नेपाली जडिबुटी व्यापारः निर्यातमा फाईदा कता ?


अर्जुन चापागाई, पिएचडी स्कलर, सिटी युनिर्भसिटी अफ हङकङ

नेपालका उच्च पहाडी र हिमाली जिल्लामा बसोबास गर्ने पचास प्रतिशत भन्दा बढी वासिन्दाको आयआर्जनको मुख्य आधार नै जडीबुटीे संकलन र व्यापार हो । सो संकलित जडीबुटी विभिन्न तहका व्यापारीहुँदै भारत, चीन लगायत अन्य देशमा निर्यात हुन्छ । औषधि उत्पादन, खाद्य पदार्थ, प्राकृतिक चिकित्सा, सौन्दर्य प्रसाधनका सामग्री र सुगन्धित मरमसला आदिका लागि नेपाली जडीबुटीहरूको उच्च माग छ । नेपालबाट वार्षिकरुपमा दशाँैं हजार टन भन्दा बढी जडीबुटीहरू निकासी हुन्छन् जसले रु दश अर्ब बराबरको विदेशी मुद्रा नेपाल भित्र्याउँछ । हाल संसारमा जडीबुटी र जडीबुटीबाट उत्पादित सामग्रीहरुको बजार चीन र भारत वरिपरि घुमिरहेको छ । एकातर्पm प्राकृतिक रुपमै जडीबुटीमा धनीु अर्कोतर्फ दुवै देश हाम्रा नजिकका छिमेकी भएकाले जडीबुटीे व्यापार बजारको चिन्ता नहुनु नेपालका लागी दुवै तर्फ बाट जीत-जीतको स्थिति बनेको छ । तर कुन छिमेकीसँग व्यापार गर्दा धेरैै फाईदा हुन्छ र कसरी अधिकतम दीगो रुपमा फाईदा लिने भनेर नेपाल सरकारले स्पष्ट खाका तयार पार्न आवश्यक छ ।

 

नेपाली जडिबुटीको औैषत निर्यात कुल तौल र व्यापार मुल्यको प्रतिशतमा हेर्दा झण्डै कुल तौलको ७९ प्रतिशत भारत निर्यात बाट करिब ४८ प्रतिशत बराबरको व्यापार मुल्य, करिब कुल तौलको १२ प्रतिशत चीन निर्यातबाट करिब ४० प्रतिशत बराबरको व्यापार मुल्य र कुल तौलको ८ प्रतिशत अन्य देश निर्यात बाट करिब १२ प्रतिशत बराबरको व्यापार मुल्य देखिन्छ । सरसर्ती हेर्दा नेपाली जडिबुटीको भारत निर्यातित तौलको झण्डै आधा व्यापार मुल्य मात्रै हात पर्ने तर चीनबाट निर्यातित तौलको झण्डै तीन गुणा भन्दा बढी व्यापार मुल्य हात पर्ने र अन्य देशबाट निर्यातित तौलको झण्डै डेढ गुणा व्यापार मुल्य हात पर्ने तथ्यांक देखिन्छ ।

युएन कमट्रेड संयुक्त राष्ट्र अन्तराष्ट्रिय व्यापार तथ्यांक डाटाबेसको छद्मनाम हो । १७० भन्दा बढी रिपोर्टर देशहरुरक्षेत्रहरुले संयुक्त राष्ट्र् संघीय सांख्यिकी विभाग, उनीहरुको वार्षिक अन्तराष्ट्रिय व्यापार तथ्यांक डाटा जुन वस्तु र सेवा कोटीहरु र साझेदार देशहरुद्वारा विस्तृत रुपमा प्रदान गर्दछ । वस्तु र सेवाहरु लाई सामंजस्यपूर्ण वस्तु विवरण र कोडिंग प्रणालीमा राखिन्छ जुन ट्रेडेड उत्पादनहरुलाई वर्गीकृत गर्नका लागी नाम र नम्बरहरुको एक अन्तराष्ट्रिय स्तरको प्रणाली हो । जस अन्तर्गत जडिबुटीलाई एच एस कोड १२११ मा राखिएको छ । सन् २०१३ देखि २०१७ सम्मको सोही तथ्यांक केलाउदा नेपाली जडिबुटीको प्रति वर्ष औैषत निर्यात करिब ४५७१.०६९ टनबाट ८३३५,३३७ अमेरिकी डलर बराबरको व्यापार भएको देखिन्छ । जसमध्ये करिब ३६३३.२८८ टन भारत निर्यात बाट ३९७६५०५ अमेरिकी डलर, ५५५.५७६ टन चीन निर्यातबाट ३३४९७१६ अमेरिकी डलर र ३८२.२०६ टन अन्य देश निर्यात बाट १००९११६ अमेरिकी डलर बराबरको व्यापार भएको देखिन्छ । अन्य देशहरुमा (जडिबुटी व्यापारको मात्रा घट्दो कम अनुसार) सिगांपुर, ईटाली, जर्मनी, बगंलादेश, अमेरिका, फ्रन्स, पाकिस्थान, क्यानडा, ताईवान, जापान, अष्ट्रेलिया आदि पर्दछन् ।

नेपाली जडिबुटीको औैषत निर्यात कुल तौल र व्यापार मुल्यको प्रतिशतमा हेर्दा झण्डै कुल तौलको ७९ प्रतिशत भारत निर्यात बाट करिब ४८ प्रतिशत बराबरको व्यापार मुल्य, करिब कुल तौलको १२ प्रतिशत चीन निर्यातबाट करिब ४० प्रतिशत बराबरको व्यापार मुल्य र कुल तौलको ८ प्रतिशत अन्य देश निर्यात बाट करिब १२ प्रतिशत बराबरको व्यापार मुल्य देखिन्छ । सरसर्ती हेर्दा नेपाली जडिबुटीको भारत निर्यातित तौलको झण्डै आधा व्यापार मुल्य मात्रै हात पर्ने तर चीनबाट निर्यातित तौलको झण्डै तीन गुणा भन्दा बढी व्यापार मुल्य हात पर्ने र अन्य देशबाट निर्यातित तौलको झण्डै डेढ गुणा व्यापार मुल्य हात पर्ने तथ्यांक देखिन्छ ।

यसको प्रमुख कारण भनेको न्युन मुल्यका जडिबुटीहरु सहज यातायात र न्युन ढुवानी दरमा भारत निर्यात हुनु नै हो जसले गर्दा धेरैै मात्रामा निर्यात भएता पनि न्युन मुल्यको व्यापार हुन्छ । अर्को तर्फ चीनका जनताको प्रति व्यक्ति आए तुलानत्मक रुपले धैरै बृद्वि हुनु, तिब्बती औषधीको उद्योगीकरण भएर कच्चा जडिबुटीको माग बढ्नु जस्ता कारणले गर्दा पछिल्ला वर्षहरुमा नेपालका उच्च हिमाली भेगका यार्सागुम्बा, बन लसुवा, सतुवा, सुनगाभा आदि जस्ता उच्च मुल्य भएका जडिबुटीहरु तिब्बत र चीन निर्यात हुन्छन् जुन थोरै मात्रामा निर्यात भएता पनि झण्डै तीन गुणा भन्दा बढी मुल्यको व्यापार गर्छन् ।

 

तसर्थ तुलनात्मक रुपले नेपाली जडिबुटीको व्यापार र निर्यात चीन तर्फ बढाउन आवश्यक छ । तर हिमाली जिल्लाहरूको उत्तरी नाकामा भौगोलिक बिकटता, यातायात, मौसम प्रतिकूलका जस्ता सुधार गर्नुपर्ने धेरै समस्या छन् । यसका लागि सरकारले व्यवस्थित जडिबुटी संकलन, उच्च माग भएका जडिबुटीको खेति विस्तार, व्यापार, प्रशोधन, भण्डारण, बजारीकरण, वैज्ञानिक अनुसन्धान, ट्रेडमार्क सहित ओसार प्रसार र कानुनी प्रकिृयामा सहजीकरण गर्दै जडिबुटीको व्यापार प्रवद्र्धन चीन निर्यातमा जोड दिनुपर्ने देखिन्छ । गत अप्रिल २०१९ दोस्रो बेल्ट एण्ड रोड फोरममा भएको नेपाल(चीन सीमापार रेल सहित ट्रान्स हिमालयन बहु(आयामी कनेक्टिविटी नेटवर्क सहमतीलाई नेपाल सरकारले अविलम्ब आफ्नो तर्फ बाट प्रकिृया थालनी गरे अन्य क्षेत्रसँगै जडिबुटीे व्यापार क्षेत्रको प्रवद्र्धनमा पनि कोषेढुगां साबित हुने थियो ।

धसिगरे विक्री गर्दै संकलक व्यापारीको गोदाममा कुरिलो व्यापारका लागि चिराईंतो लोड गर्दै

[email protected]

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: