नयाँ शहरी क्षेत्रको विकास गर्दा दिगो र व्यवस्थित योजना आवश्यक रहन्छः रूप्सनका महासचिव इ. अर्जुन काेइराला


इ. अर्जुन काेइराला, शहरी याेजनाविद् तथा महासचिव, नेपाल क्षेत्रीय तथा शहरी याेजनाकार समाज (रूप्सन)

सन् १९९१ देखि नेपालका ठूला प्रोजेक्टहरुमा सिभिल इन्जिनियरको रुपमा संलग्न रही नेपालका अधिकांश शहरी क्षेत्रको विकासलाई नजिकबाट अनुभव गर्दै आउनुभएका अर्जुन कोइराला विशेषतः शहरी योजनाकारको रुपमा परिचित हुनुहुन्छ ।

नेपालमा अमेरिकी डिजाइन र जापानी निर्माण कम्पनीबाट निर्मित कर्णाली पूल निर्माण परियोजना अघी बढाउँदा उक्त परियोजनाबाट धेरै महत्वपूर्ण ज्ञान र अनुभव हासिल गर्न सफल कोइरालाले नेपालका थुप्रै बहुराष्ट्रिय आयोजनाहरुमा रहेर काम गर्नुभएको छ ।  स्मरण रहोस्, कर्णाली पुल निर्माण कार्य नेपालको सूदूर पश्चिम क्षेत्रलाई मुख्य नेपालसँग जोड्न योगदान पुर्याएको ठूलो प्रोजेक्ट थियो । यस आयोजनाले समग्र नेपालको विकासमा सकारात्मक प्रभाव पार्यो ।

नेपाल सरकार अन्तरगतका विभिन्न निकायहरुमा समेत काम गर्ने अवसर पाउनुभएका कोइराला होटल र्याडिसन निर्माण हुने अवस्थामा प्रोजेक्ट इन्चार्जको भूमिकामा रही विभिन्न चुनौती बीच ठूलो टिमको नेतृत्व गर्दै समयमा काम सम्पन्न गर्न सफल हुनुभएको थियो । सोही परियोजनामा रहेर काम गर्दा समाज प्रतिको दृष्टिकोण अझ नजिकबाट अध्ययन गर्नुपर्ने मान्यता बमोजिम ऊहाँ स्नातकोत्तर तह समाजशास्त्रबाट अघी बढाउन प्रेरित हुनुभयो । त्यसपहिले नै स्नातक तह सिभिल इन्जिनियरिङबाट पूरा गरी ऊहाँ सेवा क्षेत्रमा प्रवेश गर्नुभएको हो । जिटिजेड अन्तरगत रही नेपालका नगरपालिकाहरुलाई प्राविधिक सहयोग उपलब्ध गराउने कार्यमा समेत कोइरालाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । नयाँ शहर विकासको लागि योजना निर्माण, अद्यावधिक कार्य, इजाजत, नक्सापास लगायतमा स्थानीयहरुसँग अन्तरक्रियात्मक रुपमा काम गर्ने राम्रो अवसर समेत ऊहाँलाई प्राप्त भयो । खासगरी काठमाडौं उपत्यका बाहिरका धरान, हेटौंडा, बुटबल, सिद्धार्थनगर, भरतपुर, नेपालगञ्ज, धनगढी लगायतका शहरहरुको भवन निर्माण मापदण्ड, सडक अधिकार क्षेत्र, नक्सापास तथा निर्माण इजाजत लगायतका काममा तत्कालिन निर्वाचित जनप्रतिनिधिहरुसँग सहकार्यमा रही जनसहभागितामूलक तवरले ती काम अघी बढाउनुमा कोइरालाको विशेष महत्वपूर्ण भूमिका रहेको छ । कोइरालाका अनुसार उपत्यका बाहिरका अधिकांश सडकहरुको निर्माण कार्य नागरिक सहभागितामा नै सम्पन्न भएका हुन् ।

प्रस्तुत छ उनै इ.अर्जुन कोइरालासँग रही नेपालको शहरी विकासको अवस्था सम्बन्धमा गरिएको कुराकानी 

अबका दिनमा नेपालमा शहरी विकास कार्यक्रम कसरी अघी बढ्नुपर्छ ?
नेपालमा अहिले शहरी विकास मन्त्रालय अन्तरगत भवन निर्माण विभाग तथा योजना शाखाहरुले शहरी क्षेत्रलाई विशेष चासोको साथ काम अघी बढाएको छ । अब निर्माण हुने शहर दिगो विकास अवधारणा बमोजिम निर्माण हुनुपर्छ । अहिलेको हाम्रो शहर हामीले विगतमा बनाएको योजना बमोजिम निर्माण भएको हो । अहिलेको अवस्थामा यो शहर साँघुरो भएको छ । जसरी हामीले विगतमा शहर निर्माण गर्दा त्यसबेलाको परिस्थितिलाई मात्र विचार गरी निर्माण गरेका थियौं । तर अब भने भने आगामी दिनलाई निकै लामो अवधि सम्मको लागि सोचेर शहरी विकास कार्य अघी बढाउनुपर्छ ।

अहिलेको काठमाडौं शहर बिना योजना नै बनेको शहर त पक्कै होइन । तर अहिले सम्म आइपुग्दा जनसङ्ख्या यस हिसाबले वृद्धि होला भन्ने कुरामा भने विचार गरिएको थिएन । जसले गर्दा अहिलेको परिस्थितिलाई विचार नै नगरी तत्कालिन आवश्यकता सम्बोधन हुनेगरी शहरी विकास कार्य अघी बढाइएको परिणाम नै अहिलेको काठमाडौं हो ।

नेपालका शहरलाई पूर्ण विकसित मान्न सकिन्छ ?
अहिले हामीले जुन क्षेत्रलाई शहर मान्दै आएका छौं, यी शहरहरु विभिन्न तह र प्रकृतिमा छन् । हामीले मान्दै आएका अधिकांश शहरहरु सही अर्थमा अझै पनि व्यवस्थित शहरको रुपमा विकास हुन सकेका छैनन् । यसकारण अहिलेको हाम्रो शहरी विकासको ढाँचालाई थप परिष्कृत गर्दै वास्तविक शहर निर्माण गर्नुपर्ने आवश्यकता छ । हाम्रा अबका योजनाहरु व्यवस्थित रुपमा अघी बढाउनु जरुरी रहन्छ ।

अबका दिनमा शहरी विकास अघी बढाउँदा कस्ता कुरामा विचार गर्नुपर्छ ?
सही अर्थमा शहरको निर्माण गर्नको लागि आवश्यक सबै अवयवहरु बीच संयोजन हुनु जरुरी रहन्छ । साथै अबका दिनमा शहर निर्माण गर्दा कुन क्षेत्र के कार्यको लागि निर्माण गर्ने भन्ने कुरामा विचार गर्दै भू–उपयोग नीतिको आधारमा प्रक्रिया अघी बढाउनु जरुरी रहन्छ ।

कुन ठाऊँमा वस्ती रहने, कुन ठाऊँमा उद्योग रहने, कुन ठाऊँलाई व्यावसायिक क्षेत्र बनाउने लगायतका कुरामा विचार गर्ने हो भने मात्र राम्रो तवरले शहर विस्तार गर्न सकिन्छ । नेपाल सानो मुलुक हुँदाहुँदै पनि यहाँ ठाऊँको विविधिकरण सँगै विभिन्न क्षेत्रमा फरक–फरक सम्भावनाहरु रहेका छन् । ती सम्भावनाहरुलाई सम्बोधन गर्न सकिने किसिमले हामीले कुन ठाऊँलाई कुन प्रयोजनको लागि प्रयोगमा ल्याउन सकिन्छ, सोही कुरालाई विचार गरेर हाम्रा योजना तय गर्नुपर्छ । साथै अबको शहरी विकास कार्य योजनावद्ध रुपमा अघी बढाइनु जरुरी छ । यस कार्यमा सम्बन्धित सरोकारवालाहरु सबैलाई सम्बोधन गर्नु जरुरी छ ।

काठमाडौंमा नै अधिकांश मानिसहरुको चाप अधिक हुनुको कारण के हुनसक्छ ?
नेपालको सबैभन्दा ठूलो शहर काठमाडौं नै हो । नेपालमा सबैभन्दा बढी अवसर र सुविधा यसै शहरमा रहेको कारण अधिकांश मानिसहरुलाई यसै शहरले नै आकर्षित गर्दै आएको छ । अहिले काठमाडौंमा जुन हिसाबले जनसङ्ख्या वृद्धि भएको छ, यसो हुनुको कारण भनेको काठमाडौं प्रति अधिकांश व्यक्तिहरुको आकर्षण भएको कारणले भएको हो । यद्यपि आगामी दिनमा यस्ता शहरले मानिसहरुको बदलिँदो जीवनशैली र आवश्यकता सम्बोधन गर्न सक्षम हुन सक्ने किसिमले हाम्रो विकास कार्य अघी बढाइनुपर्छ ।

के काठमाडौंको डिजाइन दिगो विकास योजना बमोजिम हुन नसकेको हो त ?
अहिलेको काठमाडौं शहर बिना योजना नै बनेको शहर त पक्कै होइन । तर अहिले सम्म आइपुग्दा जनसङ्ख्या यस हिसाबले वृद्धि होला भन्ने कुरामा भने विचार गरिएको थिएन । जसले गर्दा अहिलेको परिस्थितिलाई विचार नै नगरी तत्कालिन आवश्यकता सम्बोधन हुनेगरी शहरी विकास कार्य अघी बढाइएको परिणाम नै अहिलेको काठमाडौं हो ।

शहरी पूर्वाधार विकासमा सरकारी र निजी क्षेत्रको योगदान कस्तो–कस्तो रहन्छ ?
वास्तवमा शहरी पूर्वाधार विकास कार्यमा एउटा पक्ष मात्र नभई सरकार तथा निजी दुवै पक्षको उत्तिकै भूमिका रहने गर्छ । अहिले नेपालमा निजी क्षेत्रले काठमाडौं उपत्यका वरपर जग्गा विकास कार्यक्रमहरु सञ्चालन गरेर काठमाडौंमा आउने जनसङ्ख्यालाई मुख्य शहरी क्षेत्र भन्दा केही बाहिर नै रोक्ने कार्यमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहँदै आएको छ । यो निजी क्षेत्रको प्रशंसनीय कार्य हो । यद्यपि निजी क्षेत्रको यत्ति प्रयाशले मात्र व्यवस्थित शहरीकरण कार्य सम्भव हुँदैन । यसकारण सरकारले काठमाडौंको शहरी क्षेत्र वरपर शहर निर्माण योजना बनाउने र ती शहर वरपर उद्योग स्थापना, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका व्यवस्था गर्ने किसिमले काम अघी बढाउने हो भने यसबाट केही हदसम्म काठमाडौंको जनसङ्ख्याको चाप कम गर्न विशेष सहयोग पुग्नेछ ।

अहिले हामी संघीय संरचना बमोजिम अघी बढेका छौं । नेपाल संघीय संरचना बमोजिम अघी बढ्ने क्रममा हामीहरुलाई नयाँ तवरले पूर्वाधार निर्माणको निम्ति विभिन्न राम्रा सम्भावनाका ढोकाहरु समेत खुलेका छन् । अहिले प्रदेश तह र स्थानीय तहहरुले आफ्नो मापदण्ड भित्र रहेर सोही बमोजिम केही कामहरु अघी बढाउन पहल गरिसकेका पनि छन् । यी प्रयाशले पूर्वाधारयुक्त शहर वा गाउँपालिका निर्माण मार्फत स्थानीय जनताहरुको अवस्था माथि उठाउन महत्वपूर्ण भूमिका निर्माण गर्नेे अपेक्षा गर्न सकिन्छ । यस्तो प्रयाश हुनु भनेको त्यहाँका स्थानीयहरुको आवश्यकतालाई सम्बोधन गर्न खोजिएको राम्रो प्रयाश हो ।

राज्यको तर्फबाट गर्नुपर्ने अन्य प्रयाशहरु के हुन सक्छन् ?
काठमाडौं भन्दा बाहिर अलि टाढाका जिल्लाहरुबाट काठमाडौं भित्रने मानिसहरुलाई लक्षित गरी काठमाडौं भन्दा बाहिर पनि प्रयाप्त अवसर र सम्भावनाहरु सृजना गर्नको लागि समेत नेपाल सरकारले पहल गर्नु जरुरी छ । यसबाट अधिकांश मानिसहरु बाहिरी क्षेत्रमा नै रोकिन सक्ने वातावरण सृजना हुन सक्छ । राज्यले यस्ता कार्यक्रम ल्याउने बारे पहल नगर्ने हो भने काठमाडौंमा भित्रिने मानिसको सङ्ख्या घटाउन सकिँदैन । अहिले नेपालका सरकारी, निजी लगायत सबै पक्षले यो महसुस गरिसकेको अवस्था छ । यद्यपि नेपाल सरकारले यसलाई सम्बोधन गर्नेगरी अहिले सम्म कुनैपनि प्रभावकारी कदम चालेको भने पाईंदैन ।

नेपाल संघीय संरचनामा अघी बढेको अवस्थामा दुर्गम क्षेत्रमा पूर्वाधार निर्माण र स्थानीयको जनजीविकामा परिवर्तन बारे कस्तो अपेक्षा गर्न सकिन्छ ?
अहिले हामी संघीय संरचना बमोजिम अघी बढेका छौं । नेपाल संघीय संरचना बमोजिम अघी बढ्ने क्रममा हामीहरुलाई नयाँ तवरले पूर्वाधार निर्माणको निम्ति विभिन्न राम्रा सम्भावनाका ढोकाहरु समेत खुलेका छन् । अहिले प्रदेश तह र स्थानीय तहहरुले आफ्नो मापदण्ड भित्र रहेर सोही बमोजिम केही कामहरु अघी बढाउन पहल गरिसकेका पनि छन् । यी प्रयाशले पूर्वाधारयुक्त शहर वा गाउँपालिका निर्माण मार्फत स्थानीय जनताहरुको अवस्था माथि उठाउन महत्वपूर्ण भूमिका निर्माण गर्नेे अपेक्षा गर्न सकिन्छ । यस्तो प्रयाश हुनु भनेको त्यहाँका स्थानीयहरुको आवश्यकतालाई सम्बोधन गर्न खोजिएको राम्रो प्रयाश हो ।

हामीले जुन रुपमा पूर्वाधार विकास गर्नुपर्नेछ, सोही बमोजिम हामीसँग श्रोतसाधनको उपलब्ध नभएको भन्ने कुरा पनि सुनिने गर्छ नि ?

अहिले हामीसँग सीमित स्रोतहरु छन् तर हाम्रा आवश्यकता भने असीमित छन् । त्यसलाई कसरी व्यवस्थित रुपले प्रयोगमा ल्याउने भन्ने कुरा निकै नै महत्वपूर्ण रहन्छ । यसकारण संयोजनकारी ढङ्गबाट उक्त भौगोलिक क्षेत्रमा आवश्यक पूर्वाधार तथा साधनस्रोतमा पहुँच पु¥याउन सकेको खण्डमा काठमाडौंमा आउने ठूलो जनसङ्ख्यालाई त्यहीँ नै रोक्न सकिन्छ । साथै त्यो भौगोलिक परिस्थितिमा रहेका मानिसहरुको सामाजिक जीवनशैली, आर्थिक पक्ष तथा उनीहरुका आवश्यकता लगायतलाई सम्बोधन गर्नुपर्नेमा समेत जोड दिनुपर्छ ।

अहिलेको शहरका पूर्वाधारहरु मापदण्डको हिसाबले कत्तिको बलिया छन् ?
नेपालमा अहिले सम्म निर्माण भएका शहरी पूर्वाधारहरु मापदण्ड वा न्यूनतम आवश्यकताको हिसाबले हेर्दा निकै नै कमजोर रहेको पाइन्छ । यसको मतलब नेपालमा अहिलेको समयलाई नै हामीले हाम्रा पूर्वाधारको विकास कार्यमा लगाउनको निम्ति उपयुक्त अवसरको रुपमा प्रयोगमा ल्याउन सक्छौं ।

हामीसँग जस्तो फ्रेमवर्क छ, त्यसमा टेकेर राम्रो ढंगले त्यसलाई अघी बढाउने र वृहत्तर भौगोलिक क्षेत्रभित्र रहेर रणनीतिक हिसाबले ती क्षेत्रको विकासको निम्ति यी आधार तयार गर्नु जरुरी रहन्छ । यसका लागि ठूलो रकम लगानी आवश्यक रहने भएपनि त्यसलाई जुटाएर सोहीबमोजिम काम अघी बढाउन सकिन्छ । नेपालको जनघनत्व सबै क्षेत्रमा एकै किसिमको नभएको कारण नेपालमा एकैपटक सबै क्षेत्रमा पूर्वाधारयुक्त शहर निर्माण कार्य सम्भव नभएको अवस्थामा हामी प्राथमिकताको आधारमा अघी बढ्नु जरुरी छ ।

 

कुन ठाऊँमा वस्ती रहने, कुन ठाऊँमा उद्योग रहने, कुन ठाऊँलाई व्यावसायिक क्षेत्र बनाउने लगायतका कुरामा विचार गर्ने हो भने मात्र राम्रो तवरले शहर विस्तार गर्न सकिन्छ । नेपाल सानो मुलुक हुँदाहुँदै पनि यहाँ ठाऊँको विविधिकरण सँगै विभिन्न क्षेत्रमा फरक–फरक सम्भावनाहरु रहेका छन् । ती सम्भावनाहरुलाई सम्बोधन गर्न सकिने किसिमले हामीले कुन ठाऊँलाई कुन प्रयोजनको लागि प्रयोगमा ल्याउन सकिन्छ, सोही कुरालाई विचार गरेर हाम्रा योजना तय गर्नुपर्छ । साथै अबको शहरी विकास कार्य योजनावद्ध रुपमा अघी बढाइनु जरुरी छ । यस कार्यमा सम्बन्धित सरोकारवालाहरु सबैलाई सम्बोधन गर्नु जरुरी छ ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: