अबका बैंकहरु ग्राहकको आवश्यकता र चाहना बमोजिमका सुविधामा केन्द्रित हुनुपर्छ : सिइओ श्रेष्ठ


किरण कुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड

नेपालको आर्थिक क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंकको भूमिका बारेमा केही बताइदिनुहुन्छ कि ?
मुलुकको आर्थिक क्षेत्रको विकासमा राष्ट्रिय वाणिज्य बैंकको भुमिका महत्वपुर्ण रहेको छ । स्थापना काल (वि.सं. २०२२)मा नै कृषि, उद्योग र वाणिज्य क्षेत्रलाई सुलभ रुपमा ऋण सुविधा उपलब्ध गराउने तथा देश र जनतालाई बैंकिङ सेवा उपलब्ध गराउने यसको स्थापनाकालिन उद्धेश्य रहेको थियो । आर्थिक विकासका मेरुदण्डका रुपमा रहेका कृषि, उद्योग र वाणिज्य क्षेत्रको विकासका लागि वित्तीय साधन उपलब्ध गराउँदै आएको यस बैंकले हालको परिवर्तित अवस्थामा समेत सरकारले लिएका विकास रणनीतिका कार्यक्रमहरुलाई प्राथमिकतापुर्वक कार्यान्वयन गराउन क्रियाशिल रहेको सन्दर्भमा नेपालको आर्थिक विकासमा विगत देखि वर्तमान सम्म पनि यस बैंकको अहम भूमिका रहँदै आएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले समग्र रुपमा नेपाली ग्राहकहरुलाई कसरी सेवा प्रवाह गरिरहेको छ ?
राष्ट्रिय वाणिज्य बैंक सबै तहका नागरिकहरुको चीरपरिचित वाणिज्य बैंक हो । यसले ग्रामीण क्षेत्र देखि विकसित शहरी क्षेत्र सम्म र हिमाल देखि तराई सम्म देशका ७ वटै प्रदेशका ७७ वटै जिल्लाहरुमा सेवा प्रदान गरिरहेको छ । यसरी हेर्दा बैंकको सेवा सबै वर्गका नागरिक सम्म पुगेको स्पष्ट देखिन्छ । वर्तमान बैंकिङ क्षेत्रले प्रदान गरिरहेका सबै सेवा सुविधाहरु यस बैंकले पनि प्रदान गरिरहेको छ । बैंकले परम्परागत सेवाहरु देखि लिएर अत्याधुनिक प्रविधियुक्त सेवाहरु समेत प्रवाह गरिरहेको सन्दर्भमा हाल यसले प्रवाह गरेको सेवा व्यापक र प्रयाप्त बनेको छ ।

 

 

अबको नेपाली बजारमा बैंक तथा वित्तीय संस्थाहरुको भुमिकामा के कत्तिको परिवर्तन आउन आवश्यक छ ?
विश्वभर नै बैंकिङ प्रणाली प्रविधि उन्मूख भएको छ । ग्राहकहरुलाई अत्यन्त छिटो र सरल किसिमले सेवा प्रवाह गर्नु अहिलेकोे आवश्यकता बनेको छ । प्रविधिको विकासले आज बैंकले प्रदान गर्ने कतिपय सेवाहरु ग्राहकले बैंक सम्म नआई आफ्नो मोवाईल वा कम्प्युटरको माध्यमबाट घरमै वा कार्यालयमा नै बसीबसी गर्न सक्ने भएका छन् । प्रविधिको विकास सँगै ग्राहकको आवश्यकता र आकङ्क्षामा परिवर्तन भएको छ । बैंक तथा वित्तीय संस्थाहरु सेवा विक्रेता भएकोले ग्राहकको मनोविज्ञान र आकाङ्क्षालाई सम्बोधन गर्न आफ्नो भुमिकालाई समयानुकुल परिवर्तन गर्नैपर्छ । अर्काेतर्फ बैंकिङ प्रणाली अब कुनै एउटा राष्ट्रमा मात्र सीमित नभई विश्वव्यापीकरण भईसकेको सन्दर्भमा बैंकहरुले जे–जस्तो सेवासुविधाहरु दिन्छन्, त्यस्तै सेवा सुविधाहरु मात्र ग्राहकका लागि पर्याप्त हुन्छ भन्ने परम्परागत धारणामा परिवर्तन गरी अब बैंकहरुले ग्राहकको आवश्यकता र चाहना बमोजिमका सेवा सुविधाहरु विकास गरी आफ्नो भूमिकामा व्यापक परिवर्तन गर्नु जरुरी देखेको छु । त्यसको साथै बैंकहरुले मुलुकको वित्तीय प्रणालीमा योगदान पुग्ने गरी वित्तीय साक्षरता एवं वित्तीय समावेशीकरणको माध्यमबाट सबै नेपालीहरुका लागि संस्थागत बैंकिङको पहुँच सहज र सरल तुल्याउन समेत भूमिका खेल्नुपर्ने जरुरी छ ।

चालू आ.व. ०७५–७६ विकासको आधार वर्ष हो । आगामी आ.व. ०७६–७७ को राष्ट्रिय बजेटमा राष्ट्रिय प्राथमिकताका क्षेत्रहरुमा विशेष जोड दिइएको छ । आगामी आ.व.मा ७ प्रतिशतको आर्थिक बृद्धि दर हासिल गर्ने, मूद्रास्फिति दर ४.५ प्रतिशतमा सीमित राख्ने, वित्तीय साक्षरता र समावेशितामा अभिवृद्धि गरी बैंकिङ पहुँच बढाउने जस्ता कार्यक्रमहरु तय गरिएको र प्राथमिकता प्राप्त क्षेत्रहरु जस्तैः कृषि, पर्यटन, उर्जा, उद्योगलाई विशेष प्राथमिकतामा राखिएको छ । मुलुकमा संघीय संरचना कार्यान्वयन भएसँगै स्थानीय तहलाई श्रोत परिचालनमा अधिकार सम्पन्न गराइएको छ । राष्ट्रिय महत्वका अधुरा योजनाहरु पूरा गर्ने लक्ष्य समेत राखिएको छ । सामाजिक सुरक्षाका योजनाहरु अगाडी सारिएको छ । उल्लेखित महत्वपुर्ण कार्यक्रमहरुको आधारमा अबको अर्थतन्त्र अवश्य पनि सबल र सक्षम हुन सक्छ भन्नेमा विश्वस्त हुन सकिन्छ ।

राष्ट्रिय वाणिज्य बैंकले शुरुदेखि कुन–कुन क्षेत्रमा के–कति कर्जा प्रवाह गर्दै आएको छ ?
यस बैंकले शूरुदेखि नै कृषि, उद्योग र वाणिज्य क्षेत्रमा कर्जा प्रवाह गर्दै आएको छ । हामीले ग्रामीण क्षेत्रका साना तथा मझौला उद्योग तथा व्यापार व्यवसाय प्रबद्र्धनका लागि सरल किमिसले चालू पूँजी कर्जा प्रवाह गर्दै आएका छौँ । कृषि क्षेत्रलाई व्यवसायीकरण गर्न कृषि पेशामा संलग्न किसान तथा कृषि उद्यमीहरुका लागि सुलभ व्याजदरमा चालू पूँजी तथा स्थिर पूँजी कर्जा प्रवाह गरिरहेका छौं । यसको साथसाथै ठूला उद्योग, कलकारखाना, जलविद्युत, होटल व्यवसाय जस्ता क्षेत्रमा समेत दीर्घकालिन कर्जा प्रवाह गरी देशको औद्योगिकीकरणमा सहयोग पुर्याउँदै आएका छौं । ग्राहकको माग अनुसार ग्राहकहरुलाई आवासीय भवन निर्माण तथा खरीद गर्न, सवारी साधन खरीद गर्न, शेयर कारोवार गर्न तथा विभिन्न पेशामा संलग्न व्यक्तिहरुलाई उनीहरुको आयश्रोतको आधारमा व्यक्तिगत कर्जा प्रवाह गर्ने गरेका छौं । संक्षेपमा भन्नुपर्दा बैंकिङ क्षेत्रमा जतिपनि कर्जाका प्रकारहरु छन्, हामीले ती सबै प्रकारका कर्जाहरु आवश्यकता अनुसार प्रवाह गर्ने गरेका छौं । आजको दिनसम्ममा हामीले विभिन्न क्षेत्रमा प्रवाह गरको कुल कर्जा सापट रु १४२ अर्बको हाराहारीमा रहेको पनि तपाईंलाई जानकारी गराउँदछु । यसमध्ये हाम्रो कर्जाको झण्डै ७० प्रतिशत भाग कृषि, उद्योग, पर्यटन, वाणिज्य जस्ता सरकारका प्राथमिकतामा परेका क्षेत्रमा नै रहेको स्पष्ट पार्न चाहन्छु ।हा मीले खास गरी व्यापार व्यवसायका लागि चालू पुँजीको आवश्यक भएका ग्राहकहरुको लागि हाईपोथिकेशन र ओभरड्राफ्ट शीर्षकमा कर्जा प्रवाह गर्छाैं। यसको साथै ऊहाँहरुलाई आवश्यकता अनुसार बैंक जमानत, प्रतितपत्र जस्ता कर्जाहरु पनि उपलब्ध गराउँदै आएका छौं । अर्काेतर्फ हामीले सरकारको प्राथमिकतामा परेका क्षेत्रहरु कृषि, उर्जा, पर्यटनसँग सम्बन्धित उद्योगहरुलाई चालू पूँजी तथा स्थिर पुँजी कर्जा प्रवाह गर्दै आएका छौं । त्यसै गरी हामीले
घर निर्माण तथा खरिद, सवारी साधन खरीद तथा अन्य व्यक्तिगत प्रयोजनका लागि समेत व्यक्तिगत कर्जाहरु उपलब्ध गराईरहेका छौं । अल्पकालिन ऋणको रुपमा सुनचाँदी धितो लिई सुनकर्जा समेत प्रदान गर्ने गरेका छौं । हाल नेपाल सरकारले ल्याएको व्याज अनुदान सहितको सहुलियतपुर्ण कर्जा अन्तगरत ७ प्रकारका कर्जाहरुमा हामीले विना धितो नै लगानी गरिरहेका छौं ।

 


अहिले राष्ट्रिय वाणिज्य बैंकको कूल पुँजी कति रहेको छ र कति कर्जा लगानी भएको छ, साथै निक्षेपको परिणाम कति रहेको छ ?
बैंकहरुका प्रमुख वित्तीय परिसुचकहरु मध्ये यस बैंकको कुल अधिकृत पुँजी रु.११ अर्ब २० करोड र चुक्ता पुँजी रु. ९ अर्ब ४७ लाख ९५ हजार २ सय रहेको छ । त्यसै गरी हालको कर्जा लगानी रु.१ खर्ब ४३ अर्ब तथा कूल निक्षेप रु. १ खर्ब ८६ अर्ब रहेको छ । बैंकको कुल सम्पत्ति रु.२ खर्ब ३२ अर्ब भन्दा बढी र जगडा कोषमा रु १३ अर्ब ८२ करोड ८७ लाख भन्दा बढी रहेको छ । यसरी हेर्दा बैंकका प्रमुख वित्तीय परिसुचकहरु मजबुत नै रहेको देखिन्छ ।

प्राथमिकता प्राप्त क्षेत्रहरु जस्तैः कृषि, पर्यटन, उर्जा, उद्योगलाई विशेष प्राथमिकतामा राखिएको छ । मुलुकमा संघीय संरचना कार्यान्वयन भएसँगै स्थानीय तहलाई श्रोत परिचालनमा अधिकार सम्पन्न गराइएको छ । राष्ट्रिय महत्वका अधुरा योजनाहरु पूरा गर्ने लक्ष्य समेत राखिएको छ । सामाजिक सुरक्षाका योजनाहरु अगाडी सारिएको छ । उल्लेखित महत्वपुर्ण कार्यक्रमहरुको आधारमा अबको अर्थतन्त्र अवश्य पनि सबल र सक्षम हुन सक्छ भन्नेमा विश्वस्त हुन सकिन्छ ।

नेपालको बैंकिङ इतिहासमा राष्ट्रिय वाणिज्य बैंकले नेपाल राष्ट्रलाई दिएको योगदानलाई कसरी विश्लेषण गर्न सकिन्छ ?
आजभन्दा ५४ वर्ष अघी स्थापना भएको यस बैंकले लामो बैंकिङ अनुभव बोकेको छ । प्रविधिको बढ्दो विकास र प्रयोगले आजको बैंकिङ प्रणाली जून अवस्थामा पुगेको छ, यसलाई विगतको बैंकिङ प्रणालीसँग तुलना गर्ने हो भने एउटा आश्चर्य लाग्ने अवस्थाको चित्र देख्न सकिन्छ । यसको अर्थ देशको आर्थिक तथा वित्तीय प्रणाली, शासन व्यवस्था, भौगोलिक अवस्था, सुचना र संचारको विकास, पुर्वाधारको विकास जस्ता बैंकिङ प्रणालीलाई प्रत्यक्ष रुपमा प्रभाव पार्ने आाधारभुत तत्वहरुको प्रतिकुलता बीच पनि यस बैंकले विगतमा आफ्नो सेवा विस्तार गरी सर्वसाधारण नागरिकहरुमा बैंकिङ सेवा विस्तार गर्ने, बचत गर्ने बानीको विकास गर्ने, निक्षेप परिचालन, वित्तीय पहुँच, वित्तीय साक्षरता, साना तथा लघू उद्यमको विकास गर्ने कार्यमा प्रत्यक्ष रुपमा भूमिका खेलेको इतिहास छ । तत्कालिन समयमा सीमित संख्यामा रहेका बैंक तथा वित्तीय संस्थाहरु मध्ये यस बैंकले देशका ग्रामीण तथा दुर्गम स्थानमा सेवा विस्तार गरी बैंकिङ प्रणालीको विकासमा महत्वपुर्ण योगदान पुर्याएको स्पष्ट हुन्छ । विगतदेखि नै सरकारको स्वामित्व भएको बैंकको हैसियतले सरकारका कार्यक्रमहरुको कार्यान्वयनमा यसले प्राथमिकतापुर्वक कार्य गर्दै आएको छ । वर्तमान अवस्थामा समेत यस बैंकले सरकारको नीति बमोजिम तोकिएका स्थानिय तहमा शाखा कार्यालय खोली सेवा प्रवाह गरिरहेको साथै शहरी तथा ग्रामीण समूदायका सबै मानिसहरुलाई आधुनिक सेवा सुविधाहरु प्रवाह गरिरहेकोले देशको बैंकिङ इतिहासमा यस बैंकको महत्वपुर्ण योगदान रहेको छ ।

 

“समृद्ध नेपालः  सुखी नेपाली”को नारालाई साकार पार्न अब नेपालको अर्थतन्त्र कसरी अघी बढ्दा राम्रो होला जस्तो लाग्छ, यहाँलाई ?
चालू आ.व. ०७५–७६ विकासको आधार वर्ष हो । आगामी आ.व. ०७६–७७ को राष्ट्रिय बजेटमा राष्ट्रिय प्राथमिकताका क्षेत्रहरुमा विशेष जोड दिइएको छ । आगामी आ. व. मा ७ प्रतिशतको आर्थिक बृद्धि दर हासिल गर्ने, मूद्रास्फिति दर ४.५ प्रतिशतमा सीमित राख्ने, वित्तीय साक्षरता र समावेशितामा अभिवृद्धि गरी बैंकिङ पहुँच बढाउने जस्ता कार्यक्रमहरु तय गरिएको र प्राथमिकता प्राप्त क्षेत्रहरु जस्तैः कृषि, पर्यटन, उर्जा, उद्योगलाई विशेष प्राथमिकतामा राखिएको छ । मुलुकमा संघीय संरचना कार्यान्वयन भए सँगै स्थानीय तहलाई श्रोत परिचालनमा अधिकार सम्पन्न गराइएको छ । राष्ट्रिय महत्वका अधुरा योजनाहरु पूरा गर्ने लक्ष्य समेत राखिएको छ । सामाजिक सुरक्षाका योजनाहरु अगाडी सारिएको छ । उल्लेखित महत्वपुर्ण कार्यक्रमहरुको आधारमा अबको अर्थतन्त्र अवश्य पनि सबल र सक्षम हुन सक्छ भन्नेमा विश्वस्त हुन सकिन्छ ।

 

नेपालमा पछिल्लो समय अन्य व्यवसायभन्दा बैंक तथा वित्तीय संस्थाहरुको संख्यामा अत्यन्तै वृद्धि हुँदै आएको छ, यस प्रकारको बृद्धि सम्बन्धमा यहाँको धारणा के रहेको छ ?

५० र ६० को दशकमा जस्तो अहिले बैंक तथा वित्तीय संस्थाहरुको स्थापना हूने क्रम भने कम भएको छ । तर जतिपनि बैंक तथा वित्तीय संस्थाहरु देशमा संचालित छन्, तिनीहरु हाम्रो अर्थतन्त्रको तूलनामा बढी नै भएको सर्वत्र महसुुुस गरिएको विषय हो । यस्ता संस्थाहरु उपर नियमनकारी निकायबाट आवश्यक नियमन गर्ने र संस्थागत सुशासन कायम गराउन सक्ने होे भने स्वस्थ प्रतिस्पर्धाबाट सेवाग्राहीहरुलाई फाईदा नै हुन्छ । तर राज्यले अपेक्षा गरे अनुसार यस्ता सबै संस्थाहरुबाट सेवाग्राहीहरुले गुणात्मक र सन्तोषजनक सेवा सुविधाहरु पाउन सकेको भने देखिँदैन ।

यसले देशको बैंकिङ प्रणाली माथि नै आम नागरिकको अविश्वास उत्पन्न हुन सक्ने खतरा हुन्छ । तसर्थ सरकारले समय–समयमा बैंक तथा वित्तीय संस्थाहरुको एकीकरण सम्बन्धी नीति लिएको पाईन्छ । जहाँ सम्म बैंक तथा वित्तीय संस्थाहरुको हालको संख्या सम्बन्धमा तपाईंको प्रश्न छ, यस सम्बन्धमा देशको अर्थतन्त्रको आकारको तुलनामा यो संख्या केही बढी नै भएको भन्ने मलाई पनि लागेको छ । यो संख्यालाई उपयुक्त आकारमा ल्याउन आवश्यक छ भन्ने मेरो धारणा रहेको छ । यसको निमित्त बैंकहरुको मर्जर प्रकृया पनि एउटा उपाय हो तर मर्जर सम्बन्धमा सम्बन्धित निकायको प्रष्ट अवधारणा आउनु जरुरी छ । मर्जरको उद्धेश्य, पद्धति तथा यसबाट हासिल हुन सक्ने उपलब्धिहरु प्रष्ट रुपमा आउन सकेन भने मर्जरको उद्धेश्य अनुरुपको उपलब्धि हासिल नहुन पनि सक्छ ।

राष्ट्रिय वाणिज्य बैंकको भोलिका नयाँ योजनाहरु के कस्ता रहेका छन् त ?
राष्ट्रिय वाणिज्य बैंक सरकारी स्वामित्वको बैंक भएपनि निजी तथा संयुक्त लगानीका बैंकहरुसँग हर क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्षम रहेको कुरा हाल सम्म यसले हासिल गरेका उपलब्धिहरुबाट प्रष्ट हुन्छ । बैंकको यस उपलब्धिलाई कायम राख्दै आगामी दिनमा बैंकको व्यवसाय विस्तार सँगसँगै नेपाली जनतालाई बैंकिङ पहुँच र बैंकिङ बानी विकास गर्ने, बैंकका पुराना हिसाब मिलान देखि लामो समय सम्म निष्क्रिय रहेका सम्पत्तिहरुको उचित परिचालन र व्यवस्थापन गर्ने, सेवासुविधाहरुमा आधुनिकीकरण गर्ने, अत्याधुनिक प्रविधिको प्रयोग गरी समग्र कारोवारलाई Digitization गर्ने, बैंकलाई युवा पुस्ताको आकर्षणको केन्द्र बनाउने, बैंकको Rebranding गर्ने, अनुसन्धान तथा विकास सम्बन्धी कार्यलाई अगाडि बढाउने जस्ता योजनाहरु रहेका छन् । यसका लागि हामीले आगामी आर्थिक वर्षलाई Smart & Clean RBB with Consolidation को नारा नै तय गरेका छौं । संक्षेपमा भन्ने हो भने बैंकको प्रतिस्पर्धी क्षमताको विकास गरी यसलाई आधुनिक बैंकको रुपमा रुपान्तरण गर्ने र अबको एक वर्षमा सरकारी संस्थान पनि निजी संस्था भन्दा सेवाको गुणस्तर र वित्तीय दृष्टिकोणले कम हुँदैनन् भन्ने सन्देश दिन चाहन्छौं ।

राष्ट्रिय वाणिज्य बैंकले समग्र ग्राहक वर्गहरुमा दिँदै आएका कर्जाको बारेमा पनि केही जानकारी दिनूहोस् न ?
खास गरी व्यापार व्यवसायका लागि चालू पुंजीको आवश्यक भएका ग्राहकहरुको लागि हामी हाईपोथिकेशन र ओभरड्राफ्ट शीर्षकमा कर्जा प्रवाह गरौं । यसको साथै उनीहरुलाई आवश्यकता अनुसार बैंक जमानत, प्रतितपत्र  जस्ता कर्जाहरु पनि उपलब्ध गराउँदै आएका छौंं । अर्काेतर्फ हामीले सरकारको प्राथमिकतामा परेका क्षेत्रहरु कृषि, उर्जा, पर्यटनसँग सम्बन्धीत उद्योगहरुलाई चालू पुँजी तथा स्थिर पुँजी कर्जा प्रवाह गर्दै आएका छौं । त्यसै गरी घर निर्माण तथा खरीद, सवारी साधन खरीद तथा अन्य व्यक्तिगत प्रयोजनका लागि समेत व्यक्तिगत कर्जाहरु उपलब्ध गराईरहेका छौं । अल्पकालिन ऋणको रुपमा सुनचाँदी धितो लिई सुनकर्जा समेत प्रदान गर्ने गरेका छौं । हाल नेपाल सरकारले ल्याएको व्याज अनुदान सहितको सहुलियतपुर्ण कर्जा अन्तरर्गत ७ प्रकारका कर्जाहरु पनि विना धितोमा लगानी गरिरहेका छौं ।


राष्ट्रिय वाणिज्य बैंकको भोलिका नयाँ योजनाहरु के कस्ता रहेका छन् ?
राष्ट्रिय वाणिज्य बैंक सरकारी स्वामित्वको बैंक भएपनि निजी तथा संयूक्त लगानीका बैंकहरुसँग हर क्षेत्रमा प्रतिस्प्रर्धा गर्न सक्षम रहेको कुरा हालसम्म यसले हासिल गरेका उपलब्धिहरुबाट प्रष्ट हुन्छ । बैंकको यस उपलब्धिलाई कायम राख्दै आगामी दिनमा बैंकको व्यवसाय विस्तार सँगसँगै नेपाली जनतालाई बैंकिङ पहुँच र बैंकिङ बानी विकास गर्ने, बैंकका पुराना हिसाब मिलान देखि लामो समयसम्म निष्क्रिय रहेका सम्पत्तीहरुको उचित परिचालन र व्यवस्थापन गर्ने, सेवा सुविधाहरुमा आधूनिकीरकण गर्ने, अत्याधुनिक प्रविधिको प्रयोग गरी समग्र कारोवारलाई Digitization गर्ने, बैंकलाई युवापुस्ताको आकर्षणको केन्द्र बनाउने, बैंकको Rebranding गर्ने, अनुसन्धान तथा विकास सम्बन्धी कार्यलाई अगाडी बढाउने जस्ता योजनाहरु रहेका छन् । यसका लागि हामीले आगामी आर्थिक वर्षलाई Smart & Clean RBB with Consolidation को नारा नै तय गरेका छौं । संक्षेपमा भन्ने हो भने बैंकको प्रतिष्पर्धी क्षमताको विकास गरी यसलाई आधुनिक बैंकको रुपमा रुपान्तरण गर्ने र अबको एक वर्षमा सरकारी संस्थान पनि निजी संस्थाभन्दा सेवाको गुणस्तर र वित्तीय दृष्टिकोणले कम हुँदैनन् भन्ने सन्देश दिन चाहन्छौं ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: