राम्रो सम्भावना बोकेको जुत्ता उद्योग, चुनाैती पनि छन्


कृष्ण कुमार फुयाँल, अध्यक्ष, नेपाल फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन

नेपाल फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन नेपालमा सञ्चालनमा रहेका जुत्ता व्यवसायीहरुको हक, हित र अधिकारको लागि स्थापित संस्था हो । हाल यस संघले नेपालमा उत्पादित जुत्ता व्यवसायीहरुलाई एकै ठाऊँमा उभ्याउने मात्र काम गरेको छैन, नेपाली जुत्ताको व्यावसायिकरण तथा बजार प्रवद्र्धन, सीपमूलक कार्यक्रम सञ्चालन लगायतका विभिन्न गतिविधिहरु समेत सञ्चालन गर्दै आएको छ ।

यस संघका अध्यक्ष फुयाँलले आफूहरुले निरन्तर रुपमा नेपाली जुत्ताको प्रवद्र्धनको लागि काम गर्दै आइरहेको र अब नेपाली जुत्ता उद्योगमा अभाव रहेको दक्ष जनशक्तिको समस्या कम गर्न तालिम कार्यक्रम अझ प्रभावकारी तवरले सञ्चालन गर्ने योजनामा रहेकाे समेत बताउनुहुन्छ ।

सबै नेपालीको खुट्टामा जुत्ता पुर्याउने अभियानमा आफुहरु रहेको भन्दै यसलाई पूरा गर्नको निम्ति उद्यमीहरुको तर्फबाट गर्नुपर्ने भूमीका निर्वाह गर्न संघ तयार रहेको तर यो प्रयाश संघको पहलमा मात्र सम्भव नहुने समेत बताउनुभएको छ ।

संघकै पहलमा नेपालमा आयात विस्थापनको निम्ति आफुहरु सफल हुँदै गएको र त्यो सफलता जुत्ता उद्योगीको लागि मात्र नभई समग्र मुलुकको अर्थतन्त्रको निम्ति नै खुसीको कुरा भएको समेत ऊहाँको धारणा छ ।

पछिल्लो समय नेपाली उपभोक्ताहरु नेपालमा उत्पादित जुत्ता प्रति नै आकर्षित हुँदै गएका छन् । नेपालमा उत्पादन हुने जुत्ता समेत गुणस्तरीय र आकर्षक रहेको कारण यो अवस्था सृजना हुन सकेको हो । आगामी दिनमा नेपाली जुत्ताको उपयोगमा अझ वृद्धि ल्याउनुपर्ने आवश्यकता छ ।

अहिले नेपाली जुत्ताचप्पलहरु निर्यातयोग्य वस्तुको सूचीमा समेत सूचीकृत भइसकेका हुँदा अबका दिनमा नेपाली जुत्ताचप्पलहरु नेपालमा मात्र नभई विदेश निर्यात गर्न सकिने राम्रो सम्भावना छ । यसको लागि व्यवसायीहरुले त पहल गरि नै रहेका छन् । राज्य पक्षले समेत विशेष समन्वयनकारी भूमीका निर्वाह गर्नुपर्ने जरुरी छ ।

जुत्ता उद्योगको सम्भावना 
नेपालमा अहिले पनि आवश्यकता बमोजिम जुत्ता उत्पादन हुन सकेको छैन । जसले गर्दा नेपालीहरु विदेशमा उत्पादित जुत्ता उपयोग गर्न बाध्य छन् । प्रयाप्त जुत्ता उपलब्ध नहुँदा यहाँको माग पूर्तिको निम्ति आयातमा निर्भर हुनुपरेको छ । नेपालमा नै अझ बढी मात्रामा उद्योगहरु स्थापना गर्ने र नेपालमा अझ ठूलो परिमाणमा जुत्ता उत्पादनको वातावरण बनाउनको निम्ति व्यवसायीहरुलाई एक ठाऊँमा उभ्याउने र नीतिगत रुपमा पहलको निम्ति राज्यलाई दबाब दिने कामको अलावा विभिन्न संस्थाहरु सँगको सहकार्यमा दक्षता अभिवृद्धि गर्ने कार्यमा समेत संघ सक्रिय रहँदै आएको छ ।

अहिले नेपाली जुत्ताचप्पलहरु निर्यातयोग्य वस्तुको सूचीमा समेत सूचीकृत भइसकेका हुँदा अबका दिनमा नेपाली जुत्ताचप्पलहरु नेपालमा मात्र नभई विदेश निर्यात गर्न सकिने राम्रो सम्भावना छ । यसको लागि व्यवसायीहरुले त पहल गरि नै रहेका छन् । राज्य पक्षले समेत विशेष समन्वयनकारी भूमीका निर्वाह गर्नुपर्ने जरुरी छ ।

ठूलो रोजगारीको क्षेत्र 
अहिले नेपालमा जुत्ता क्षेत्र मार्फत ठूलो परिमाणमा रोजगारी सृजना भएको छ । यसलाई निकै धेरै मात्रामा विस्तार गर्न सकिने सम्भावना छ । यद्यपि यसको लागि नेपालमा काम गर्न सकिने उपयुक्त वातावरण निर्माण हुनु जरुरी छ । राज्यको तर्फबाट समेत यस क्षेत्रको विकासको निम्ति विभिन्न कामहरु गरिनु जरुरी छ । राज्यले नेपालमा सञ्चालनमा रहेका उद्योगहरुको निम्ति कर छुट तथा अन्य सुविधाहरु उपलब्ध गराउने हो भने यस क्षेत्रले अझ ठूलो मात्रामा लगानी आकर्षण गर्न र रोजगारी सृजना गर्न सक्छ । यसबाट नेपाली उत्पादनले स्वदेशी बजार माग पूरा गरी आयात प्रतिस्थापन गर्न र निर्यात प्रवद्र्धन गर्नमा समेत सहयोग पु¥याउँछ ।

 

हाल नेपालमा रोजगारीको हिसाबले जुत्ता चप्पल तथा यसको निम्ति आवश्यक पर्ने कच्चा पदार्थ उत्पादनको क्षेत्र मार्फत ५० देखि ६० हजार व्यक्तिहरुलाई रोजगारी सृजना गर्न सकिएको छ । यस क्षेत्रमा हाल २५ देखि ३० अर्ब रकम लगानी भएको अनुमानित तथ्याङ्क छ ।

उद्योगमैत्री वातावरण बन्नुपर्छ 
नेपाललाई समृद्ध बनाउनको निम्ति अबका दिनमा उत्पादनमूलक उद्योगमा जोड दिनु जरुरी छ । यस सम्बन्धमा नेपालमा जुत्ता क्षेत्रको समेत महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । यस कार्यमा अनुकुल वातावरण बनाउन राज्य पक्षबाट विशेष सहयोग उपलब्ध हुनुपर्छ ।

जुत्ता क्षेत्रमा रोजगारी 
हाल नेपालमा रोजगारीको हिसाबले जुत्ता चप्पल तथा यसको निम्ति आवश्यक पर्ने कच्चा पदार्थ उत्पादनको क्षेत्र मार्फत ५० देखि ६० हजार व्यक्तिहरुलाई रोजगारी सृजना गर्न सकिएको छ । यस क्षेत्रमा हाल २५ देखि ३० अर्ब रकम लगानी भएको अनुमानित तथ्याङ्क छ ।

जुत्ता व्यवसायमा संलग्न उद्योगहरु 
अहिले सम्म नेपालमा साना देखि ठूलो लगानीका जुत्ता उद्योग सम्म सबै गरी यति नै सङ्ख्यामा उद्योगहरु सञ्चालनमा छन् भन्ने आधिकारिक तथ्याङ्क सङ्कलन गर्न त सकिएको छैन । यद्यपि वि.सं २०७२÷०७३ को सर्वेक्षण अनुसार नेपालमा आधिकारिक रुपमा दर्ता भएर सञ्चालनमा आएका उद्योगहरुको सङ्ख्या १ हजार ५ सय १ थियो । जुन देशैभरका जुत्ता उद्योगहरुको सङ्ख्या हो । तर यस तथ्यांक भन्दा बाहिर समेत निकै धेरै सङ्ख्यामा उद्योगहरु सञ्चालनमा छन् । जुन परम्परागत तवरले सञ्चालन हुँदै आएका छन् । ती उद्योगहरु दर्ताको दायरा भित्र छैनन् । खासगरी नेपालका ग्रामीण क्षेत्रमा सानो लगानीमा परम्परागत तवरले चल्दै आएका जुत्ता उद्योगहरु अहिले सम्म दर्तामा आउन सकेका छैनन् ।

समस्याः दक्ष जनशक्ति
नेपालमा अहिले सञ्चालनमा रहेका उद्योगको निम्ति दक्ष जनशक्ति ठूलो समस्याको रुपमा रहेको छ । साथै अहिले सम्म बजारको माग कम रहेको कारण नेपाली जुत्ता उद्योगहरुले आफ्नो क्षमताको तुलनामा निकै कम मात्र उत्पादन गरिरहेका छन् ।

दक्षता विकासको निम्ति ट्रेनिङ सेन्टरः
अहिले सम्म नेपालमा जुत्ता उद्योगमा ठूलो समस्याको रुपमा रहेको दक्ष जनशक्तिको समस्या समाधान गर्न यस संघले जुत्ता उत्पादनको लागि सीपमुलक तालिम समेत सञ्चालन गर्दै आएको छ । नेपालमा आवश्यकता बमोजिम जनशक्ति उपलब्ध हुन नसकेको कारण अहिले कामदारहरु मध्ये अधिकांश छिमेकी मुलुक भारतबाट नेपालमा आएका कामदारहरु छन् । नेपालका कामदारहरु कामको खोजीमा तुलनात्मक रुपमा कम तलबमा नै खाडी मुलुकहरुमा गइरहेको कारण नेपाली जुत्ता उद्योगहरुले कामको निम्ति छिमेकी मुलुकबाट कामदारहरु भित्र्याउनुपरेको छ । साथै नेपालमा पुरुष कामदार वैदेशिक रोजगारीमा रहेको कारण नेपाली जुत्ता उद्योगमा काम गर्ने नेपाली कामदारहरु मध्ये अधिकांश महिला कामदारहरु छन् । घरायसी महिला कामदारहरुको निम्ति रोजगारीको राम्रो स्रोत बन्न पुगेको छ जुत्ता उद्योग ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: