उत्कृष्ट शिक्षा नेपालमै


गाेपीराज पराजुली, प्रिन्सिपल, प्रेसियस नेसनल एकेडेमी

प्रेसियस नेशनल एकेडेमी वि.सं २०४२ मा स्थापना भएको संस्था हो । हाल सम्म आइपुग्दा नर्सरी तह देखि स्नातक तह सम्मका शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको यस विद्यालयले शिक्षा क्षेत्रमा निरन्तर रुपमा योगदान दिँदै आइरहेको छ । विशुद्ध शैक्षिक समूहबाट सञ्चालनमा रहेको यस प्रेसियस नेशनल एकेडेमी प्रति अभिभावकहरुले जुन अपेक्षा र विश्वासको साथ काम गर्नुभएको छ, सो विश्वासलाई पूरा गर्ने कार्यमा प्रेसियस टीम सफल रहँदै आएको छ । हाल यस संस्थामा स्कुल र कलेज गरी १ हजार विद्यार्थीहरु यस विद्यालयमा अध्ययनरत छन् ।

शिक्षा क्षेत्रमा रहेर समाजको विकास र चेतना अभिवृद्धिको लागि काम गर्नु आफैंमा चुनौतीपुर्ण कार्य हो । निजी लगानीमा शैक्षिक संस्था सञ्चालन गर्दा हामीले यस्ता विभिन्न चुनौतीहरुको अनुभव गर्दै आएका छौं । सबै क्षेत्रको मूल केन्द्रविन्दु राज्य नै भएको हुनाले आफु मातहतका सेवामा उत्कृष्टता ल्याउनको निम्ति राज्यबाट समयानुकुल नीतिगत संशोधन र परिमार्जन गर्ने कार्य नियमित प्रक्रिया भित्र नै पर्ने गर्छ । यद्यपि पछिल्लो समय सामुदायिक विद्यालयको नतिजा कमजोर भएको विषयवस्तुलाई जोडेर गुणस्तरीय शिक्षा दिँदै आएका निजी शैक्षिक संस्थालाई नै लक्षित गरी विभिन्न आयोगका प्रतिवेदन मार्फत नियोजित रुपमा निजी शिक्षाप्रदायकहरुलाई निरुत्साहित गर्ने प्रयाश गरिएको छ, तर हामीलाई आशा छ कि यी प्रतिवेदनमा उल्लेखित विषयवस्तु सबै व्यावहारिक नहुने भएको कारण लागु हुनमा कठिन छ । यद्यपि यस्ता व्यवस्था लागु गरी निजी शिक्षा प्रदायकलाई निरुत्साहित बनाउने हो भने राज्य पक्ष नै पछुताउनुपर्ने अवस्था आउन सक्छ ।

अहिले पनि नेपालमा निजी लगानीमा शिक्षा क्षेत्र सञ्चालकले विभिन्न चुनौतीहरु सहँदै आउनुपरेको छ । यद्यपि पछिल्लो समय नेपालमा निजी शैक्षिक संस्थालाई लक्षित गरेर राज्यबाट जुन किसिमका नीतिहरु आएका छन्, त्यसले अझ बढी चुनौतीपूर्ण बनाएको छ । यस क्षेत्रमा विभिन्न चुनौतीहरु राज्यका नीतिको कारणले समेत थपिएका छन् । राज्यले यो वा त्यो वाहनाले ल्याएका नीतिहरुले निजी शिक्षा क्षेत्रलाई पक्कै पनि अप्ठ्यारो पर्ने देखिएको छ

पछिल्लो समय नेपालमा शिक्षा क्षेत्रमा विभिन्न आयोगको नाममा आयोगले प्रतिवेदन मात्र पेश गरेको आधारमा निजी शैक्षिक संस्थालाई यस्ता शैक्षिक संस्था नेपालमा रहे सम्म राज्य मातहत सञ्चालित शैक्षिक संस्थाको अवस्था माथि उठ्न नसक्ने भन्ने किसिमले निजी शैक्षिक संस्था प्रति राज्यको दृष्टिकोण बदलिएको कारण अहिले जे हल्लाहरु आइरहेका छन्, यस्तो परिस्थितिले केही समस्या पक्कै पनि सृजना गरेको छ ।

अहिले जुन कुराहरु बाहिर आएका छन्, सोही बमोजिम नेपालका शैक्षिक संस्थालाई अगाडि लैजाने हो भने राज्यको चाहना बमोजिमका सुशासन, समृद्धि लगायतका कुराहरु सम्भव हुन सक्ने अवस्था नरहन सक्छ । साथै अहिलेको अवस्थामा कुरा बाहिर आए जसरी नै राज्यका नीतिहरु लागु हुन सक्ने अवस्था त देखिँदैन, तर लागु भइहालेको अवस्थाा नेपालको शिक्षा क्षेत्र माथि गइहाल्छ भन्न सकिने अवस्था समेत नरहन सक्छ । नेपालमा निजी शैक्षिक संस्थाले उपलब्ध गराएको सेवासुविधा र शैक्षिक गुणस्तरले विद्यार्थीको सवाङ्गिण विकासमा पु¥याएको योगदानको राज्य पक्षबाट पनि उच्च सम्मान हुनुपर्छ ।

शिक्षाको ढाँचा समयानुकुल परिवर्तन हुनुपर्छ 
हरेक मुलुकले आफ्नो अवस्था र परिस्थिति अनुसार शिक्षाका विभिन्न ढाँचाहरु लागु गर्न सक्छ, त्यो स्वभाविक हो । यद्यपि अहिले सम्म आइपुग्दा प्रविधिको तीव्र रुपमा भइरहेको विकास बमोजिम नै हाम्रो शैक्षिक कार्यक्रमलाई हामीले जुन रुपमा परिमार्जन र परिष्कृत गर्नुपर्ने हो, त्यो गर्न भने पक्कै पनि सकिएको छैन । नेपालमा सञ्चालनमा रहेका सामुदायिक र संस्थागत दुवै प्रकृतिका विद्यालयहरुले सरकारले तय गरेको ढाँचा बमोजिमको पाठ्यक्रममा आधारित रहेर शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने हुन्छ, जसले गर्दा शिक्षा क्षेत्रमा परिमार्जन गर्ने विषय पनि राष्ट्रिय वहसको विषयको रुपमा रहने गर्छ । एक व्यक्ति वा शैक्षिक संस्थाले मात्र चाहेर फरक किसिमले आफूले चाहेबमोजिमको शिक्षा दिन सकिँदैन ।

पछिल्लो समय नेपालमा शिक्षा क्षेत्रमा विभिन्न आयोगको नाममा आयोगले प्रतिवेदन मात्र पेश गरेको आधारमा निजी शैक्षिक संस्थालाई यस्ता शैक्षिक संस्था नेपालमा रहे सम्म राज्य मातहत सञ्चालित शैक्षिक संस्थाको अवस्था माथि उठ्न नसक्ने भन्ने किसिमले निजी शैक्षिक संस्था प्रति राज्यको दृष्टिकोण बदलिएको कारण अहिले जे हल्लाहरु आइरहेका छन्, यस्तो परिस्थितिले केही समस्या पक्कै पनि सृजना गरेको छ ।

 

नेपालले प्रतिष्पर्धी जनशक्ति उत्पादन गरेको छ 
अहिले नेपाली विद्यार्थीहरुले विश्वका विभिन्न क्षेत्रमा उत्कृष्टता प्रदर्शन गरिरहेका छन् । नेपालमा उत्पादन भएका विद्यार्थीहरु अहिले विभिन्न अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा उत्कृष्ट बन्न सक्नुले नेपाली विद्यार्थीको क्षमता कमजोर नरहेको पुष्टि गर्दछ । यसमा शिक्षा क्षेत्रको भूमिका समेत निकै महत्वपूर्ण छ । यद्यपि कोहीकसैले नेपालको शिक्षा अन्तर्राष्ट्रिय गुणस्तरको छैन भनेर भन्ने गरेको पनि पाइन्छ, त्यसले मात्र चाहिँ कुनै अर्थ रहँदैन । यद्यपि बदलिँदो परिस्थिति बमोजिम शिक्षाको ढाँचा परिमार्जन गर्नसके हाम्रो तत्कालिन आवश्यकता बमोजिमका जनशक्ति उत्पादन गर्न सकिन्छ । जसले गर्दा मुलुकको विकास र सुशासनमा उनीहरुको योगदान महत्वपूर्ण बन्न सकोस् ।

समयानुकुल परिमार्जन हुनुपर्छ पाठ्यक्रम 
नेपालमा अहिलेको अवस्थामा समाज प्रविधिको हिसाबले निकै अघी बढिसकेको भएपनि कतिपय शैक्षिक कार्यक्रमहरु बर्षौं सम्म परिमार्जन गरिएको छैन । जसले गर्दा नयाँ विकास भएको परिस्थिति बमोजिमको शिक्षा हामीले दिन सकिएको छैन । यद्यपि नेपालमा सञ्चालित शैक्षिक कार्यक्रमको कुनै पनि स्थान नै छैन भन्न चाहिँ पक्कै मिल्दैन । नेपालमा पनि विश्वस्तरीय शैक्षिक कार्यक्रमहरु सञ्चालन भएका छन् । यद्यपि हाम्रो वर्तमान आवश्यकतालाई लक्षित गरेर शैक्षिक कार्यक्रम सञ्चालन गर्नमा भने हामी चुकेकै छौं ।

बदलिएको छ शिक्षाको परिभाषा 
पढाई र सिकाईको परिभाषा नेपालमा पनि समयानुकुल परिमार्जन भइरहेको छ । जुन स्वभाविकै हो । म आफूले अध्ययन गर्ने समयमा र अहिलेको अवस्थामा आइपुग्दा पढाउने तरिका बदलिएको छ, विद्यार्थीले सिक्ने कुरा बदलिएको छ । पछिल्लो समय नेपालमा पनि व्यावसायिक एवं व्यावहारिक प्रयोगमा आधारित शिक्षा सञ्चालनको लागि विभिन्न पहलहरु भएका छन् । विगतमा हामीले अध्ययन गर्दा कोर्षको ज्ञान र सूचनालाई कण्ठ गरेर उत्कृष्ट अंक ल्याउन सकेको खण्डमा त्यसलाई मात्र उत्कृष्ट विद्यार्थी मान्ने प्रवृत्ति थियो । तर अहिले सम्म आइपुग्दा विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा समेत संलग्न गराई जीवनोपयोगी सीप र ज्ञान प्रदान गर्ने र त्यसबाट समेत मूल्याङ्कन गर्ने परिपाटी विकास भएको छ । अतिरिक्त विशेष क्षमता रहेको क्षेत्रबाट पनि माथि उठ्ने अवस्था अहिले सृजना भएको छ । यद्यपि परिक्षा प्रणाली भने बदलिएको छैन । जीवनोपयोगी शिक्षा अहिलेको महत्वपूर्ण सन्दर्भ बन्न पुगेको छ । यसको लागि प्रविधियुक्त शिक्षाको अलावा संस्कारयुक्त नैतिक शिक्षा प्रदान गर्ने सन्दर्भ महत्वपूर्ण हुने गर्छ । यद्यपि पाठ्यक्रम बमोजिम निर्धारित कोर्ष निश्चित समयावधि भित्रै पूरा गर्नैपर्ने बाध्यता बीच शैक्षिक संस्थाले चाहे बमोजिमका सबै कार्यक्रम निर्धारित समयावधिमा नसमेटिने परिस्थिति पनि छ । यद्यपि विद्यार्थीलाई जति कुराहरु सिकाइएको छ र उनीहरुलाई जति ज्ञान प्रदान गरिएको छ, त्यो समेत विद्यार्थीहरुको लागि स्तर अनुसार प्रयाप्त मान्न सकिन्छ । निजी शैक्षिक संस्थाहरुले यिनै कुरालाई विशेष महत्व दिँदै आएको कारण अहिले निजी संस्थागत विद्यालयमा आफ्ना बालबालिका भर्ना गर्न हाम्रा अभिभावकहरु बढी आकर्षित भएको बुझ्न सकिन्छ ।

विगतमा हामीले अध्ययन गर्दा कोर्षको ज्ञान र सूचनालाई कण्ठ गरेर उत्कृष्ट अंक ल्याउन सकेको खण्डमा त्यसलाई मात्र उत्कृष्ट विद्यार्थी मान्ने प्रवृत्ति थियो । तर अहिले सम्म आइपुग्दा विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा समेत संलग्न गराई जीवनोपयोगी सीप र ज्ञान प्रदान गर्ने र त्यसबाट समेत मूल्याङ्कन गर्ने परिपाटी विकास भएको छ । अतिरिक्त विशेष क्षमता रहेको क्षेत्रबाट पनि माथि उठ्ने अवस्था अहिले सृजना भएको छ । यद्यपि परिक्षा प्रणाली भने बदलिएको छैन ।

 

राम्रो संस्कार विकासमा जोड दिनु अावकश्यक   
नेपालका निजी शैक्षिक संस्थाहरुले औपचारिक र आधुनिक शिक्षाको अलावा आवश्यकता बमोजिमका संस्कारजन्य ज्ञान र परम्परागत सर्वमान्य मूल्यमान्यता समेत सिकाइरहेका छन् । बदलिँदो परिवेश बमोजिम आधुनिक प्रविधि प्रतिको आकर्षण स्वभाविक नै हो । अबका दिनमा हामीले पाठ्यपुस्तकको अलावा कुन विषय ठीक र कुन वेठीक पहिचान गरेर सोही बमोजिम राम्रा कुराहरुलाई मात्रै आत्मसात् गर्ने किसिमले शिक्षा प्रदान गर्नु जरुरी रहन्छ । विद्यार्थीलाई यति मात्रै सिकाउन सक्ने हो भने हाम्रा विद्यार्थीले संस्कार, व्यावहारिकता, प्रविधि र ज्ञान लगायतमा अब्बल रहँदै हरेक परिस्थितिमा आफूलाई नेतृत्वदायी भूमिकामा प्रस्तुत गर्न सक्छन् ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: