमा यस्ता कमीकमजोरीलाई कमी गर्दै हाम्रा आगामी गतिविधिहरु अघी बढाउनुपर्छ ।

विविधिकरण हुँदै गएको पर्यटन क्षेत्र 
पछिल्लो समय पर्यटन क्षेत्र समेत विविधिकरण हुँदै गएको छ । अहिले नेपालमा कृषि पर्यटन, सांस्कृतिक पर्यटन, धार्मिक एवं प्राकृतिक लगायतका विभिन्न विधाहरुमा रहेर समेत पर्यटन क्षेत्र विस्तार हुँदै गइरहेको छ । यस क्षेत्रलाई राम्रो तवरले सम्बोधन गर्न सकेको खण्डमा मात्र नेपालमा पर्यटन क्षेत्रबाट मुलुकले राम्रो आर्थिक उपार्जन गर्ने सम्भावना रहन्छ ।

सम्बन्धित निकायहरु बीच अन्तरसम्बन्ध आवश्यक 
नेपालमा अहिले सम्म राज्य मातहतका निकाय र निजी क्षेत्र बीच आपसी समन्वयन ठूलो समस्याको रुपमा रहँदै आएको छ । यसलाई राम्रो तवरले सम्बोधन गर्न सकेको खण्डमा मात्र पर्यटन क्षेत्रले राम्रो गति लिन सक्छ । यसको साथै राज्यले निजी क्षेत्र मातहत कार्यरत व्यवसायीहरुलाई राज्य मातहत सहज तवरले व्यावसायिक गतिविधि सञ्चालन गर्नसक्ने गरी व्यवस्था मिलाइदिनुपर्छ । निजी क्षेत्र पनि राज्यलाई आफ्नो जिम्मेवारी तथा दायित्व पूरा गरेर राज्यलाई सहयोग गर्न तयार हुनुपर्छ भने ठूलो मात्रामा रोजगारी सृजना र पुँजी सङ्कलनको माध्यमबाट ठूला विकास कार्य अघी बढाउनमा निजी क्षेत्र सधैं तयार रहनुपर्छ ।

पर्यटनको योगदान 
नेपालमा पर्यटन क्षेत्र पछिल्लो समय ठूलो सङ्ख्यामा रोजगारी सृजना गर्ने क्षेत्रको रुपमा समेत विस्तार भइरहेको छ । साथै अहिले नेपालका ग्रामीण क्षेत्रहरुमा समेत पर्यटनले राम्रो गति लिँदैछ, यसको प्रवद्र्धनमा जोड दिनु जरुरी छ । होमस्टे लगायतका सेवाहरु सञ्चालन गरेर अहिले गाउँ–गाउँमा रोजगारी सृजनाका अवसरहरु सृजना भएका छन् । नेपालीहरुमा श्रम गर्ने जाँगर र यहाँका सम्भावनाहरु बारे राम्रो जानकारी र अध्ययन हुने हो भने नेपालमा नै रहेर राम्रो उपलब्धि हासिल गर्न सकिन्छ । नेपाल आफैंमा राम्रो सम्भावना भएको मुलुक हो ।

नेपालमा पर्यटन क्षेत्र पछिल्लो समय ठूलो सङ्ख्यामा रोजगारी सृजना गर्ने क्षेत्रको रुपमा समेत विस्तार भइरहेको छ । साथै अहिले नेपालका ग्रामीण क्षेत्रहरुमा समेत पर्यटनले राम्रो गति लिँदैछ, यसको प्रवद्र्धनमा जोड दिनु जरुरी छ । होमस्टे लगायतका सेवाहरु सञ्चालन गरेर अहिले गाउँ–गाउँमा रोजगारी सृजनाका अवसरहरु सृजना भएका छन् ।

नेपालमा पर्यटनको महत्व 
नेपाल आफैंमा पर्यटन क्षेत्रको निम्ति राम्रो सम्भावना बोकेको मुलुक हो । नेपालमा भएका विविध जातजाती र साम्प्रदायिक विविध सांस्कृतिक महत्वलाई समेत प्रबद्र्धन गर्नमा अब हामीले विशेष पहल गर्नु जरुरी छ । यद्यपि नेपालमा अहिलेको अवस्थामा पनि पर्यटन क्षेत्रलाई राज्य पक्षले राम्रो तवरले सम्बोधन हुने गरी जुन हिसाबले विशेष चासोको साथ आफ्ना गतिविधिहरु अघी बढाउनुपर्ने थियो, त्यो भने हुन सकेको छैन ।

सानै देखि सामाजिक गतिविधिमा संलग्न शेर्पा 
सानै उमेर देखि नै सकारात्मक भाव लिएर अघी बढ्नुभएका शेर्पा आफूले केही लिएपछि त्यसको बदलामा पनि केही दिनुपर्छ भन्ने मान्यताले अभिप्रेरित व्यक्ति हुनुहुन्छ । यसै मान्यता सहित अघी बढ्ने क्रममा नै अहिले ऊहाँ व्यावसायिक एवं प्राकृतिक संरक्षण गरी २ फरक क्षेत्रलाई एकसाथ अघी बढाउनुभएको छ ।

विश्वमा अन्य क्षेत्र जस्तै हिउँको विनाशबाट समेत थुप्रै प्रजातिका जीवजन्तुहरु नष्ट हुन्छन् । पृथ्वीमा अन्टार्कटिका लगायतका थुपै्र क्षेत्रहरु केवल हिउँले ढाकिएको छ । ती क्षेत्रमा हिउँको विनाश भएको खण्डमा त्यहाँ बस्ने ती जीवजन्तुहरुको समेत अस्तित्व रहँदैन । यसबाट सम्पूर्ण पर्यावरणको सन्तुलनमा नकारात्मक प्रभाव पर्छ । हामीले यस कुरालाई पनि विचार गर्नुपर्छ ।

प्रकृतिमा आश्रित जीव मानिस मात्र नभई अन्य जीवहरुलाई समेत हामीले हाम्रा गतिविधिहरु सञ्चालन गर्दा नराम्रो प्रभाव पर्नुहुँदैन भन्नेमा सधैं सचेत रहनुपर्छ्र । सोही मान्यता सहित आफ्ना गतिविधिहरु अघी बढाउनुभएका शेर्पा सोही बमोजिम आफ्ना गतिविधिहरु अघी बढाइरहनुभएको छ ।
आफ्नो पारिवारिक पृष्ठभूमी र अहिलेको अवस्था बारे समेत बताउँदै शेर्पा भन्नुहुन्छ, ‘म वास्तवमा कृषक परिवारमै हुर्केर विभिन्न आरोहअवरोह पार गर्दै अहिलेको अवस्थामा आउन सफल भएको हुँ । व्यावसायिक तवरले पर्यटनमा जोडिएर अहिलेको अवस्था सम्म आइपुग्दा मैले पर्यटनको अलावा बाहिरी समाजलाई समेत राम्रो तवरले बुझ्ने अवसर समेत पाएको छु । विगतमा ३ पटक त म मृत्युको मुखबाट नै फर्किएको व्यक्ति हुँ । पछिल्लो समय म प्रकृतिसँगै एकाकार हुँदै अघी बढ्ने क्रममा अहिलेको अवस्थामा आउन सफल भएको छु । आफूले जहाँबाट लाभ लिइन्छ, त्यस प्रतिको आफ्नो दायित्व पूरा पनि हामी तयार हुनुपर्छ भन्ने मेरो मान्यता हो ।’

सच्चरित्रता विकास आवश्यकः
जुनसुकै क्षेत्रमा संलग्न रहेपनि सफलता प्राप्त गर्नको लागि नैतिकता र सच्चरित्रता निकै महत्वपूर्ण हुन्छ । चरित्रवान्, सामाजिक रुपमा प्रतिष्ठित, आर्थिक रुपमा मजबुत र समाजलाई राम्रो तवरले बुझेको र आफ्नो साथमा रहेका व्यक्तिसँग छिट्टै घुलमिल हुन सक्ने व्यक्तिबाट नै समाजले राम्रो गति पाउन सक्छ । यी र यस्तै कुरालाई हृदयङ्गम गर्दै अघी बढेको कारणले गर्दा नै अहिलेको अवस्थामा आउन सफल भएको हुँ । पछिल्लो समय मेरो व्यस्त व्यावसायिक यात्रा बीच आफूलाई अलि फरक तवरले नेपालका बौद्धिक व्यक्तिहरुसँग मेरो सम्पर्क विस्तार अघी बढाएको छु । आगामी दिनमा नेपालको समृद्धि र सुशासन कायम गर्ने उद्धेश्यले नेपाली युवाहरुलाई उद्यमशिलता विकासको दिशामा अघी बढाउने योजनाको साथ राजनीतिलाई समेत सँगसँगै अघी बढाउँदैछु ।

उच्च हिमाली क्षेत्रको संरक्षणमा जोड |
पछिल्ला बर्षहरुमा विश्वका ७ ओटै महाद्वीपका उच्च हिमाली क्षेत्रहरुमा जलवायु परिवर्तनको कारण जुन किसिमको प्रभाव देखिएको छ, यस किसिमको परिवर्तनलाई विचार गर्दै सोही बमोजिम सचेतनामूलक गतिविधिहरु सञ्चालन गर्नु जरुरी छ । अहिले नै हामीले जलवायु परिवर्तनलाई गम्भीर तवरले विचार नगर्ने हो भने ढिलोछिटो यसबाट हामी पनि मासिन्छौं भन्ने कुरा हामीले बुझ्नु जरुरी छ । अहिले हामीले उच्च क्षेत्रलाई नै लक्षित गरेर हाम्रा गतिविधिहरु सञ्चालन गर्नुको पनि विशेष महत्व छ । जलवायु परिवर्तनको सबैभन्दा बढी प्रभाव उच्च हिमाली क्षेत्रमा नै परेको छ । हिउँ रह्यो भने पानी रहन्छ, पानी रह्यो भनेमात्र सबै जीवित जन्तु लगायत सम्पूर्ण प्रकृति सुरक्षित रहन्छ । अहिले निकै ठूलो चासोको रुपमा हामीले जलवायु परिवर्तनलाई विचार गर्नु जरुरी रहन्छ ।

स्टप थ्रोइङ फोहोर, स्टार्ट कलेक्टिङ मोहोर
आफ्नो फोहोर व्यवस्थापन अभियानबारे बताउँदै शेर्पा भन्नुहुन्छ, ‘अहिले हामी फोहोर व्यवस्थापनलाई आर्थिक उपार्जनमा समेत परिवर्तन गर्न सकिने मान्यता सहित अघी बढेका छौं । यस कार्यमा हाम्रो नारा छ, ‘स्टप थ्रोइङ फोहोर, स्टार्ट कलेक्टिङ मोहोर’ यसबाट फोहोरको सही व्यवस्थापनमा सहयोग पुग्ने हाम्रो बुझाइ छ हामीले फोहोर भित्रै मोहोरको पनि खोजी गरिरहेका छौं । जुन सम्भव छ । हामी यसलाई सम्भव बनाउँछौं ।’

जलवायु परिवर्तनको प्रभाव जीवजन्तुमा पर्न सक्छः
विश्वमा अन्य क्षेत्र जस्तै हिउँको विनाशबाट समेत थुप्रै प्रजातिका जीवजन्तुहरु नष्ट हुन्छन् । पृथ्वीमा अन्टार्कटिका लगायतका थुपै्र क्षेत्रहरु केवल हिउँले ढाकिएको छ । ती क्षेत्रमा हिउँको विनाश भएको खण्डमा त्यहाँ बस्ने ती जीवजन्तुहरुको समेत अस्तित्व रहँदैन । यसबाट सम्पूर्ण पर्यावरणको सन्तुलनमा नकारात्मक प्रभाव पर्छ । हामीले यस कुरालाई पनि विचार गर्नुपर्छ ।

नेपालको सन्दर्भमा कुरा गर्दा पनि वातावरण संरक्षण सम्बन्धमा ग्रामीण क्षेत्रका जनताहरुलाई यसको महत्व बारे बुझाउन विभिन्न गतिविधिहरु अघी बढाउनु जरुरी छ । यो काम हामीले तत्काल गर्नुपर्छ । अहिले नै प्रकृतिको संरक्षण सम्बन्धमा विशेष जागरण अभियान चलाएको खण्डमा यसले केही सकारात्मक प्रभाव पार्न सक्छ । यद्यपि यदि हामीले अहिलेलाई मात्र विचार गर्यौं र पैसा उपार्जनमा मात्र केन्द्रित भयौं भने त्यसबाट भविष्यमा पक्कै पनि समस्या आउनेछ, हामी त्यो सामना गर्न तयार हुनैपर्छ । यही मान्यता सहित हामी बढिरहँदा अहिले मन्त्रीज्यू समेत यस कार्यमा सकारात्मक रहेको हामीले पाएका छौं ।

अन्त्यमा, मानिसको लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको समय र सच्चरित्रता हुन् । यी कुराहरुको राम्रो तवरले व्यवस्थापन गर्न सकेको खण्डमा मात्र हामी हाम्रो योजनामा सफल हुन सक्छौं । यसकारण समयलाई हामीले राम्रो तवरले सदुपयोग गर्नु जरुरी रहन्छ । भनिन्छ, समयले पर्खिँदैन, बगेको खोला फर्किंदैन । यस कुरालाई विचार गर्दै हामी समयनिष्ठ भई आफ्नो कार्य क्षेत्रमा अघी बढिरहनुपर्छ ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: