भ्रमण वर्ष २०२० सफल बनाउन विमानस्थल निर्माण तीव्र पारौंः मन्त्री ज्ञवाली


नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनका लागि ठुला पुर्वाधार तथा योजनाहरुमा जोड दिँदै साना तथा अत्यावश्यक कामहरुलाई प्राथमिकतामा राख्नुपर्ने पर्यटन क्षेत्र आबद्ध सरोकारवालाहरुले बताएका छन् । सरकारका मन्त्री, कुटनीतिक नियोगका पदाधिकारी तथा सम्बद्ध क्षेत्रका व्यक्तिहरुले भ्रमण वर्षलाई भव्यताका साथ सफल बनाउन सबै पक्षले पर्यटन क्षेत्रमा ध्यान केन्द्रित गर्नुपर्ने औंल्याएका छन् ।

पर्यटन क्षेत्रको विकास र पर्यटक आगमन वृद्धिका लागि पुर्वाधार विकासमा जोड दिन आवश्यक रहेको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले बताएका छन् । मन्त्री ज्ञवालीले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउनका लागि अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थल निर्माणमा तिब्रता दिनु पर्नेमा जोड दिए । साथै सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा पर्यटन क्षेत्रको विकासका लागि प्र्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन सरकार र दातृ निकायका बिच राणनीतिक छलफल गरिने मन्त्री ज्ञवालीको भनाई थियो ।

यस्तै पर्यटन, संस्कृति तथा नागरिक उड्डययन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले नेपाल भ्रमण वर्ष २०२० का लागि सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने बताए । भ्रमण वर्षमा लक्षित कार्यक्रमहरुले पर्यटनका माध्यमबाट मुलुकको आर्थिक वृद्धि, रोजगारीको अवसर र गरिबी निवारणमा टेवा पुर्याउने सचिव सापकोटाको भनाई थियो । यसका साथै पर्यटन क्षेत्रको विकासका लागि दिर्घकालिन योजना तर्जुमा गर्नुपर्नेमा समेत सचिव सापकोटाले जोड दिएका छन् ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदुत मञ्जीत सिंहले अन्तरदेशीय पर्यटकलाई प्राथमिकतामा राख्न सुझाव दिएका छन् । उनले नेपालभारत सीमामा पर्यटन क्षेत्रलाई प्रभावकारी बनाउँदै पर्यटकीय गन्तव्यका साथै पर्यटन प्रवद्र्धनमा लाग्दा भ्रमण वर्ष सफल बनाउन सहज हुने समेत बताए । भ्रमण वर्षलाई सफल बनाउनका लागि पुर्वाधार मात्र नभई समग्र मुलुकका पर्यटकीय गन्तव्यलाई विश्वबजारमा चिनाउने अभियानको तिब्रतालाई समेत रातदुत सिंहले जोड दिए ।

नेपाल पर्यटन बोर्डका पुर्व प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले नेपालको पर्यटन क्षेत्रको विकासमा विश्वव्यापीकरणका लागि सूचनाप्रवाह गर्न विद्युतीय माध्यमका साथै फोटो, श्रव्यदृष्य सामग्रीहरुले महत्वपुर्ण भुमिका खेल्ने बताए ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: