बालकृष्णलाई विष खुवाउने आफ्नै कर्मचारी


आचार्य बालकृष्णलाई उनी निकटकै पूर्वकर्मचारीले पेडामा विष मिसाएर खुवाएको तथ्य फेला परेको छ । केही वर्षसम्म पतञ्जली योगपीठको मुख्यालयमा कार्यरत अग्रवाल थरका पूर्व कर्मचारीले कृष्ण जन्माष्टमीको दिन पेडा खुवाएर हत्या प्रयास गरेको खुलेको हो ।

कृष्णजन्माष्टमीको दिन गुरुको हैसियतले एक पाकेट पेडा लिएर हरिद्वारस्थित निवासमा आएका ती कर्मचारीले धेरै पेडा मध्ये आफ्नै हातले विष मिलाएको पेडा खान दिएको खुलेको छ । आचार्य बालकृष्णलाई हरिद्वारमा भेट गरी फर्किएका पतञ्जली योगपीठ नेपाल ट्रष्टी इञ्जिनियर शालिकराम सिंहले पेडामा विष खुवाउने पूर्वकर्मचारीलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढको बताए ।

हत्या प्रयासबाट जोगिएका आचार्य बालकृष्ण ही भदौ १८ गते नेपाल आउन लागेका छन् । नेपालमा पनि उनको स्वास्थ्यबारे चासो भएकाले नेपाल नेपाल आउन लागेका हुन् ।  यो समाचार नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: